सरकारमा सहभागी हुन्छाैं : नेपाल
काठमाडौं,१० भदौ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सरकारमा सहभागी हुने भएको छ । बिहीबार क्वालिटी बैकट बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनकाने सरकारमा छिट्टै सहभागी हुने घोषणा गर्नुभएको हो ।
‘हामी सरकारमा जान्छौं । पाँच दल भन्ने हिजो गाह्रो थियो । पाँच दलीय गठबन्धन अझै अघि बढ्छ । हामी सरकारमा जान्छौं । कम्युनिष्ट पार्टी छोड्दैनौं,’ अध्यक्ष नेपालले भन्नुभयो । पत्रकार सम्मेलनमा आगामी दिनमा संस्कारयुक्त क्रान्तिकारी पार्टीको रुपमा अगाडि बढ्ने दाबी नेता नेपालले गर्नुभएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा माक्र्सवाद र लेनिनवादको सिद्धान्तलाई छोड्दै गएको र व्यक्ति केन्द्रित पार्टीको रुपमा नेकपा एमालेलाई अघि बढाउनुभएको आराप लगाउनुहुदै नेता नेपालले विचार र सिद्धान्तलाई आत्मसात् गर्दै नेकपा (एकीकृत समाजवादी ) अगाडि बढ्ने बताउनुभयो ।
नेता नेपालले देशको कम्युनिस्ट आन्दोलनको स्थापनाकालदेखिको ऐतिहासिक पृष्ठभूमिबारे बोल्नुहुदै उहाँले नेपाल कम्युनिस्ट पार्टीको संस्थापक पुष्पलालले मार्गनिर्देश गर्नुभएको सिद्धान्तलाई अगाडि बढाइने बताउनुभएको छ । सिद्धान्तप्रति निष्ठावान हुँदै नेपाली समाजलाई आवश्यक मोडलको समाजवादको यात्रा आफूहरुको भएको जसमा व्यक्तिहरुमा रमाउने झुण्डहरु, कुसंस्कारीहरु र नेताहरुको भजन मण्डली र आरती उतार्ने झुण्डहरु पार्टीमा हुनेछैन, नेता नेपालले बताउभएको छ ।
देशको वर्तमान नयाँ परिस्थितिमा माक्सर्वाद लेनिनवादलाई सिर्जनात्मक प्रयोग गर्दै पुष्पलालको विरासतलाई ग्रहण गरेर पार्टी अगाडि बढ्ने नेता नेपालले बताउनुभएको हो । पछिल्लो समय आफ्ना समथ छोडेका साथीहरुले पहिले पनि नयाँ पार्टी खाेलेकाे प्रमाण आज पनि निर्वाचन अायाेगमा रहेको खुलासा समेत नेपालले गर्नुभयो ।
पार्टी एकता पक्षधरहरुप्रति लक्षित गर्नुहुदै उहाँले लामो यात्रामा केही साथीहरू थाक्नुभएको तर क्रान्तिकारी शक्तिहरु निरन्तर अगाडि बढ्ने उहाँले बताउनुभएको छ । आगामी दिनमा जनताको समस्याहरुलाई ध्यानमा राखी नेकपा (एकीकृत समाजवादी ) अघि बढ्ने जनाइएको छ ।
नेकपा (एकीकृत समाजवादी)ले छिट्टै नै राष्ट्रिय सम्मेलन गर्ने र उक्त सम्मेलनमा पार्टीको विचार एवम् सिद्धान्तबारे घनिभूत झलफल गरिने बताएको छ । यससँगै देशका सबै वामपन्थी शक्तिहरुसँग सहकार्य गर्ने बताउनुहुदै नेतम नेपालले संसद विघटनविरुद्वको गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतका शक्तिहरुसँग सहकार्य हुने नेता नेपालले बताउनुभयो ।
यस लगायतका अन्य वामपन्थी शक्तिहरुसँग पनि सहकार्य हुने जनाइएको छ । नेकपा (एकीकृत समाजवादी ) ले निर्वाचन आयोगबाट कानुनी मान्यता प्राप्त गरेपछि नेता नेपालले आज औपचारिकरुपमा पत्रकार सम्मेलनमार्फत पहिलो पटक आफ्नो र नयाँ पार्टीको धारणा व्यक्त गर्नुभएको हो ।
ताजा
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार





















