नेपाली कांग्रेस वालिङ नगरसभापतिमा पाण्डे विजयी
वालिङ,११ असोज– नेपाली कांग्रेसको वालिङ नगर सभापतिमा नेत्र प्रसाद पाण्डे विजयी हुनुभएको छ । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत वालिङमा आइतबार भएको निर्वाचनमा पाण्डे अर्का प्रतिस्प्रधी भुपराज बगालेलाई भारी मतले पछि पार्दै विजयी हुनुभएको हो ।
शनिबारको लागि निर्वाचनको मिति तोकिएको भएपनि सहमतिको लागि भन्दै सो दिन निर्वाचन स्थगित गरेर उमेदवारहरुको विचमा सहमतिको प्रयास गरिएको थियो । अन्तिम समय सम्म सहमति हुन नसकेपछि आइतबार भएको निर्वाचन सकिए लगतै पत गणना सुरु भएको थियो राति अबेर सम्पन्न मतगणनामा पाण्डेले २ सय ४९ मत प्राप्त गरी विजयी हुनुभएको हो पाण्डेका प्रतिस्प्रधि बगालेले १ सय ९० मत प्राप्त गर्नुभएको छ ।
यसै गरी उपसभापतिमा सीता थापा, पदम गुरुङ विजयी हुनुभएको छ भने सचिवमा राजु तिवारी र सागर कुवँर विजयी हुनुभएको छ । वालिङमा सम्पन्न कांग्रेसको चुनावले संसदिय निर्वाचनको झल्को दिएको छ । दुई प्यानल बनाएर चुनावी मैदानमा उत्रीएका कांग्रेस नेताहरु आआफ्नो पक्षमा मतदान गर्न प्रचारप्रसार गरेका थिए । स्याङजामा नेपाली कांग्रेसका पूर्व उपसभापति समेत रहनुभएका गोपालमान श्रेष्ठ पक्ष कांग्रेसको स्थानीय निर्वाचनमा निकै कम्जोर देखिएको छ । संस्थापन पक्षलाई कमजोर पार्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले १४ औं महाधिवेशनमा जिल्लामा आफ्नो दहरो उपस्थिती देखाएको छ ।
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार





















