दोहोरी च्याम्पियन बनेका प्रकाशलाई कोखेमा सम्मान(फोटोफिचर)
वालिङ,१५ कात्तिक– नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी रियालिटी शोमा ‘दोहोरी च्याम्पियन’ बन्नुभएका प्रकाश पराजुलीलाई गृह जिल्ला स्याङ्जामा सम्मान गर्ने कार्य चलिरहेको छ । वालिङ १२ धनमुडा घर भएका पराजुलीलाई आइतबार वालिङ १२ पर्यटकीय गाउँ कोखेका स्थानीय बासिन्दाले एक कार्यक्रमका बिच सम्मान गरेका छन् ।
आफ्नो वडा बासी कलाकारले राष्ट्रिय स्तरको कार्यक्रममा प्रथम भएर जिल्ला संगै गाउँको नाम राख्न सफल भएकोले नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी रियालिटी शोमा ‘दोहोरी च्याम्पियन’ बन्नुभएका प्रकाश पराजुलीलाई गाउँलेहरु मिलेर सम्मान गरेको स्थानीय देउकुमारी गुरुङले बताउनुभयो ।
प्रकाशलाई यतिबेला वडा नम्बर १२ मा रहेका विभिन्न संघ सस्थाका साथै स्थानीय बासीहरुले सम्मान गर्ने कार्य चलिरहेको छ ।
यसै गरी प्रकाशले अध्ययन गरेको घुरुङखाँ माविले पनि सम्मान गरेको छ । शनिबार पोखरामा भएको अन्तिम प्रस्तुतीबाट प्रकाश पराजुली र मीना बुढाथोकीको समुहले दोहोरी च्याम्पियनको उपाधी प्राप्त गर्न सफल भएको थियो ।
प्रकाश र मीनाले दोहोरी च्याम्पियनको उमापधी चुमे संगै निकै खुसी भएका गाउँलेहरुले प्रकाशलाई पोखरादेखि नै बाजागाजा सहित गाउँ पुर्याएका थिए । सबैको मायार हयोगले आफु दोहोरी च्याम्पियन बन्न सफल भएको बताउदै प्रकाशले सबैलाई धन्यवाद दिएका छन् ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार

























