देश माओवादीमय बन्छः पराजुली
स्याङ्जा,१२ कात्तिक– नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सचिव देबेन्द्र पराजुलीले अब देश माओवादीमय बन्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वन समिति स्याङ्जाको वालिङमा भएको विस्तारित बैठकलाई सम्बोधन गर्दै पराजुलीले एमाले, कांग्रेसको जनतामा जाने एजेण्डा हराएको भन्दै अब जनताले माओवादीलाई साथ दिने बताउनुभयो ।
उहाँले नेकपा भित्र देखिएको बहस, विवाद बिभाजनमा गएको संकेत गर्दै सच्चा क्रान्तिकारी र यथास्थीतीवादी बीच धुर्विगरण हुने क्रम सुरुभएको बताउनुभयो । पराजुलीले नयाँ परिवेशमा माओवादीले पार्टीलाई व्यवस्थित र संगठित बनाउँदै लगेकाले माओवादी पार्टी विस्तारको कामले क्रान्तिकारी छालाङ मार्नेमा जोड दिनुभयो ।
उहाँले जिल्लामा रहेका नेता कार्यकर्ताहरुलाई जनतामाझ ठोक्किन र जनताका सुख्खदुखमा एकाकार हुन सुझाब दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका बन वातावरण तथा भू–संरक्षण मन्त्री दिपक चर्तिमगरले प्रचण्डले क्रान्तिलाई धोका नदिएको भन्दै बरु माओवादी जनयुद्धलाई सफल अवतरण गराउनुभएको बताउनुभयो ।
उहाँले हिजोका बुर्जुवा पार्टीले जनताका मुद्धा सम्बोधन गर्न नसकेकाले माओवादी पार्टी जन्माउन परेको बताउनुभयो । मन्त्री थापाले गणतन्त्र संघियता, धर्म निरपेक्षता, समावेसी, समानुपातीक माओवादीका एजेण्डा भएको भन्दै यी चिजलाई संस्थागत गर्नपनि माओवादी आवस्यक पर्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्र जिल्ला समन्यन समिति स्याङ्जाका ईन्चार्ज शैलेन्द्र घिमिरेले जनताका काम गर्न माओवादीले काम गर्ने तरिका बदल्न लागेको बताउनुभयो । उहाँले माओवादी पार्टी नबिग्रिएको दावी गर्दै बरु हिजो भएका स्वार्थी, अवसरीवादी, ईमान्दार नभएका, सच्चा क्रान्तिको पीडा विर्सिएका बाहिरिदै गएको बताउनुभयो । उहाँले माओवादी पार्टीको विस्तार र विकास एक जाँदा दुई बनाउने सुत्र अनुसार अगाडि वढ्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र कालीगण्डकी गाउँपालिकाका सचिव आशिस न्यौपाने, गल्याङ नगरपालिका सचिब चित्र बहादुर राना, चापकोट नगरपालिकाका अध्यक्ष रुकविर राना, वालिङ नगरपालिकाका अध्यक्ष रमेश अर्याल, भीरकोट नगरपालिकाका सचिव रमेश ढुङ्गाना, पुतलीबार नगरपालिकाका सचिव जिवन थापा, आँधीखोला गाउँपालिकाका सचिव गिरीधारी पोखरेल, विरुवा गाउँपालिकाका अध्यक्ष नारायणशिंह गुरुङ, हरिनास गाउँपालिकाका अध्यक्ष प्रेम हमाल लगाएतले आफ्नो आफ्नो पालिकाको पार्टीको अवस्थाका पारेमा रिपोर्ट गरेका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समन्यन समिति स्याङ्जाका संयोजक प्रकाश न्यौपाने (किरण) ले जिल्लाभरको पार्टी संगठन, पार्टी नविकरणका गतिविधि र भावी कार्यक्रमका बारेमा जानकारी दिनुभयो । सोही अवसरमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार शोभाखर ढकाल, डिल्लीराम रिजाल, जेष्ठ कम्युनिस्ट मञ्च केन्द्रका सदस्य गिरधारी कोईरालालाई सम्मान गरिएको थियो ।
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार






















