पुतलीबजारमा तरकारीका ५ लाख विरुवा वितरण अभियान (फोटो फिचर)


स्याङ्जा,३ असोज– पुतलीबजार नगरपालिकामा तरकारीका ५ लाख विरुवा वितरण गर्ने अभियान सञ्चालनमा ल्याइएको छ । नगरपालिका, यूएनडिपि नेपालको आर्थिक तथा प्राविधिक सहयोग र सूर्योदय क्लब स्याङ्जाको ब्यवस्थापनमा “कोभिड(१९ उद्दार र सामाजिक आर्थिक प्रतिकार्य पहल” कार्यक्रम पुतलीबजार नगरपालिकाका १४ वटै वडाहरूमा सञ्चालनमा आएको छ ।

कोभिड १९ बाट प्रभावित समुदायको आर्थिक तथा सामाजिक स्तर माथी उठाउने प्रमुख उद्देश्य रहेको सूर्योदय क्लबका अध्यक्ष अनन्त कुमार श्रेष्ठले बताउनुभयो । यस कार्यक्रम अन्तरगत कृषि, पशु तथा उद्मशिलताका विविध क्रियाकलापहरू सञ्चालनमा रहेकाछन । पुतलीबजार नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउन एक टोल एक नर्सरी एक घर एक नर्सरी कार्यक्रम लागू गरिएको हो ।

नगरका १४ वटा वडाका २ सय ९५ टोल विकास संस्थाहरू मध्ये २ सय ८७ टोल विकास संस्थाले छनोट गरेका नर्सरी धनीलाई नर्सरी स्थापना तथा ब्यवस्थापन सम्बन्धी प्रत्येक वडामा कृषि प्राविधिकहरूद्वारा तालिम प्रदान गरिएको थियो । हरेक टोलमा नर्सरी स्थापनाका लागि बिउविजन नर्सरी पलाष्टिक निशुल्क, काउली, बन्दा, ब्रोकाउली, मुला, रायोको बिउ प्लास्टिक लगायतका सामग्रीहरु वितरण गरिएको थियो ।

अगोटे जातका तरकारीका करिव ५ लाख बेर्ना उत्पादन गरी घर घरमा वितरण गर्ने कार्यक्रम रहेको क्लवका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
नगरलाई तरकारीमा आत्मनिर्भर बनाउन बिउविजनदेखि प्राविधक सहयोग उपलब्ध गराएको नगर प्रमुख सीमा कुमारी क्षेत्रीले बताउनु भयो ।

नगरप्रमुख क्षेत्रीले भन्नुभयो, “नगरपालिका नगरवासिलाई घरयासी प्रयोजनका साथै ब्यावसायीक तरकारी खेती गरेर आर्थिक पाटोलाई सहयोग पुर्याउने योजना अनुसार काम गरिरहेकाछौ ।” यो अभियानले जागरहुने र मेहनती किसानहरुलाई उद्यमी बनाउन सहयोग पुग्ने नगरप्रमुख क्षेत्रीको भनाइ थियो ।

ताजा

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal