कालो बादल देखेपछि बाढीको त्रासमा रातभर जाग्राम

 रुपन्देहीको मर्चवार क्षेत्रका बासिन्दाको पीडा  

लक्षमण पौडेल
भैरहवा,३ असोज–  ७० वर्षिया मंग्रा धुनियाले थाहा पाउँदा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मर्चवारमा पर्ने भर्थापुर गाउँ दानव नदीको पश्चिममा थियो ।
उहाँका अनुसार सुरुमा दानव नदी हालको बस्तीको पूर्वबाट बग्थ्यो । जहाँ अहिले पानी निकासका लागि नहर छ । यो भागबाट नदीले कटान तीव्र पारेपछि बस्ती आधा किलोमिटर भन्दा टाढा पश्चिममा पुग्यो । बस्ती सरेपछि दानव नदीले पनि आफ्नो बाटो बदल्यो ।
गाउँको एक किलोमिटर भन्दा माथि बेतकुईयाँबाट नदी पश्चिमतर्फ मोडियो ०३० को दशकमा । त्यतिबेला भर्थापुरका आधा भन्दा बढी घर र सयौं चौपाया दानवमा मिसिए । त्यसपछि पश्चिमबाट बस्ती खोलावारी पूर्वतर्फ स¥यो । पाँचसय मिटर भन्दा पर रहेको दानव नदी अहिले फेरि बस्ती छेउमै आइसकेको छ । नहरको पश्चिम र दानव नदीको पूर्वमा रहेको करिव पाँचसय मिटर लम्बाई र तीनसय मिटर चौडाइमा फैलिएको भर्थापुर गाउँमा ८२ घरधुरी तथा करिव पाँचसय जनाको बसोबास छ । यो बस्ती जता जान्छ, दानव नदी पनि त्यतै सोझिन्छ । वर्षांैदेखि भर्थापुरलाई दानव नदीले कहिले यष्ता कहिले उता खेदेको खेदै गरेको छ । अहिले पनि वर्षको भेलले किसानहरुले लगाएको तरकारी, अन्नबाली बगाएर लैजाने गरेको मंग्रा धुनियाँले बताउनुभयो ।
अहिले यहाँका बासिन्दा आकाशमा कालो बादल देखेर गाउँमा बाढी आउने डरले त्रसित हुन थालेका छन् । अविरल वर्षातको पानीले उक्त नदीको दुवै मुहान भरिएर बग्न लागेको देखेर फेरि गाउँ डुवानमा पर्ने डरले उनीहरु कालोबादल दख्नासाथ त्रसित हुन थालेका हुन् ।
दानव नदीको छेउमा रहेको भरथापुर गाउँमा फेरि पानी पसेर डुवानमा पर्ने डरले ज्यान बचाउन गाउँ छाडेर सुरक्षित ठाउँमा भाग्ने तयारीमा रातभर जाग्राम बस्नु परिरहेको स्थानीय अजिज धुनियाँले जानकारी दिनुभयो ।
त्यस्तै दानव नदीको छेउमा १५ वर्षदेखि फूसको घर बनाई सातजनाको परिवार पाल्दै आउनुभएकी शहीदुन निशाले बाढीको बेला घरमा विषालू सर्प आउनुका साथै बाटो नहुँदा बाहिर निस्कन समेत समस्या हुने गरेको बताउनुभयो । त्यति मात्र नभई सोही नदीको छेउँमा प्लाष्टिकको छानोभित्र नौ जनाको परिवार पाल्दै आउनुभएका कुमार मल्लाहले पनि घरमा बाढी पस्ने डरले सताउन थालेको दुःखेसो पोख्नुभयो ।
यता, जिल्ला दैवी प्रकोप उद्दार समतिले पनि बाढीबाट हुने संभावित क्षति रोक्नका लागि पूर्व तयारी भइसकेको जनाएको छ । आठ वर्षयता दैवी प्रकोप उद्दार समितिले भर्थापुर गाउँलाई रुपन्देहीको पहिलो नम्बरको जोखिमको बस्तीमा राखेको छ । राहत र उद्दारका लागि सुरक्षाकर्मीको टोलीलाई तयारी अवस्थामा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिनुभयो ।स्रोतः गोरखापत्र

ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal