स्याङ्जा समाज युकेद्वारा शुभकामना आदानप्रदान
लण्डन,२० असोज– स्याङ्जा समाज युकेको वार्षिक भेला एवं नेपालीहरुको महान चाड बडा दशैं तथा तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
लण्डनको एम्पाएर हल अल्डर्सटमा भएको सो कार्यक्रमा त्यहा बस्दै आएका स्याङ्जालीहरुको उपस्थिती वार्षिक भेला एवं शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो । समाजको वार्षिक भेलामा महासचिव डा.बलराम ढकालले एक वर्ष भरिमा समाजले गरेको कामको प्रगती विवरण पेश गर्नु भयको थियो भने नवनियुक्त कोषध्यक्ष दुर्गा गुरुङले सम्पूर्ण आय–ब्ययको हिसाब प्रस्तुत गर्नु भएको थियो ।
स्याङ्जा समाज युकेका अध्यक्ष सारदा गुरुङको अध्यक्षतामा बसेको बैठकले आगामी दिनमा कसरि काम गर्ने भन्ने बारेमा बिभिन्न ब्यक्तीहरु सल्लाहा एवं सुझाव समेत लिएको छ । संस्थाले जिल्लामा यस अघि गर्दै आएको सहयोग कार्यक्रमलाई निरन्तरता दिनुका साथै बेलायतमा रहेका सम्पूर्ण स्याङ्जा जिल्ला बासिहरुलाई एकजुट गर्दै विभिन्न संघ संस्थामा आवद्ध रहेका बेलायत बासी स्याङ्जालीहरुलाई एउटै संस्थामा एकतावद्ध गर्न पहल गर्ने प्रतिवद्धता समेत गरेको छ ।
यसै गरी संस्थाले बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी, डिपुटी चीफ अफ मिसन रोसन खनाल,सैनिक सहचारी कर्णेल रत्न गोदार लगायत राजदुताबासका कर्मचारीहरू, सेकेन्ड सेक्रेटरी रामबाबु नेपाल लगायतको उपस्थितीमा शुभाकामना आदाना प्रदान कार्यक्रम समेत गरेको थियो । कार्यक्रममा नेपालीको मौलीक पनको रुपमा रहेको नौमती बाजाको समेत प्रस्तुतीले स्वागत गर्नुका साथै नृत्य समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा राजदुत रेग्मीले आफु जहाँ र जता भए पनि नेपाल र नेपालीको हित हुने गरी काम गर्ने बताउनु भएको थियो । संस्थाका अध्यक्ष गुरूङले स्याङ्जाली नागरीक देशकै उच्च पद नेपाल सरकारको मुख्य सचिवमा काम गरेर बेलायतको राजदुत भएर लण्डन आउनु भयकोमा गौरव लागेको बताउदै बेलायतले ब्रिटिस गोर्खालाई असमान पेन्सन दिई अन्याय गरेको विषयमा आफ्नै समस्या ठानेर न्यायका लागि लडिदिन अनुरोध गर्नु भयको थियो ।
त्यस्तै ब्रिटिस गोर्खालाई नेपाल सरकारले बेलायत पठाएकोले उनीहरूलाई बेलायतले पासपोर्ट दिए पनि उनीहरू नेपाली नै भयको कुरालाई बोलिदिने पहल गर्न समेत अनुरोध गर्नु भयको थियो । कार्यक्रममा समाजमा योगदान पुर्याउने समाजका सदस्यहरूलाई सम्मान गरिएको थियो ।
ताजा
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार


























