ओली प्रतिगामीः नेपाल

स्याङ्जा,१२ कात्तिक– नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिगामी भएको बताउनुभएकोछ ।

एकिकृत समाजवादी स्याङ्जाको पार्टी कार्यालयको उद्घााटन कार्यक्रममा बोल्दै नेता नेपालले सो कुरा बताउनुभएको हो ।
जिल्ला सदरमुकाममा पार्टी कार्यालयको उद्घाटन गर्दै नेता नेपालले अहिले गठबन्दनमा रहेका दलहरु आगामी निर्वाचनमा मिलेर चुनावमा जाने समेत बताउनुभयो । आगामी निर्वाचनमा एमाले चौथो पार्टी बन्ने दावी गर्दै नेता नेपालले केपी शर्मा ओलीको स्वेच्छाचारी प्रवृतिले गर्दा पार्टी विभाजन भएको र देशै भरि एकिकृत समाजवादीको जनलहरु बढेकाले ओली आत्तिएको दावी गर्नुभयो ।

ओली अग्रगमनको बिरोधी भएकाले आफुहरुले नयाँ दल गठन गरेर कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाएको नेता नेपालको भनइ थियो ।
कार्यक्रममा स्वास्थ्य मन्त्री बिरोध खतिवडाले सबै नेपाली जनतालाई खोप लगाउने व्यवस्था मिलाउने बताउदै अबको केही दिन पछि १२ वर्ष माथिकालाई समेत खोप लगाउने बताउनुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal