नेपाली कांग्रेस वालिङ नगरसभापतिमा पाण्डे विजयी

वालिङ,११ असोज– नेपाली कांग्रेसको वालिङ नगर सभापतिमा नेत्र प्रसाद पाण्डे विजयी हुनुभएको छ । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत वालिङमा आइतबार भएको निर्वाचनमा पाण्डे अर्का प्रतिस्प्रधी भुपराज बगालेलाई भारी मतले पछि पार्दै विजयी हुनुभएको हो ।
शनिबारको लागि निर्वाचनको मिति तोकिएको भएपनि सहमतिको लागि भन्दै सो दिन निर्वाचन स्थगित गरेर उमेदवारहरुको विचमा सहमतिको प्रयास गरिएको थियो । अन्तिम समय सम्म सहमति हुन नसकेपछि आइतबार भएको निर्वाचन सकिए लगतै पत गणना सुरु भएको थियो राति अबेर सम्पन्न मतगणनामा पाण्डेले २ सय ४९ मत प्राप्त गरी विजयी हुनुभएको हो पाण्डेका प्रतिस्प्रधि बगालेले १ सय ९० मत प्राप्त गर्नुभएको छ ।

यसै गरी उपसभापतिमा सीता थापा, पदम गुरुङ विजयी हुनुभएको छ भने सचिवमा राजु तिवारी र सागर कुवँर विजयी हुनुभएको छ । वालिङमा सम्पन्न कांग्रेसको चुनावले संसदिय निर्वाचनको झल्को दिएको छ । दुई प्यानल बनाएर चुनावी मैदानमा उत्रीएका कांग्रेस नेताहरु आआफ्नो पक्षमा मतदान गर्न प्रचारप्रसार गरेका थिए । स्याङजामा नेपाली कांग्रेसका पूर्व उपसभापति समेत रहनुभएका गोपालमान श्रेष्ठ पक्ष कांग्रेसको स्थानीय निर्वाचनमा निकै कम्जोर देखिएको छ । संस्थापन पक्षलाई कमजोर पार्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले १४ औं महाधिवेशनमा जिल्लामा आफ्नो दहरो उपस्थिती देखाएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal