प्रहरी नायव उपरीक्षक अधिकारी सम्मानित
वालिङ,११ भदौ– प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारी सम्मानीत हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत अधिकारीलाई उदाहरणीय एवं रचनात्मक शैलीमा प्रहरी कर्मचारीहरुको परिचालन गरेकोले २०७७ सालको उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरिएको हो ।
अधिकारीलाई बिहीबार कदर पत्र सहित जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सम्मान गर्नुभएको हो । प्रहरी उपरीक्षक बोगटीले अधिकारीले प्रहरीले कार्यालयमा रहेर गर्नु पर्ने प्रशासनिक व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण लगायत फरार रहेका विभिन्न प्रतिवादीहरु पक्राउ गर्न सफल भएको बताउनुभयो ।
कार्यालय प्रमुख बोगटीले अधिकारीले कोभिड १९ नियन्त्रण एवं विभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन र लकडाउनको उत्कृष्ट कार्यान्वयन तथा स्थानिय निकाय, विभिन्न सरोकारवालाहरु सँग आवश्यक समन्वय गरी समाजमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा समेत सकृय भएर लागेकोले प्रहरी कर्मचारीको मनोवल बढाउन सम्मान गरिएको बताउनुभयो ।
सम्मान कार्यक्रमले आफुलाई थप उत्साहित बनाएको र यस प्रकारका कार्यहरुलाई निरन्तरता दिन ुपर्ने सम्मानीत प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो । सोही अवसरमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान सुनिल राईलाई पनि सम्मान गरिएको छ । सूचना प्रविधी प्रशासन शाखामा कार्यरत रही कार्यालयको अभिलेख व्यवस्थापन गर्ने, कम्प्यूटरमा आएका समस्याहरु समाधान गर्दै आदेशानुसार सूचाना प्रवाह गरेकोले राईलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आफ्नो माताहतमा रहेका र कार्य सम्पादनमा उत्कृठ कर्मचारीहरुलाई बेला बेलामा सम्मान गर्दै आएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















