सरकारमा सहभागी हुन्छाैं : नेपाल

काठमाडौं,१० भदौ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सरकारमा सहभागी हुने भएको छ । बिहीबार क्वालिटी बैकट बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनकाने सरकारमा छिट्टै सहभागी हुने घोषणा गर्नुभएको हो ।
‘हामी सरकारमा जान्छौं । पाँच दल भन्ने हिजो गाह्रो थियो । पाँच दलीय गठबन्धन अझै अघि बढ्छ । हामी सरकारमा जान्छौं । कम्युनिष्ट पार्टी छोड्दैनौं,’ अध्यक्ष नेपालले भन्नुभयो । पत्रकार सम्मेलनमा आगामी दिनमा संस्कारयुक्त क्रान्तिकारी पार्टीको रुपमा अगाडि बढ्ने दाबी नेता नेपालले गर्नुभएको छ । 

 एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा माक्र्सवाद र लेनिनवादको सिद्धान्तलाई छोड्दै गएको र व्यक्ति केन्द्रित पार्टीको रुपमा नेकपा एमालेलाई अघि बढाउनुभएको आराप लगाउनुहुदै नेता नेपालले विचार र सिद्धान्तलाई आत्मसात् गर्दै नेकपा (एकीकृत समाजवादी ) अगाडि बढ्ने बताउनुभयो ।

नेता नेपालले देशको कम्युनिस्ट आन्दोलनको स्थापनाकालदेखिको ऐतिहासिक पृष्ठभूमिबारे बोल्नुहुदै उहाँले नेपाल कम्युनिस्ट पार्टीको संस्थापक पुष्पलालले मार्गनिर्देश गर्नुभएको सिद्धान्तलाई अगाडि बढाइने बताउनुभएको छ । सिद्धान्तप्रति निष्ठावान हुँदै नेपाली समाजलाई आवश्यक मोडलको समाजवादको यात्रा आफूहरुको भएको जसमा व्यक्तिहरुमा रमाउने झुण्डहरु, कुसंस्कारीहरु र नेताहरुको भजन मण्डली र आरती उतार्ने झुण्डहरु पार्टीमा हुनेछैन, नेता नेपालले बताउभएको छ ।

देशको वर्तमान नयाँ परिस्थितिमा माक्सर्वाद लेनिनवादलाई सिर्जनात्मक प्रयोग गर्दै पुष्पलालको विरासतलाई ग्रहण गरेर पार्टी अगाडि बढ्ने नेता नेपालले बताउनुभएको हो । पछिल्लो समय आफ्ना समथ छोडेका साथीहरुले पहिले पनि नयाँ पार्टी खाेलेकाे प्रमाण आज पनि निर्वाचन अायाेगमा रहेको खुलासा समेत नेपालले गर्नुभयो ।

पार्टी एकता पक्षधरहरुप्रति लक्षित गर्नुहुदै उहाँले लामो यात्रामा केही साथीहरू थाक्नुभएको तर क्रान्तिकारी शक्तिहरु निरन्तर अगाडि बढ्ने उहाँले बताउनुभएको छ । आगामी दिनमा जनताको समस्याहरुलाई ध्यानमा राखी नेकपा (एकीकृत समाजवादी ) अघि बढ्ने जनाइएको छ ।

नेकपा (एकीकृत समाजवादी)ले छिट्टै नै राष्ट्रिय सम्मेलन गर्ने र उक्त सम्मेलनमा पार्टीको विचार एवम् सिद्धान्तबारे घनिभूत झलफल गरिने बताएको छ । यससँगै देशका सबै वामपन्थी शक्तिहरुसँग सहकार्य गर्ने बताउनुहुदै नेतम नेपालले संसद विघटनविरुद्वको गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतका शक्तिहरुसँग सहकार्य हुने नेता नेपालले बताउनुभयो ।

यस लगायतका अन्य वामपन्थी शक्तिहरुसँग पनि सहकार्य हुने जनाइएको छ । नेकपा (एकीकृत समाजवादी ) ले निर्वाचन आयोगबाट कानुनी मान्यता प्राप्त गरेपछि नेता नेपालले आज औपचारिकरुपमा पत्रकार सम्मेलनमार्फत पहिलो पटक आफ्नो र नयाँ पार्टीको धारणा व्यक्त गर्नुभएको हो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal