वालिङमा सप्तक संगीत दीपावली साँझ हुने


वालिङ,१७ कात्तिक– नेपालीहरुको दोस्रो ठूलो पर्व दिपावलीको अवसरमो वालिङमा दीपावली साँझ हुने भएको छ । सप्तक संगीत सांस्कृतिक केन्द्र वालिङले दीपावलीको पूर्व सन्ध्यामा सप्तक संगीत दीपावली साँझ २०७८ को आयोजना गर्ने भएको हो । संगीत साँझको आयोजना बारे जानकारी दिन बुधबार केन्द्रले पत्रकार सम्मेलनको आयोजना गरेको हो । २०७८ को नयाँ वर्षसँगै संगीत, गायन, नृत्य तथा अभिनयको कक्षा सञ्चालन गर्दै आएको सांस्कृतिक केन्द्रले पहिलो पटक सांगीतिक कार्यक्रमको आयोजना गरेको हो ।


कोभिडले थलिएको संगीत क्षेत्र र सुस्ताएका दर्शकमाँझ उत्साह जगाउने प्रयास स्वरुप दीपावली साँझको आयोजना गरिएको केन्द्रका अध्यक्ष देवराज गैह्रेले जानकारी दिनुभयो । संगीत र संस्कृति सम्बन्धी प्रशिक्षण केन्द्रको रुपमा यही वैशाखमा स्थापित केन्द्रले कला, संगीत र नृत्यको प्रशिक्षण दिँदै आईरहेको छ । लामो समय बुटवलमा संगीत पाठशाला सञ्चालन गर्नुभएका गैह्रेले स्याङ्जामै नमूना संगीत प्रशिक्षण केन्द्रको स्थापना गर्नुभएको छ ।


कार्यक्रममा आधुनिक गायक रुपक डोटेल, कमेडियन मेक्सम गौँडेल, नृत्यकार अस्मिता रनपालको प्रस्तुति रहने अध्यक्ष गैह्रेले बताउनुभयो । यही कात्तिक १९ गते साँझ ६ः ३० बजेदेखि १० बजेसम्म आयोजना हुँने साँझमा स्थानीय कलाकार र केन्द्रका विद्यार्थीहरुले समेत आफ्ना प्रस्तुति राख्नेछन् । कार्यक्रममा २ सय बढी दर्शकले मनोरञ्जन लिनेछन् भने कार्यक्रमका लागि झण्डै ५ लाख खर्च हुने आयोजकको अनुमान रहेको छ ।
आजीवन संगीत क्षेत्रमा बिताउनुभएका गायन र नृत्य क्षेत्रबाट गरी एक÷एक जना सर्जकलाई नगद सहित सम्मान गर्ने कार्यक्रम रहेको केन्द्रका अध्यक्ष गैह्रेले जानकारी दिनुभयो ।


कार्यक्रमा खर्च कटाएर उठेको नाफाको १० प्रतिशत सामाजिक क्षेत्रमा खर्च गर्ने, संगीत कोष स्थापना गर्ने र कोषबाट आर्थिक रुपमा कमजोर भएका तर संगीतमा रुची भएकाहरुको प्रोत्साहन गरिने केन्द्रका अध्यक्ष गैह्रेले बताउनुभयो । दुई वर्षदेखि प्राय ठप्प रहेका संगीत क्षेत्रमा उर्जा थप्नका लागि यस कार्यक्रमले सहयोग पुग्ने कलाकार अर्जुन गैह्रेले बताउनुभयो ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal