स्याङ्जामा निशेधाज्ञा हट्यो, संक्रमणको जोखिम कायमै रहेकोले सचेत रहन प्रशासनको आग्रह

वालिङ,१० असोज– कोरोना भाइरस (कोभिड) १९ को संक्रमण बढ्दै गएपछि स्याङ्जामा जारि गरिएको निशेधाज्ञा पाँच महिना पछि हटाईएको छ । कोरोन संक्रमण बढ्दै गएपछि जिल्ला भर लागु हुने गरी वैशाख २१ बाट निशेधाज्ञा लगाईएको थियो ।

प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जिल्ला भर लगाइएको निशेधाज्ञा आइतवारबाट हटाईएको जानकारी दिनुभएको हो ।
पछिल्ला दिनमा कोभिड–१९ को संक्रमणको दर न्यून हुँदै गएको तथा जिल्लाको जनजीवन समेत सामान्य बन्दै गईरहेको विश्लेषणका आधारमा जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको निर्णय अनुशार निशेधाज्ञा हटाईएको प्रमुख जिल्ला अधिकारी नेपाल द्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि सहयोग तथा सहकार्य गर्ने स्थानीय तह, राजनीतिक दल, जिल्लास्थित सुरक्षा निकाय, सरकारी कार्यालय, सरकारी एवं गैरसरकारी संघसंस्था, पत्रकार, सञ्चार माध्यम, पेशागत व्यवसायी, आम नागरिक लगायत सवै सरोकारवाला प्रति प्रशासनले आभार प्रकट गरेको छ ।
कोभिड–१९ संक्रमणको दर घट्दै गएपनि यो पूर्ण रुपमा नियन्त्रणमा आइनसकेको र संक्रमणको जोखिम कायम नै रहेको भन्दै आफ्नो पेशा व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न प्रशासनले आग्रह गरेको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal