सहकारीको लागि आधारसिला कार्यक्रम
वालिङ,१६ असोज– जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड स्याङ्जाको समन्वयमा सहकारी संस्थाहरुको लागि आधारसिला कार्यक्र सञ्चालन गरिएकाे छ।
पुतलीबजार नगरपालिका र नेपाल केन्द्रीय बचत ऋण सहकारी संघ लिमिटेड (नेफ्स्कून ) को सम्यूक्त आयोजनामा तीन वर्षे कार्यक्रम अन्तरगत चार चरणमा सहकारीको जागरण, प्रवाद्धन, विकास र सञ्जालिकरण सम्बन्धी आधारसिला कार्यक्रम पुतलीबजार नगरपालिकामा सञ्चालन गरिएकाे हाे ।
पहिलो चरणको जागरण कार्यक्र अनुसार पुतलीबजारका ७४ वटा सहकारीमा संस्थामा पुगेर संस्थाका बारेमा जानकारी लिनुका साथै संस्थाले गरेका कामकाे बारेमा प्रतिबेदन तयार पारिएकाे जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो । तयार पारिएकाे प्रतिबेदन संबन्धित निकायमा बुझाउने र संस्थाकाे अावश्यक्ता अनुसार थप कार्यक्रमहरु गरिने श्रेष्ठले बताउनु भयाे।
संस्थाहरुलाई राम्रो संग सञ्चालन गर्ने विषयमा कुराकानी गर्नुका साथै चल्न नसक्ने अवस्था आएमा एक आपसमा गाभेर भएपनि सञ्चालनमा ल्याउने र यसो गर्दा पनि समस्या आएमा खारेजी सम्म लैजानुका साथै पालिका भित्र रहेका सहकारीहरुलाई आफ्नो उद्देश्य अनुसार सञ्चालन गर्न सहयोग पुर्याउने नेफ्स्कूनका अधिकृत रीता सुवेदीले बताउनुभयो ।
अाधारशिला कार्यक्रमको लागि पुतलीबजार नगरपालिका सहकारी शाखा प्रमुख विष्णुप्रसाद ढकाल र जिल्ला बचत तथा ऋण सहकारी संघका ब्यवस्थापक हुमनारायण दोरङ्गाले सहजिकरण गर्नुभएको थियो । एक वर्षको लागि सम्झौता गरेर अगाडी बढाइएको कार्यक्रमले सहकारीको विकामा सहयोग पुग्ने पुतलीबजार नगरप्रमुख सीमाकुमारी क्षेत्रीले बताउनुभयो ।
यसै गरी नगरपालिकाका प्रशासकीय प्रमुख पुरसोत्तम शर्मा, नेपाल नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल लगायतले सहकारिहरुकाे लागि कार्यक्रम उपलब्धि मूलक हुने बताउनुभयाे । यो कार्यक्रमको सञ्चालन गर्ने गण्डकी प्रदेशको पहिलो जिल्ला स्याङ्जा र पहिलो नगरपालिका पुतलीबजार नगरपालिका बनेको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार






















