राष्ट्रिय जनगणनाका लागि गणकलाई तालीम
वालिङ,१४ कात्तिक– राष्ट्रिय जनगणना २०७८ को लागि जिल्लामा खटिने गणकहरुलाई स्याङ्जामा तालीम दिन सुरु गरिएको छ । गणना गर्दा अपनाउनुपर्ने गुणस्तरीय तथ्याङ्क संकलका बारेका जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको र शनिबारदेखि सुरु भएको तालीम मंगलबार सम्म सञ्चालन हुने जिल्ला जनगणना कार्यालय स्याङ्जाले जनाएको छ ।
जिल्लाको ५ नगरपालिका र ६ गाउँपालिका गरी ११ पालिकालाई समेट्ने गरी ४ ठाउँमा सञ्चालित तालिममा ३ सय ८५ जना गणक र नयाँ सुपरिवेक्षकको सहभागिता रहेको जिल्ला जनगणना अधिकारी सारदा शर्माले जानकारी दिनुभयो । सुपरिवेक्षकहरूले प्रारम्भिक लगत सङ्कलन गरी गणना क्षेत्र निर्धारण गरिएको र उक्त विवरण सहित गणकहरूलाई मूल गणना गर्न कात्तिक २५ गतेदेखि मङ्सिर ९ गते सम्मका लागि घरदैलोमा खटाइने शर्माले बताउनुभयो ।
‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ १२औँ राष्ट्रिय जनगणना सञ्चालन हुदै छ ।
एकजना गणकलाई १ सय ८० देखी २ सय सम्म घरधुरी रहने गरी गणना क्षेत्र तोकेर गणकलाई खटाइने शर्माले जानकारी दिनुभयो ।
अब हुने गणना दोस्रो चरणको जनगणना हो । जसमा गणकहरूमार्फत प्रत्येक घर परिवारमा पुगी प्रश्नावलीमार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइसराइ लगायत विवरणहरू सङ्कलन गरिनेछ ।
दोस्रो चरणको गणना अन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडा स्तर सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोत साधन, पहुँच, क्षमता, पूर्वाधार र विपद्सम्बन्धी विवरण पनि सङ्कलन सुपरिवेक्षक मार्फत गरिने छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















