फरार रहेका कुमाल ४५ वर्ष पछि पक्राउ



स्याङ्जा,१२ कात्तिक (रासस)ः कर्तव्य ज्यान मुद्धामा जन्मकैदको सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फरार रहेका चापाकोट नगरपालिका ८ का ७३ वर्षीय गणेश बहादुर कुमाललाई ४५ पछि पक्राउ गरेको हो । २०३६ साल माघ १७ गते जिल्ला अदालत स्याङ्जाले जन्मकैदको फैसला गरे पनि फरार रहेका कुमाललाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चापाकोटबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले कुमाललाई पक्राउ गरिएको गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

२०३३ साल बैशाख २ गते चैते दशैको पूर्णिमा मेलामा तत्कालीन रत्नपुर ८ हाल चापाकोट ८ कालीगण्डकी नदी किनार स्थित खोरीयाघाटमा तत्कालिन रत्नपुर तथा सेखामका युवा समुहले भारतीय सेनामा कार्यरत पाल्पा गोदारछाप २ का जीतबहादुर रानालाई हत्या गरेका थिए ।
राना विदामा घर आएको समयमा चैते दशैँको मेला हेर्न रत्नपुर आएका बेला रत्नपुरका युवासमुहले हत्या गरी कालीगण्डकी नदीमा फालेको प्रमाणित भएपछि जिल्ला अदालत स्याङ्जाले जन्मकैदको फैसला गरेको थियो ।

प्रतिवादीहरूका तर्फबाट तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पुनराबेदन गरेकोमा अदालतले २०३९ साल कार्तिक २४ गते जिल्ला अदालत स्याङ्जाकै फैसला सदर गरेको थियो भने पुनः सर्वोच्च अदालतमा पुनरावेदन गरेकोमा २०४० माघ ८ गते गते जिल्ला तथा क्षेत्रीय अदालतकै फैसला सदर गरी प्रतिवादीहरूलाई जन्मकैदको सजायँ तोकिएकोमा घटनामा संलग्नहरु फरार रहेका थिए ।

पक्राउ परेका कुमालले आफुलाई गोरे कुमाल भनी नाम परिवर्तन गराई स्याङ्जाबाट भागी नवलपरासीमा परिवार सहित लामो समयदेखी लुकीछीपी बस्दै आएकोमा विशेष सूचनाको आधारमा दशैमा पुरानो घरमा आएर फर्कदै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । कुमाललाई अदालतले सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal