देउसीभैलो ८ बजे सम्म मात्रै


वालिङ,१८ कात्तिक– स्याङ्जामा देउसीभैलो ८ सम्म मात्रै खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक सूचना जारी गर्दै राती ८ बजेपछि देउसीभैलो खेल्न नपाईने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी द्वारा जारी गरिएको आदेशमा विहान ६ देखि ८ बेलुका ८ बजेसम्म मात्रै देउसीभैलो खेल्न आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले नेपालीहरुको धरोहरका रुपमा मनाईदै आईएको तिहार, छठ, ईद, नेपालसंवत लगायतका पर्वहरुलाई मर्यादित र व्यवस्थित रुपमा मनाउन आग्रह गर्दै कोभिडको संक्रमण जोखिम कायमै रहेकाले २५ जनासम्मको मात्रै समुह बनाई निश्चित समयअवधिसम्म देउसीभैलो खेल्न आग्रह गर्नुभयो ।
साथै पर्व मनाउने क्रममा अनावश्यक होहल्ला गर्ने,जुवातास खेल्ने, पटका पड्काउने, आतिजबाजीलगायतका विस्फोटक पदार्थ पड्काउने, जस्ता कार्य नगर्न नगराउन समेत जिल्ला बासीलाई अनुरोध गरिएको छ । निषेध गरिएको कार्य गरिए गराएमा कानून बमोजिम कारबाही हुने समेत आदेशमा उल्लेख गरिएको छ ।
साथै प्रशासनले दीपावली, छठ, ईदलगायतका पर्वहरु मर्यादित, व्यवस्थित र हर्सोल्लासपुर्वक मनाउन सकियोस भन्दै जिल्लाबासीहरुलाई शुभकामना व्यक्त गरेको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal