राष्ट्रिय जनगणनाका लागि गणकलाई तालीम
वालिङ,१४ कात्तिक– राष्ट्रिय जनगणना २०७८ को लागि जिल्लामा खटिने गणकहरुलाई स्याङ्जामा तालीम दिन सुरु गरिएको छ । गणना गर्दा अपनाउनुपर्ने गुणस्तरीय तथ्याङ्क संकलका बारेका जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको र शनिबारदेखि सुरु भएको तालीम मंगलबार सम्म सञ्चालन हुने जिल्ला जनगणना कार्यालय स्याङ्जाले जनाएको छ ।
जिल्लाको ५ नगरपालिका र ६ गाउँपालिका गरी ११ पालिकालाई समेट्ने गरी ४ ठाउँमा सञ्चालित तालिममा ३ सय ८५ जना गणक र नयाँ सुपरिवेक्षकको सहभागिता रहेको जिल्ला जनगणना अधिकारी सारदा शर्माले जानकारी दिनुभयो । सुपरिवेक्षकहरूले प्रारम्भिक लगत सङ्कलन गरी गणना क्षेत्र निर्धारण गरिएको र उक्त विवरण सहित गणकहरूलाई मूल गणना गर्न कात्तिक २५ गतेदेखि मङ्सिर ९ गते सम्मका लागि घरदैलोमा खटाइने शर्माले बताउनुभयो ।
‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ १२औँ राष्ट्रिय जनगणना सञ्चालन हुदै छ ।
एकजना गणकलाई १ सय ८० देखी २ सय सम्म घरधुरी रहने गरी गणना क्षेत्र तोकेर गणकलाई खटाइने शर्माले जानकारी दिनुभयो ।
अब हुने गणना दोस्रो चरणको जनगणना हो । जसमा गणकहरूमार्फत प्रत्येक घर परिवारमा पुगी प्रश्नावलीमार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइसराइ लगायत विवरणहरू सङ्कलन गरिनेछ ।
दोस्रो चरणको गणना अन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडा स्तर सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोत साधन, पहुँच, क्षमता, पूर्वाधार र विपद्सम्बन्धी विवरण पनि सङ्कलन सुपरिवेक्षक मार्फत गरिने छ ।
ताजा
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार





















