सरकारी सम्झौताको खिल्ली उडाउँदै मणिपाल बेच्न लागिएको खुलासा, यस्तो छ सम्झौता पत्र !

“सम्झौता पत्र भन्छः अवधि समाप्त भएपछि वा बिचैमा दोस्रो पक्षले उक्त जग्गा छाडी जाने भएमा उक्त जग्गामा बनाइएका भौतिक संरचनाहरु पनि अरुलाई हस्तान्तरण गर्न पाईँदैन “
काठमाडौँ,१२ भदौ– भारतीय कम्पनीले सञ्चालन गरिरपहिेको पोखरा ११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पताल अवैधानिक रुपमा बिक्री गर्न खोजिएको पाइएको छ । नेपाल सरकारसँग भएको सम्झौता विपरित सरकारी अस्पताललाई अवैधानिक रुपमा निजीकरण गर्न खोजिएको खुलासा भएको छ ।
हाल मणिपाल शिक्षण अस्पताल रहेको जमिन सन् १९९२ मा भारतीय कम्पनीलाई ४९ वर्षका लागि लिजमा दिने गरि सरकारले सम्झौता गरेको थियो । तर, सम्झौता अवधि सक्किनु अगावै सो कम्पनीले मणिपाल शिक्षण अस्पताल पोखराकै व्यवसायीक घरानाका व्यक्तिहरुलाई अवैधानिक रुपमा बिक्री गर्न लागेको हाे ।
सन् १९९२ मा भएको सम्झौतामा सरकारले भारतीय कम्पनीलाई ४९ वर्षका लागि उक्त जग्गा लिजमा दिएको उल्लेख छ । त्यसैगरी दोस्रो पक्षले सम्झौताको समय सक्किनुअघि नै जग्गा छाडी जाने भएका भू- बहाल रकम फिर्ता नगर्ने र उक्त जग्गामा बनाइएका भौतिक संरचनाहरु पनि अरुलाई हस्तान्तरण गर्न नपाइने उल्लेख छ ।
‘उक्त ४९ वर्षको अवधि समाप्त भएपछि वा बिचैमा दोस्रो पक्षले उक्त जग्गा छाडी जाने भएमा भू-बहाल रकम प्रथम पक्षले फिर्ता नदिने र उक्त जग्गामा उपलब्ध (निर्मित) भौतिक सूविधाहरु अरुलाई हस्तान्तरण गर्न नपाउने गरी यथास्थितिमै प्रथम पक्षलाई छाडि जानुपर्दछ । सो बापत प्रथम पक्षले दोस्रो पक्षलाई कुनै रकम फिर्ता दिनु पर्ने छैन’ सम्झौता पत्रमा उल्लेख छ ।
तर, सञ्चालक समितिले सरकार सँग भएको सम्झौताको खिल्ली उडाउँदै सुटुक्क पोखराकै व्यापारीहरु बतास अर्गनाइजेशनका
सञ्चालक आनन्दराज बतास र अटोवेज प्रालिका सञ्चालक नारायण पौडेललाई जिम्मा लगाउने तयारी गरिएको छ । स्रोतका अनुसार ३ अर्ब रुपैयाँमा मणिपाल बिक्री प्रकृयामा अगाडि बढिसकेको छ ।
सम्झौता विरुद्ध सरकारी सम्पत्ती निजी क्षेत्रलाई हस्तान्तरण गरिएको भएपनि सम्बन्धित निकायको ध्यान भने पुग्न सकेको छैन । यसका विरुद्धमा पोखरेली र कस्केली नागरिकहरुले आवाज उठाउन थालेका छन् ।
नेपाल सरकारका पूर्वगृहमन्त्री तथा कास्कीबाट प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले मणिपाल शिक्षण अस्पताल र सरकारबीच भएको सम्झौताका बारेमा प्रश्न गरेपछि मणिपाल बिक्री प्रकरण सार्वजनिक भएको हो । कास्कीकै एकजना सांसदले भने मणिपालको स्वामित्व प्राप्त गर्ने क्रममा रहेका व्यापारीहरुलाई बधाईसमेत दिइसकेका छन् ।स्रोतः मेन समाचार
ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार
यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू
२०८२ बैशाख १९ गते, शुक्रबार