नेपाली कांग्रेसले १४औं महाधिवेशनमा संसदीय निर्वाचनको झल्को
वालिङ,१० असोज– नेपाली कांग्रेसले १४औं महाधिवेशन अन्तर्गत भएका पालिकास्तरीय अधिकांश पालिकाका अधिवेशन सम्पन्न गरेको छ । देशभरका ६४ जिल्लामा गरिएका पालिकाका अधिवेशन धेरै स्थानमा सर्वसम्मत भएका छन् भने केही पालिका र वडाहरुमा चुनावी प्रकृयाबाट नयाँ समिति निर्वाचित भएका छन् । वालिङमा आज भएको निर्वाचनको मत गणना जारिरहेको छ ।
कांग्रेसको क्रियाशील सदस्यता विवादका कारण १३ जिल्लाका वडा अधिवेशन भने हुन सकेका छैनन् । प्रदेश नम्बर २ का आठ जिल्ला र रुपन्देही, कैलाली, रसुवा, डोल्पा, सुर्खेतमा क्रियाशील सदस्यता विवरण प्राप्त नहुँदा अधिवेशन प्रक्रिया अगाडि बढेको छैन ।
सदस्यता विवादबारे कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको शुक्रबार बसेको बैठकले चाँडै विवाद टुङ्ग्याउने सहमति गरेपनि अभैmसम्म समाधान हुन सकेको छैन ।
कांग्रेसका नेता कार्यकर्ता वडादेखि नै आ–आप्mना प्यानल बनाएर निर्वाचनमा उत्रिए । सभापति शेरबहादुर देउवा र रामचन्द्र–कोइराला प्यानल बनाएर नेता कार्यकर्ताहरु चुनावमा उत्रिएका हुन् । यसैक्रममा स्याङ्जाका ६ गाउँपालिका र ५ नगरपालिका गरी ११ वटा पालिकामा दुई समूहले प्यानलै बनाएर निर्वाचनमा उत्रिएका हुन् । स्याङ्जाको चापाकोट नगरपालिका बाहेक सबै पालिकाहरुमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रकृयामा गएका हुन् ।
अर्जुन चौपारी, बिरुवा, आँधिखोला गाउँपालिकामा दुवै पक्षका बराबरीकै हाराहारीमा निर्वाचित भएका छन् भने पुतली बजार नगरपालिका, भीरकोट नगरपालिका, गल्याङ र चापाकोट नगरपालिका तथा फेदिखोला गाउँपालिकामा संस्थापन इतर पक्षको बाहुल्यता रहेको छ । यसैगरी वालिङ नगरपालिका र कालिगण्डकी गाउँपालिकामा भने आइतबार निर्वाचन भएको छ । पालिका स्तरीय अधिवेशनमा कांग्रेसका नेता कार्यकर्ता संसदीय निर्वाचनको झल्को दिने गरी मैदान उत्रिएका थिए । वालिङमा भएको निर्वाचनको मत गणना जारि रहेको छ ।
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार























