किसानले गरे सार्वजनिक सुनुवाई

वालिङ,१५ कात्तिक– वालिङमा बाख्रापालन समूहका किसानहरुले सार्वजनिक सुनुवाई गरेका छन् । विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखराले अनुदान साझेदारी गर्ने भएपछि वालिङ १ धरमपानीका पूmलबारी बाख्रापालन समूहका किसानहरुले सोमबार सार्वजनिक सुनुवाई गरेका हुन् ।

उन्नत बाख्रापालन तथा खसीबोका विक्रि वितरण उप आयोजनाका लागि नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाद्वारा अनुदान साझेदारी हुने भएको हो । अनुदानग्राही संस्थाको २७ लाख ७६ हजार ४ सय १९, वित्तीय लगानी ४२ लाख १८ हजार ६ सय ९३ र साझेदारी आयोजनाको अनुदान रकम रु.६९ लाख १९ हजार १ सय २६ गरी कूल १ करोड ३९ लाख १४ हजार २ सय ३८ रुपैयाँमा उप आयोजना सम्पन्न गरिने भएको हो ।

कार्यक्रममा वालिङ नगरपालिका पशुसेवा शाखाका लेखनाथ अर्यालले उप आयोजनाका लागि यति ठूलो रकम अनुदान प्राप्त हुनु राम्रो अवसर भएको बताउनुभयोे । अर्यालले प्राप्त अनुदानको उपयोगसँगै नमूनाकारुपमा बाख्रापालन व्यवसायी बन्न किसानहरुलाई आग्रह गर्नुभयो । पहिला जस्तो झोले किसानको समय अब नभएको उल्लेख गर्दै शाखा अर्याले बास्तविक व्यवसायीहरुले अनुदान पाउन थालेको व्यक्त गर्नुभयो । साझेदारी आयोजनाको विधी र प्रकृया अनुसार छिटो काम गरेर लाभ लिन उहाँको आग्रह छ ।

कार्यक्रममा नेपाल लाइभ स्टक सेक्टर इनोभेसनका प्रतिनिधी नन्दकुमार ओलीले समयमै उप आयोजना सम्पन्न गरी अनुदान उपयोग गर्न आग्रह गर्नुभयो । राज्यले वास्तविक किसानको पहिचान गरेर अनुदान दिन थालेको उल्लेख गर्दै इनोभेसनका प्रतिनिधी ओलीले आयोजनाका विधि र प्रकृयामा सरलता ल्याउन आँप्mनो पूर्ण सहयोग रहने व्यक्त गर्नुभयो ।

उप आयोजनाबाट ३० घर परिवारका १ सय ५० जना लाभान्वित हुनेछन् । उप आयोजना अन्तर्गत ३ सय बाख्रापाल्ने समूहको योजना छ । उन्नत जातको बाख्रा तथा स्वच्छ र गुणस्तरीय मासु उत्पादन गर्ने उप आयोजनाको उद्देश्य रहेको छ ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal