रुपन्देहीमा पौडल पक्षमाथि देउवा पक्षको आक्रमण

अमृता अनमोल

बुटवल,४ मङ्सिर– कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ ‘क’ को मतगणना चलिरहँदा संस्थापन शेरबहादुर देउवा पक्ष आक्रमणमा उत्रिएको छ । मत गणनामा पौडेल पक्षले नेतृत्व गरेपछि संस्थापन पक्षले पौडेल पक्षका ५ जनामाथि आक्रमण गरेको हो ।

आक्रमणबाट क्षेत्रीय सचिवको उम्मेदवार तथा नेविसंघ रुपन्देहीका पूर्वअध्यक्ष शैलेश पन्थ सख्त घाइते भएका छन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घाइते अन्यको निजी अस्पतालमा उपचार भइरहेको कांग्रेस लुम्बिनी प्रदेशसभा सदस्य रमा अर्यालले जानकारी दिइन् ।

प्रदेश ३ ‘क’ को निर्वाचनमा पौडेल पक्षबाट सभापतिमा पुरणप्रसाद श्रेष्ठ र संस्थापनबाट सुरेन्द्रजंग थापा उमेदवार छन् । निर्वाचनपछि साँझदेखि सिद्धार्थ नगरपालिकामा मतगणना सुरु भएको थियो । सभापतिमा पौडेल पक्षले नेतृत्व गरेपछि राति साढे १ बजे तरुण दल रुपन्देही अध्यक्ष सोमबहादुर गुरुङलगायतको समूहले नेटर बन्द गरी आक्रमण गरेको थियो । पौडेल पक्षका उम्मेदवारहरुलाई उनीहरुले मुक्का र लात्ती हानेको अर्यालले बताइन् । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा आक्रमण भएको पौडेल पक्षले आरोप लगाएको छ ।

संस्थापन पक्षका नेता एवं जिल्ला सचिव रामकृष्ण खाँणले भने मादक पदार्थ सेवन गरेर कार्यकर्ताबीच घम्साघम्सी हुँदा हात हालाहाल भएको बताए । उनका अनुसार उक्त निर्वाचन क्षेत्रमा १६ सदस्यमध्ये १५ जनामा संस्थापन पक्षले जित हासिल गरेको छ । सभापतिका लागि मतगणना हुँदा मतगणनास्थल बाहिर हात हालाहाल भएको र मतगणना रोकिएको उनले जानकारी दिए ।कान्तिपुर

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal