स्याङ्जामा राष्ट्रिय कर दिवस मनाइयो, दिवसको अवसरमा सूर्योदय लघुवित्त सम्मानित
वालिङ,१ मङ्सिर– दशौं राष्ट्रिय कर दिवस स्याङ्जामा पनि एक कार्यक्रमका विच मनाईएको छ । जिल्ला सदरमुकाममा रहेको करदाता सेवा कार्यालय स्याङ्जाले बुधबार कर सप्ताह कार्यक्रमको उद्घाटन गरेको हो ।
राष्ट्रिय कर दिवसको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले समयमै कर तिर्न आग्रह गर्नुभयो प्रमुख जिल्ला अधिकारी पौडेलले राज्यले सबै नागरिकलाई करको दायरमामा ल्याउने बताउदै कर तिरेर सम्मानका साथ राज्यले उपलब्ध गराएका सेवा सुबिधाको उपयोग गर्न सेवा ग्राहीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सूर्योदय लघुवित्त संस्थालाई जिल्लामै उत्कृष्ठ करदाताका रुपमा सम्मानित भएको छ । सूर्योदय लघुवित्तले जिल्लामा सबै भन्दा बढि आयकर आयकर बुझाएकोले संस्थाका अध्यक्ष अनन्तकुमार श्रेष्ठलाई सम्मान गरिएको हो । सूर्योदय लघुवित्त बिगत चार वर्ष देखि बढि कर बुझाउने संस्थाको रुपमा निरन्तर सम्मानित हुदै आएको छ । निरन्तरको सम्मानले संस्थामा रहेका काम गर्ने थप हौसला मिलेको संस्थाका अध्यक्ष अनन्त कुमार श्रेष्ठले बताउनुभयो । सूर्योदय लघुवित्तले आर्थिक वर्ष ०७७÷०७८ मा करिब १ करोड ७४ लाख कर बुझाएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
करदाता सेवा कार्यालय स्याङ्जाका कर अधिकृत कपिलराज नेपालले जिल्लामा वार्षिक ५८ करोड ५० लाख कर संकलन गर्ने लक्ष्य लिएको र कात्तिक मसान्त सम्ममा १३ करोड ३२ लाख संकलन भएको बताउनुभयो ।
कार्यक्रममा स्याङ्जा जिल्ला स्थीत विभिन्न संघ संस्थाका प्रमुख एवं व्यापारिहरुले करदाता सेवा कार्यालयबाट जिल्लामै सेवा पाउदा व्यवसायीलाई सहज भएको बताएका थिए ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















