कालो बादल देखेपछि बाढीको त्रासमा रातभर जाग्राम

 रुपन्देहीको मर्चवार क्षेत्रका बासिन्दाको पीडा  

लक्षमण पौडेल
भैरहवा,३ असोज–  ७० वर्षिया मंग्रा धुनियाले थाहा पाउँदा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मर्चवारमा पर्ने भर्थापुर गाउँ दानव नदीको पश्चिममा थियो ।
उहाँका अनुसार सुरुमा दानव नदी हालको बस्तीको पूर्वबाट बग्थ्यो । जहाँ अहिले पानी निकासका लागि नहर छ । यो भागबाट नदीले कटान तीव्र पारेपछि बस्ती आधा किलोमिटर भन्दा टाढा पश्चिममा पुग्यो । बस्ती सरेपछि दानव नदीले पनि आफ्नो बाटो बदल्यो ।
गाउँको एक किलोमिटर भन्दा माथि बेतकुईयाँबाट नदी पश्चिमतर्फ मोडियो ०३० को दशकमा । त्यतिबेला भर्थापुरका आधा भन्दा बढी घर र सयौं चौपाया दानवमा मिसिए । त्यसपछि पश्चिमबाट बस्ती खोलावारी पूर्वतर्फ स¥यो । पाँचसय मिटर भन्दा पर रहेको दानव नदी अहिले फेरि बस्ती छेउमै आइसकेको छ । नहरको पश्चिम र दानव नदीको पूर्वमा रहेको करिव पाँचसय मिटर लम्बाई र तीनसय मिटर चौडाइमा फैलिएको भर्थापुर गाउँमा ८२ घरधुरी तथा करिव पाँचसय जनाको बसोबास छ । यो बस्ती जता जान्छ, दानव नदी पनि त्यतै सोझिन्छ । वर्षांैदेखि भर्थापुरलाई दानव नदीले कहिले यष्ता कहिले उता खेदेको खेदै गरेको छ । अहिले पनि वर्षको भेलले किसानहरुले लगाएको तरकारी, अन्नबाली बगाएर लैजाने गरेको मंग्रा धुनियाँले बताउनुभयो ।
अहिले यहाँका बासिन्दा आकाशमा कालो बादल देखेर गाउँमा बाढी आउने डरले त्रसित हुन थालेका छन् । अविरल वर्षातको पानीले उक्त नदीको दुवै मुहान भरिएर बग्न लागेको देखेर फेरि गाउँ डुवानमा पर्ने डरले उनीहरु कालोबादल दख्नासाथ त्रसित हुन थालेका हुन् ।
दानव नदीको छेउमा रहेको भरथापुर गाउँमा फेरि पानी पसेर डुवानमा पर्ने डरले ज्यान बचाउन गाउँ छाडेर सुरक्षित ठाउँमा भाग्ने तयारीमा रातभर जाग्राम बस्नु परिरहेको स्थानीय अजिज धुनियाँले जानकारी दिनुभयो ।
त्यस्तै दानव नदीको छेउमा १५ वर्षदेखि फूसको घर बनाई सातजनाको परिवार पाल्दै आउनुभएकी शहीदुन निशाले बाढीको बेला घरमा विषालू सर्प आउनुका साथै बाटो नहुँदा बाहिर निस्कन समेत समस्या हुने गरेको बताउनुभयो । त्यति मात्र नभई सोही नदीको छेउँमा प्लाष्टिकको छानोभित्र नौ जनाको परिवार पाल्दै आउनुभएका कुमार मल्लाहले पनि घरमा बाढी पस्ने डरले सताउन थालेको दुःखेसो पोख्नुभयो ।
यता, जिल्ला दैवी प्रकोप उद्दार समतिले पनि बाढीबाट हुने संभावित क्षति रोक्नका लागि पूर्व तयारी भइसकेको जनाएको छ । आठ वर्षयता दैवी प्रकोप उद्दार समितिले भर्थापुर गाउँलाई रुपन्देहीको पहिलो नम्बरको जोखिमको बस्तीमा राखेको छ । राहत र उद्दारका लागि सुरक्षाकर्मीको टोलीलाई तयारी अवस्थामा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिनुभयो ।स्रोतः गोरखापत्र

ताजा

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal