गण्डकी प्रदेशका मन्त्री मेखलाल श्रेष्ठको सम्पत्तिः १ किलो सुनदेखि बैंकमा ७ करोड वचत
पोखरा,९ भदौ– गण्डकी प्रदेशका शिक्षा तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरणमा स्याङ्जाबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य एवं शिक्षा तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले करोडौ रकमसहितको सम्पत्ति विवरण सार्वजनिक भएपछि नीकै चर्चा भएको छ । मन्त्री श्रेष्ठले १ किलो १९ तोला सुनका साथै ७ किलो २ तोला चाँदी, हिराको औँठी १ थान र १५ लाख रुपैयाँ नगद रहेको उल्लेख गनुभएको छ ।
त्यसैगरी श्रेष्ठ र परिवारका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा ७ करोड रुपैयाँ बचत भएको सम्पत्ति विवरणमा उल्लेख छ । उहाँका नाममा स्याङजा भीरकोटमा १ रोपनीमा बनेको घर र काठमाडौंको नागार्जुनमा ५ आनामा बनेको साढे २ तले पक्की छ भने कास्कीको छिनडाँडामा पनि जग्गा रहेको छ । श्रेष्ठ नेपाली कांग्रेसको तर्फबाट मन्त्री बन्नुभएको हो ।
यसै गरी एकीकृत माओवादीको तर्फबाट स्याङ्जाबाट मन्त्री बन्नुभएका अर्का बन वातावरण तथा भूसंरक्षण मन्त्री दिपक थापा (चर्ति मगर) ले विरुवा गाउँपालिका २ मा दुई वटा घर पैतृक तथा खरिद गरेको उल्लेख गर्नुभएको छ भने ३० तोला सुन, २० तोला चाँदी र बैंकमा १५ हजार नगद रहेको सम्पत्ति विवरणमा देखाउनुभएको छ । छोराछोरीको रेमिट्यान्बाट पोखरा महानगरपालिका १४ मा ४० लाख रुपैयाँमा जग्गा किनेको र जग्गा खरिदको लागि ६१ लाख ५० हजार ऋण लिएको बताउनुभएको छ । उहाँले २५ वटा बाख्रा, ७ सय ५० बोट सुन्तला र ६ रोपनी जग्गामा नर्सरी रहेको सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ ।
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















