सहकारीको लागि आधारसिला कार्यक्रम

वालिङ,१६ असोज– जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड स्याङ्जाको समन्वयमा सहकारी संस्थाहरुको लागि आधारसिला कार्यक्र सञ्चालन गरिएकाे छ।
पुतलीबजार नगरपालिका र नेपाल केन्द्रीय बचत ऋण सहकारी संघ लिमिटेड (नेफ्स्कून ) को सम्यूक्त आयोजनामा तीन वर्षे कार्यक्रम अन्तरगत चार चरणमा सहकारीको जागरण, प्रवाद्धन, विकास र सञ्जालिकरण सम्बन्धी आधारसिला कार्यक्रम पुतलीबजार नगरपालिकामा सञ्चालन गरिएकाे हाे ।
पहिलो चरणको जागरण कार्यक्र अनुसार पुतलीबजारका ७४ वटा सहकारीमा संस्थामा पुगेर संस्थाका बारेमा जानकारी लिनुका साथै संस्थाले गरेका कामकाे बारेमा प्रतिबेदन तयार पारिएकाे जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो । तयार पारिएकाे प्रतिबेदन संबन्धित निकायमा बुझाउने र संस्थाकाे अावश्यक्ता अनुसार थप कार्यक्रमहरु गरिने श्रेष्ठले बताउनु भयाे।
संस्थाहरुलाई राम्रो संग सञ्चालन गर्ने विषयमा कुराकानी गर्नुका साथै चल्न नसक्ने अवस्था आएमा एक आपसमा गाभेर भएपनि सञ्चालनमा ल्याउने र यसो गर्दा पनि समस्या आएमा खारेजी सम्म लैजानुका साथै पालिका भित्र रहेका सहकारीहरुलाई आफ्नो उद्देश्य अनुसार सञ्चालन गर्न सहयोग पुर्याउने नेफ्स्कूनका अधिकृत रीता सुवेदीले बताउनुभयो ।

अाधारशिला कार्यक्रमको लागि पुतलीबजार नगरपालिका सहकारी शाखा प्रमुख विष्णुप्रसाद ढकाल र जिल्ला बचत तथा ऋण सहकारी संघका ब्यवस्थापक हुमनारायण दोरङ्गाले सहजिकरण गर्नुभएको थियो । एक वर्षको लागि सम्झौता गरेर अगाडी बढाइएको कार्यक्रमले सहकारीको विकामा सहयोग पुग्ने पुतलीबजार नगरप्रमुख सीमाकुमारी क्षेत्रीले बताउनुभयो ।
यसै गरी नगरपालिकाका प्रशासकीय प्रमुख पुरसोत्तम शर्मा, नेपाल नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल लगायतले सहकारिहरुकाे लागि कार्यक्रम उपलब्धि मूलक हुने बताउनुभयाे । यो कार्यक्रमको सञ्चालन गर्ने गण्डकी प्रदेशको पहिलो जिल्ला स्याङ्जा र पहिलो नगरपालिका पुतलीबजार नगरपालिका बनेको छ ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal