विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न चाहेको गल्याङ नगरप्रमुख अधिकारी भनाई
गल्याङ,१ मङ्सिर– गल्याङ नगरपालिका २ बटुवामा नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाको आयोजना परेपछि स्थानीय कृषकहरु उत्साहित भएका छन् । नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, पशु सेवा विभाग अन्तर्गत रहेको नेपाल लाइभ स्टक इनोभेसन आयोजना (एनएलएसआइपी) को बाट दुई करोड बढिको योजना परेपछि स्थानीय कृषक उत्साहित भएका हुन् ।
उपआयोजना अन्तर्गत स्थानीय जनकल्याण कृषि तथा पशुपालन समूहले बुधबार गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले आयोजनाबाट आफुहरु धेरै लाभान्दित भएका बताएका छन् । बटुवामा चार वर्ष अगाडि दूध किनेर खाने गरेकोमा अहिले दैनिक पाँच सय ५० लिटर दूध विक्री हुने गरेको किसानको भनाई छ । गल्याङ नगरपालिकाले दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानको व्यवस्था गरेपछि हौसिएर उन्नत जातका गाई भैंसी पालनमा लागेका किसानहरु अहिले नेपाल लाईभ स्टकको आयोजना परेपछि थप उत्साहित भएका हुन् । दुई करोड ३९ हजार ६ सय ६७ रुपैयाँको आयोजनाका लागि लाईभ स्टकको तर्फबाट मात्रै एक करोड रुपैयाँ अनुदानको रुपमा बटुवामा भित्रिएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा दिइएको जानकारी अनुसार यस मध्ये ४० लाख ३९ हजार ६ सय ६७ रुपैयाँ मात्रै स्थानीय जनकल्याण कृषि तथा पशुपालन समूहका किसानको तर्फबाट लगानी हुनेछ भने ६० लाख रुपैयाँ गरिमा विकास बैंकबाट सस्तो व्याजमा ऋणको व्यवस्था गरिएको छ । बाँकी एक करोड रुपैयाँ नेपाल लाइभ स्टक इनोभेसन आयोजना (एनएलएसआइपी) ले अनुदानको रुपमा उपलब्ध गराउनेछ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले स्थानीय युवाहरु विदेशमा रोजगारीका लागि जानु पर्ने अवस्थाको अन्त्य गर्न आफुले चाहेको बताउनुभयो ।
उहाँले राजनीतिक दलका किताबका पानामा मात्रै जनवादका कुराहरु राखेर नहुने भन्दै त्यसलाई व्यवहारमा उतार्न किसान सामु पैसा जानुपर्ने बताउनुभयो । गल्याङ नगरपालिकाले किसानलाई उत्थान गर्नका लागि विभिन्न योजनाहरु एक पछि अर्को गर्दै ल्याइरहेको भन्दै नगरप्रमुख अधिकारीले काम गर्ने किसानहरुका लागि बजेटको खाँचो नहुने बताउनुभयो । उहाँले राष्ट्रिय दुग्ध विकास बोर्डमा कर्मचारी राख्ने ठाउँ मात्रै गराइएको भन्दै नेपाल भर दूधको क्षेत्रमा विकास गर्न संघीय सरकारले काम गर्न नसकेको टिप्पणी गर्नुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो, ‘हामीले गल्याङलाई दुधको हबको रुपमा विकास गर्न चाहेका छौं । यहाँका पाँच हजार परिवारका किसानले दैनिक पाँच लिटर दूध उत्पादन गरेमा पनि ठूलो उत्पादन हुनेछ ।’ दूधमा किसानलाई दिइएको १५ रुपैयाँ अनुदानको व्यवस्था हटाउन धेरै तिरबाट दबाब झेलिरहेको भन्दै उहाँले अनुदान बरु बढाउने तर नघटाउने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले आयोजनाबाट प्राप्त अनुदानलाई सही रुपमा कार्यान्वयन गर्न आयोजना सफल पार्न आग्रह गर्नुभयो । उहाँले नेपाल सरकारले दूध उत्पादन गर्न चाहेका तर नसकेका किसानहरुलाई सम्झिएकोमा गर्व गर्नुपर्ने भन्दै त्यसको सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो ।
जनकल्याण कृषि तथा पशुपालन समूहका अध्यक्ष भिमप्रसाद भण्डारीले आयोजना सँग भएको सम्झौता अनुसार आयोजना सफल पार्ने बताउनुभयो ।
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















