सरकारी सम्झौताको खिल्ली उडाउँदै मणिपाल बेच्न लागिएको खुलासा, यस्तो छ सम्झौता पत्र !
“सम्झौता पत्र भन्छः अवधि समाप्त भएपछि वा बिचैमा दोस्रो पक्षले उक्त जग्गा छाडी जाने भएमा उक्त जग्गामा बनाइएका भौतिक संरचनाहरु पनि अरुलाई हस्तान्तरण गर्न पाईँदैन “
काठमाडौँ,१२ भदौ– भारतीय कम्पनीले सञ्चालन गरिरपहिेको पोखरा ११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पताल अवैधानिक रुपमा बिक्री गर्न खोजिएको पाइएको छ । नेपाल सरकारसँग भएको सम्झौता विपरित सरकारी अस्पताललाई अवैधानिक रुपमा निजीकरण गर्न खोजिएको खुलासा भएको छ ।
हाल मणिपाल शिक्षण अस्पताल रहेको जमिन सन् १९९२ मा भारतीय कम्पनीलाई ४९ वर्षका लागि लिजमा दिने गरि सरकारले सम्झौता गरेको थियो । तर, सम्झौता अवधि सक्किनु अगावै सो कम्पनीले मणिपाल शिक्षण अस्पताल पोखराकै व्यवसायीक घरानाका व्यक्तिहरुलाई अवैधानिक रुपमा बिक्री गर्न लागेको हाे ।
सन् १९९२ मा भएको सम्झौतामा सरकारले भारतीय कम्पनीलाई ४९ वर्षका लागि उक्त जग्गा लिजमा दिएको उल्लेख छ । त्यसैगरी दोस्रो पक्षले सम्झौताको समय सक्किनुअघि नै जग्गा छाडी जाने भएका भू- बहाल रकम फिर्ता नगर्ने र उक्त जग्गामा बनाइएका भौतिक संरचनाहरु पनि अरुलाई हस्तान्तरण गर्न नपाइने उल्लेख छ ।
‘उक्त ४९ वर्षको अवधि समाप्त भएपछि वा बिचैमा दोस्रो पक्षले उक्त जग्गा छाडी जाने भएमा भू-बहाल रकम प्रथम पक्षले फिर्ता नदिने र उक्त जग्गामा उपलब्ध (निर्मित) भौतिक सूविधाहरु अरुलाई हस्तान्तरण गर्न नपाउने गरी यथास्थितिमै प्रथम पक्षलाई छाडि जानुपर्दछ । सो बापत प्रथम पक्षले दोस्रो पक्षलाई कुनै रकम फिर्ता दिनु पर्ने छैन’ सम्झौता पत्रमा उल्लेख छ ।
तर, सञ्चालक समितिले सरकार सँग भएको सम्झौताको खिल्ली उडाउँदै सुटुक्क पोखराकै व्यापारीहरु बतास अर्गनाइजेशनका
सञ्चालक आनन्दराज बतास र अटोवेज प्रालिका सञ्चालक नारायण पौडेललाई जिम्मा लगाउने तयारी गरिएको छ । स्रोतका अनुसार ३ अर्ब रुपैयाँमा मणिपाल बिक्री प्रकृयामा अगाडि बढिसकेको छ ।
सम्झौता विरुद्ध सरकारी सम्पत्ती निजी क्षेत्रलाई हस्तान्तरण गरिएको भएपनि सम्बन्धित निकायको ध्यान भने पुग्न सकेको छैन । यसका विरुद्धमा पोखरेली र कस्केली नागरिकहरुले आवाज उठाउन थालेका छन् ।
नेपाल सरकारका पूर्वगृहमन्त्री तथा कास्कीबाट प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले मणिपाल शिक्षण अस्पताल र सरकारबीच भएको सम्झौताका बारेमा प्रश्न गरेपछि मणिपाल बिक्री प्रकरण सार्वजनिक भएको हो । कास्कीकै एकजना सांसदले भने मणिपालको स्वामित्व प्राप्त गर्ने क्रममा रहेका व्यापारीहरुलाई बधाईसमेत दिइसकेका छन् ।स्रोतः मेन समाचार
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
























