तीर्थस्थलमा भक्तजनकाे आकर्षण बढ्दै


गाेपाल जिटी
वालिङ,२९ कात्तिक- गङ्गा स्नान र तुलसीको विवाह गरेर मनाइने हरिवोधनी अर्थात कार्तिके ठुली एकादशी पर्व यस पटक उत्साहजनकरुपमा मनाइएको छ । विगत दुई वर्ष कोरोना महामारीका कारण प्राय शुन्य रहेका तीर्थ स्थलहरुमा केहि खुकुलो भएपछि तीर्थालु भक्तजनहरुले यसपटक उल्लेख्यरुपमा मनाएका छन् । यसै क्रममा सोमबार स्याङ्जा र पाल्पाको सङ्गमस्थल राम्दीमा यश भन्दा पहिलाका मेलाकाे झल्काे दिनेगरी एकादशी मेला मनाइएको छ । धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसावले समेत परिचित राम्दीमा यस्ता पर्वहरुमा धेरै वर्ष पहिलादेखि नै तीर्थालु भक्तजनहरुको घुईचाे लाग्ने गर्छ।
परम्परादेखि गरिदै आएको गङ्गास्नान तथा तोरण तार्ने भक्तजनहरुको यसपटक उल्लेख्य उपस्थिति रहेको थियो ।
कोभिडका कारण विगत दुई वर्ष मेला नलागे पनि यस पटक कोरोना महामारी नियन्त्रणमा आएकाले भक्तजनहरुको उपस्थिति राम्रै रहेको समाजसेवी सुदर्शन अमात्यले बताउनुभयो । पहिलाका मेलाको तुलनामा यस पटक ५० प्रतिशत उपस्थिति रहेको समाजसेवी अमात्यको भनाई छ ।
सत्ययुगमा भगवान राम आएर केहिदिन बसेको र गङ्गास्नान गरेको जनविश्वास रहेको रामनदिधाम एकिकृत विकास समितिका अध्यक्ष कौशिक महाराजले बताउनुभयो । विशेषगरी मगर भाषामा राम डी भनिदै आएको र भगवान रामले नुहाएको पानीबाट राम्दी नामाकरण गरिएको हुनसक्ने कौशिक महाराजले उल्लेख गर्नुभयो । उहाँले साधुसन्तहरु आउने बस्ने गर्दै आएको पवित्र तीर्थकारुपमा मान्दै आएको हुनाले पनि राम्दीकाे विशेष महत्व रहेको बताउनुभयो ।
पहिला राम्दी मात्रै भनिदै आएकोमा २०४२ सालमा योगी नरहरिनाथले कोटिहोम यज्ञ गरेपछि रामनदिधाम भनिदै आएको र यहाँको महत्व समेत गहिरिएको कौशिक महाराजले उल्लेख गर्नुभयो ।
यसैगरी राम्दीकाे मेलामा धर्म संस्कार संस्कृतिको महान पर्व भएको कालीगण्डकी ज्ञान प्रतिष्ठानका केन्द्रीय सदस्य तथा समाजसेवी जगदिशप्रसाद गैह्रेले बताउनुभयो । परम्परादेखि आफ्नाे आश्था र विश्वास अनि धार्मिक अस्तित्व जोगाईराख्नका लागि स्याङ्जा लगायत विभिन्न जिल्लाबाट भक्तजनहरु आउने गरेको प्रतिष्ठानका केन्द्रीय सदस्य गैह्रेको भनाई छ ।
स्थानीय सुनगुफा युवा क्लवको सक्रीयतामा मेलालाई व्यवस्थित गराउँदै आएको छ । क्लवको सक्रीयतामा जे जति भएको छ यसमा थप व्यवस्थापन गर्नुपर्ने छ र यसका लागि स्थानीय गल्याङ नगरपालिकाले चासो देखाउनुपर्ने क्लवका अध्यक्ष शिवहरि अमात्यले बताउनुभयो ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal