किसानले गरे सार्वजनिक सुनुवाई

वालिङ,१५ कात्तिक– वालिङमा बाख्रापालन समूहका किसानहरुले सार्वजनिक सुनुवाई गरेका छन् । विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखराले अनुदान साझेदारी गर्ने भएपछि वालिङ १ धरमपानीका पूmलबारी बाख्रापालन समूहका किसानहरुले सोमबार सार्वजनिक सुनुवाई गरेका हुन् ।

उन्नत बाख्रापालन तथा खसीबोका विक्रि वितरण उप आयोजनाका लागि नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाद्वारा अनुदान साझेदारी हुने भएको हो । अनुदानग्राही संस्थाको २७ लाख ७६ हजार ४ सय १९, वित्तीय लगानी ४२ लाख १८ हजार ६ सय ९३ र साझेदारी आयोजनाको अनुदान रकम रु.६९ लाख १९ हजार १ सय २६ गरी कूल १ करोड ३९ लाख १४ हजार २ सय ३८ रुपैयाँमा उप आयोजना सम्पन्न गरिने भएको हो ।

कार्यक्रममा वालिङ नगरपालिका पशुसेवा शाखाका लेखनाथ अर्यालले उप आयोजनाका लागि यति ठूलो रकम अनुदान प्राप्त हुनु राम्रो अवसर भएको बताउनुभयोे । अर्यालले प्राप्त अनुदानको उपयोगसँगै नमूनाकारुपमा बाख्रापालन व्यवसायी बन्न किसानहरुलाई आग्रह गर्नुभयो । पहिला जस्तो झोले किसानको समय अब नभएको उल्लेख गर्दै शाखा अर्याले बास्तविक व्यवसायीहरुले अनुदान पाउन थालेको व्यक्त गर्नुभयो । साझेदारी आयोजनाको विधी र प्रकृया अनुसार छिटो काम गरेर लाभ लिन उहाँको आग्रह छ ।

कार्यक्रममा नेपाल लाइभ स्टक सेक्टर इनोभेसनका प्रतिनिधी नन्दकुमार ओलीले समयमै उप आयोजना सम्पन्न गरी अनुदान उपयोग गर्न आग्रह गर्नुभयो । राज्यले वास्तविक किसानको पहिचान गरेर अनुदान दिन थालेको उल्लेख गर्दै इनोभेसनका प्रतिनिधी ओलीले आयोजनाका विधि र प्रकृयामा सरलता ल्याउन आँप्mनो पूर्ण सहयोग रहने व्यक्त गर्नुभयो ।

उप आयोजनाबाट ३० घर परिवारका १ सय ५० जना लाभान्वित हुनेछन् । उप आयोजना अन्तर्गत ३ सय बाख्रापाल्ने समूहको योजना छ । उन्नत जातको बाख्रा तथा स्वच्छ र गुणस्तरीय मासु उत्पादन गर्ने उप आयोजनाको उद्देश्य रहेको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal