उद्यमी बन्न नगरपालिकाले सहयोग गर्छ ः नगरप्रमुख अधिकारी

गल्याङ,१६ कात्तिक– गल्याङ नगरपालिका १ मालुङ्गामा सञ्चालित तालीम सम्पन्न भएको छ । गत साउन ४ गतेदेखि सुरु भएको सिलाई कटाई तथा पार्लर तालीमको आज मंगलबार समापन गरिएको हो ।
तालीम समापनको अवसरमा बोल्दै गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले स्वरोजगार र उद्यमी बन्नका लागि नगरपालिकाले सबै खालको सहयोग गर्ने बताउनुभयो । उहाँले कुनै पनि तालीम लिए पछि त्यसको सदुपयोग हुनुपर्नेमा जोड दिदै यस तालीमबाट आत्मनिर्भर र उद्यमी बन्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो, ‘उद्यमी बनेर अगाडि बढ्नुहोस्, नगरपालिकाले बजारको ग्यारेण्टी गर्छ ।’ महिलाहरुले तालीम लिएर आत्मनिर्भर बन्न सकेमा घरेलु हिंसा समेत कमी हुने नगप्रमुख अधिकारीको भनाइ थियो । बैंक तथा वित्तीय संस्थाले व्याजमा सस्तो गरी उद्यमीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिदै नगरप्रमुख अधिकारीले सस्तो ऋणका लागि पनि आफुले सबै सहयोग गर्ने प्रतिबद्वता जनाउनुभयो ।महिला, असक्त र विपन्न परिवारका लागि आफु सधैं सहयोगी बनेको भन्दै उहाँले त्यसमा आवश्यकता अनुसार सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले तालीमको सही सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले तालीम लिएर घरमा बसेमा सरकारको लगानी बालुवामा पानी बराबर हुने भन्दै यसलाई सही रुपमा सदुपयोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका गल्याङ नगरपालिका आर्थिक विकास शाखा सुशिल अर्यालले तालीम प्राप्त गर्नु नै अवसर भएको भन्दै यसलाई अब व्यवहारमा लैजान आग्रह गर्नुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका १ का वडाअध्यक्ष तथा नगरप्रबक्ता गणेशप्रसाद बस्याल, वडा नम्बर २ का अध्यक्ष इबप्रसाद कर्माचार्य लगायतले बोल्नुभएको थियो ।
ताजा

test
२०८२ जेष्ठ ५ गते, सोमबार
test
२०८२ जेष्ठ ५ गते, सोमबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार