स्याङ्जामा राष्ट्रिय कर दिवस मनाइयो, दिवसको अवसरमा सूर्योदय लघुवित्त सम्मानित

वालिङ,१ मङ्सिर– दशौं राष्ट्रिय कर दिवस स्याङ्जामा पनि एक कार्यक्रमका विच मनाईएको छ । जिल्ला सदरमुकाममा रहेको करदाता सेवा कार्यालय स्याङ्जाले बुधबार कर सप्ताह कार्यक्रमको उद्घाटन गरेको हो ।

राष्ट्रिय कर दिवसको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले समयमै कर तिर्न आग्रह गर्नुभयो प्रमुख जिल्ला अधिकारी पौडेलले राज्यले सबै नागरिकलाई करको दायरमामा ल्याउने बताउदै कर तिरेर सम्मानका साथ राज्यले उपलब्ध गराएका सेवा सुबिधाको उपयोग गर्न सेवा ग्राहीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा सूर्योदय लघुवित्त संस्थालाई जिल्लामै उत्कृष्ठ करदाताका रुपमा सम्मानित भएको छ । सूर्योदय लघुवित्तले जिल्लामा सबै भन्दा बढि आयकर आयकर बुझाएकोले संस्थाका अध्यक्ष अनन्तकुमार श्रेष्ठलाई सम्मान गरिएको हो । सूर्योदय लघुवित्त बिगत चार वर्ष देखि बढि कर बुझाउने संस्थाको रुपमा निरन्तर सम्मानित हुदै आएको छ । निरन्तरको सम्मानले संस्थामा रहेका काम गर्ने थप हौसला मिलेको संस्थाका अध्यक्ष अनन्त कुमार श्रेष्ठले बताउनुभयो । सूर्योदय लघुवित्तले आर्थिक वर्ष ०७७÷०७८ मा करिब १ करोड ७४ लाख कर बुझाएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

करदाता सेवा कार्यालय स्याङ्जाका कर अधिकृत कपिलराज नेपालले जिल्लामा वार्षिक ५८ करोड ५० लाख कर संकलन गर्ने लक्ष्य लिएको र कात्तिक मसान्त सम्ममा १३ करोड ३२ लाख संकलन भएको बताउनुभयो ।

कार्यक्रममा स्याङ्जा जिल्ला स्थीत विभिन्न संघ संस्थाका प्रमुख एवं व्यापारिहरुले करदाता सेवा कार्यालयबाट जिल्लामै सेवा पाउदा व्यवसायीलाई सहज भएको बताएका थिए ।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal