रुपन्देहीमा पौडल पक्षमाथि देउवा पक्षको आक्रमण

अमृता अनमोल

बुटवल,४ मङ्सिर– कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ ‘क’ को मतगणना चलिरहँदा संस्थापन शेरबहादुर देउवा पक्ष आक्रमणमा उत्रिएको छ । मत गणनामा पौडेल पक्षले नेतृत्व गरेपछि संस्थापन पक्षले पौडेल पक्षका ५ जनामाथि आक्रमण गरेको हो ।

आक्रमणबाट क्षेत्रीय सचिवको उम्मेदवार तथा नेविसंघ रुपन्देहीका पूर्वअध्यक्ष शैलेश पन्थ सख्त घाइते भएका छन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घाइते अन्यको निजी अस्पतालमा उपचार भइरहेको कांग्रेस लुम्बिनी प्रदेशसभा सदस्य रमा अर्यालले जानकारी दिइन् ।

प्रदेश ३ ‘क’ को निर्वाचनमा पौडेल पक्षबाट सभापतिमा पुरणप्रसाद श्रेष्ठ र संस्थापनबाट सुरेन्द्रजंग थापा उमेदवार छन् । निर्वाचनपछि साँझदेखि सिद्धार्थ नगरपालिकामा मतगणना सुरु भएको थियो । सभापतिमा पौडेल पक्षले नेतृत्व गरेपछि राति साढे १ बजे तरुण दल रुपन्देही अध्यक्ष सोमबहादुर गुरुङलगायतको समूहले नेटर बन्द गरी आक्रमण गरेको थियो । पौडेल पक्षका उम्मेदवारहरुलाई उनीहरुले मुक्का र लात्ती हानेको अर्यालले बताइन् । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा आक्रमण भएको पौडेल पक्षले आरोप लगाएको छ ।

संस्थापन पक्षका नेता एवं जिल्ला सचिव रामकृष्ण खाँणले भने मादक पदार्थ सेवन गरेर कार्यकर्ताबीच घम्साघम्सी हुँदा हात हालाहाल भएको बताए । उनका अनुसार उक्त निर्वाचन क्षेत्रमा १६ सदस्यमध्ये १५ जनामा संस्थापन पक्षले जित हासिल गरेको छ । सभापतिका लागि मतगणना हुँदा मतगणनास्थल बाहिर हात हालाहाल भएको र मतगणना रोकिएको उनले जानकारी दिए ।कान्तिपुर

ताजा

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक 

२०८३ जेष्ठ २४ गते, आईतवार

पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित

२०८३ जेष्ठ २४ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal