वालिङका किसानको उत्पादन अमेरिकी बजारमा


गोपाल जिटी
वालिङ,३ कात्तिक- कृषि प्रधान देश भएर पनि नेपाल कृषि उत्पादनमा आत्मनिर्भर हुन नसक्नु विडम्वना नै मान्नुपर्छ । किसानहरु परम्परागत खेति प्रणालीमै अल्झिनु र आधुनिक प्रविधियुक्त खेति प्रणाली अवलम्वन नहुनुले उत्पादनमा वृद्धि गर्न नसकिएको विज्ञहरु बताउँछन् । तर पछिल्लो समयमा आएर कृषिले विस्तारै व्यावसायिकता पाउने सङकेत देखिएको छ । फलस्वरुप नेपाली किसानहरुको उत्पादनले एकपछि अर्को गर्दै अन्तर्राष्ट्रिय बजारसम्म पुग्न थालेको छ । देशबाट विभिन्न कृषिजन्य उत्पादनले अन्तर्राष्ट्रिय बजार बनाउने क्रममा स्याङ्जा पनि एक हो । स्याङ्जाका कृषि उपजहरुले विगत केहि वर्षयता क्रमिकरुपमा अन्तर्राष्ट्रिय बजार बनाइरहेका छन् ।
सुन्तला, कफि, अदुवा लगायतका वस्तुहरु विगत केहि वर्षदेखि विदेशको बजार पुग्ने गरेको स्याङ्जाबाट अब दुग्धजन्य उत्पादन पनि निर्यात हुन थालेको छ । साना किसान कृषि सहकारी संस्थाहरुको सक्रीयताले पनि आज धेरै कृषकहरुलाई व्यावसायी बन्नमा प्रेरित गरेका छन् । जसका कारण कृषि पेशा आर्थिक उपार्जनमा जोडिन थालेको छ । यसका साथै साना किसान कृषि सहकारी संस्थाहरुले बजारीकरणमा समेत भूमिका खेलेको छ । यसैक्रममा वालिङस्थित अकला साना किसान कृषि सहकारी संस्थाले स्थानीय किसानहरुले उत्पादन गरेका दूध संकलन र बजारीकरण गर्दै आएको छ । सहकारीले डेरी सञ्चालनमा ल्याएर दूध खरिद गरी दुग्धजन्य पदार्थ उत्पादन गरी बजारीकरणमा लागेको हो । संकलित दूधबाट विगत एक वर्षदेखि दूध, दहि, घिउ, पनिर उत्पादन गर्दै आएको डेरीले अब छुर्पी बनाएर निर्यात गर्न थालेको छ । गत वर्षदेखि छुर्पी उत्पादन गरी अमेरिकाको बजारमा निर्यात गर्न थालेको संस्थाका अध्यक्ष पुण्यप्रसाद अर्यालले बताउनुहुन्छ । भैंसीको तुलनामा गाईको दूधको मूल्य केही कम पर्नेहुँदा किसानहरुलाई चिन्तित बनाएको थियो । यसरी बजार नपाउने चिन्ता परेका बेला डेरीले सहजै खरिद गर्ने भएपछि व्यवसायीहरुलाई उत्साही बनाएको छ । अध्यक्ष अर्याल भन्नुहुन्छ—स्थानीय बजारमा दिएर बँचेको दूधलाई छुर्पी बनाएर बिक्रि गर्न थालेको र यसले किसानहरुमा थप हौसला मिलेको छ ।
कृषि मध्येमा पशुपालनलाई दुःखी पेशाको रुपमा हेरिन्छ तर तत्काल आम्दानी लिन सकिने पेशा हो । त्यसैले किसानहरुलाई आय आर्जनमा लाग्न प्रेरित गर्दै अगाडि बढेको अध्यक्ष अर्यालको भनाई छ । उहाँका अनुसार सहकारीले डेरी सञ्चालनमा ल्याएपछि वालिङ आसपासका धेरै किसानहरु लाभान्वित भएका छन् । किसानले उत्पादन गरेका दूध बजारमा विक्रि गर्नपनि सक्नुहुन्छ, यदि बाँकि रहेमा डेरीले किनिदिन्छ भने दूध विक्दैन कि भन्ने चिन्ता हटेको छ । व्यवसायीलाई ढुक्क र आत्मनिर्भर बनाउने उद्देश्यले पनि डेरी सुरु गरिएको हो भने गाउँका किसानलाई समृद्ध बनाउने अभियानमा लागिएको अध्यक्ष अर्यालले थप्नुभयो ।
दूधको बजार अझ पनि व्यवस्थित हुन सकेकोे छैन र त्यसमा पनि गाईको दूधको लागि धेरै समस्या भैरहेका बेला डेरीले खरिद गर्ने भएपछि धेरै सजिलो भएको छ । डेरीले छुर्पी बनाएर विदेशको बजारमा विक्रि गर्नु धेरै राम्रो भएको युवा किसान विष्णुप्रसाद भट्टराई बताउनुहुन्छ । सदावहार भैंसी फर्म सञ्चालन गर्दै आउनुभएका वालिङ १० भूम्रेका भट्टराईलाई अब गाई समेत पाल्ने उत्साह जगाएको छ ।
डेरीले दूध किनिदिने गरेपछि बजारीकरणमा सहज हुनुका साथै आप्mनो पौरख अमेरिकाको बजारसम्म पुग्नुले थप खुशी लागेको वालिङ ११ डौंवाका अग्रज किसान श्यामप्रसाद अर्याल बताउनुहुन्छ । यसलाई निरन्तरता दिनसके पशुपालक किसानहरुमा वृद्धि हुनुका साथै दुग्धजन्य उत्पादनमा आत्मनिर्भर हुन सकिन्छ र स्थानीय उद्यमशिलतामा टेवा पुग्ने अर्यालको धारणा छ ।
अहिले आएर गाउँ गाउँमा पशुपालनले व्यवसायिकता पाउन थालेको छ तर धेरैलाई बजारीकरणको चिन्ता भैरहेका बेला यसरी अन्तर्राष्ट्रिय बजार पाउनुले वालिङ १ मन्साङ्कोटका युवा कृषक कमल काप्mलेलाई पनि गर्व महसुस गराएको छ । उहाँ भन्नुहुन्छ—आँपूm जस्ता युवा किसानहरुलाई व्यावसायी बन्न अवस्य पनि हौसला मिल्ने छ ।
यस्तै अर्का युवा किसान भगवान काप्mले भन्नुहुन्छ—हाम्रो ठाउँमा भैंसीको दूधको बजार छ, त्यहि परिश्रममा गाईपाल्ने हो भने धेरै उत्पादन लिन सकिन्छ तर बजारको समस्या छ । किसानहरुको समस्यालाई मध्यनजर गरेर दूग्धजन्य पदार्थको विक्रि वितरणलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने कदमले काप्mलेलाई पनि उत्साही बनाएको छ ।
गतवर्ष दुई क्वीण्टल छुर्पी विक्री गरेको डेरीले यो वर्ष पाँच क्वीण्टल विक्रि गर्ने लक्ष्य छ ।

ताजा

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक 

२०८३ जेष्ठ २४ गते, आईतवार

पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित

२०८३ जेष्ठ २४ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal