उद्यमी बन्न नगरपालिकाले सहयोग गर्छ ः नगरप्रमुख अधिकारी

गल्याङ,१६ कात्तिक– गल्याङ नगरपालिका १ मालुङ्गामा सञ्चालित तालीम सम्पन्न भएको छ । गत साउन ४ गतेदेखि सुरु भएको सिलाई कटाई तथा पार्लर तालीमको आज मंगलबार समापन गरिएको हो ।

तालीम समापनको अवसरमा बोल्दै गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले स्वरोजगार र उद्यमी बन्नका लागि नगरपालिकाले सबै खालको सहयोग गर्ने बताउनुभयो । उहाँले कुनै पनि तालीम लिए पछि त्यसको सदुपयोग हुनुपर्नेमा जोड दिदै यस तालीमबाट आत्मनिर्भर र उद्यमी बन्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।


नगरप्रमुख अधिकारीले भन्नुभयो, ‘उद्यमी बनेर अगाडि बढ्नुहोस्, नगरपालिकाले बजारको ग्यारेण्टी गर्छ ।’ महिलाहरुले तालीम लिएर आत्मनिर्भर बन्न सकेमा घरेलु हिंसा समेत कमी हुने नगप्रमुख अधिकारीको भनाइ थियो । बैंक तथा वित्तीय संस्थाले व्याजमा सस्तो गरी उद्यमीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिदै नगरप्रमुख अधिकारीले सस्तो ऋणका लागि पनि आफुले सबै सहयोग गर्ने प्रतिबद्वता जनाउनुभयो ।महिला, असक्त र विपन्न परिवारका लागि आफु सधैं सहयोगी बनेको भन्दै उहाँले त्यसमा आवश्यकता अनुसार सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले तालीमको सही सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले तालीम लिएर घरमा बसेमा सरकारको लगानी बालुवामा पानी बराबर हुने भन्दै यसलाई सही रुपमा सदुपयोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका गल्याङ नगरपालिका आर्थिक विकास शाखा सुशिल अर्यालले तालीम प्राप्त गर्नु नै अवसर भएको भन्दै यसलाई अब व्यवहारमा लैजान आग्रह गर्नुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका १ का वडाअध्यक्ष तथा नगरप्रबक्ता गणेशप्रसाद बस्याल, वडा नम्बर २ का अध्यक्ष इबप्रसाद कर्माचार्य लगायतले बोल्नुभएको थियो ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal