देउसीभैलो ८ बजे सम्म मात्रै
वालिङ,१८ कात्तिक– स्याङ्जामा देउसीभैलो ८ सम्म मात्रै खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक सूचना जारी गर्दै राती ८ बजेपछि देउसीभैलो खेल्न नपाईने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी द्वारा जारी गरिएको आदेशमा विहान ६ देखि ८ बेलुका ८ बजेसम्म मात्रै देउसीभैलो खेल्न आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले नेपालीहरुको धरोहरका रुपमा मनाईदै आईएको तिहार, छठ, ईद, नेपालसंवत लगायतका पर्वहरुलाई मर्यादित र व्यवस्थित रुपमा मनाउन आग्रह गर्दै कोभिडको संक्रमण जोखिम कायमै रहेकाले २५ जनासम्मको मात्रै समुह बनाई निश्चित समयअवधिसम्म देउसीभैलो खेल्न आग्रह गर्नुभयो ।
साथै पर्व मनाउने क्रममा अनावश्यक होहल्ला गर्ने,जुवातास खेल्ने, पटका पड्काउने, आतिजबाजीलगायतका विस्फोटक पदार्थ पड्काउने, जस्ता कार्य नगर्न नगराउन समेत जिल्ला बासीलाई अनुरोध गरिएको छ । निषेध गरिएको कार्य गरिए गराएमा कानून बमोजिम कारबाही हुने समेत आदेशमा उल्लेख गरिएको छ ।
साथै प्रशासनले दीपावली, छठ, ईदलगायतका पर्वहरु मर्यादित, व्यवस्थित र हर्सोल्लासपुर्वक मनाउन सकियोस भन्दै जिल्लाबासीहरुलाई शुभकामना व्यक्त गरेको छ ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार






















