गण्डकी प्रदेशका मन्त्री मेखलाल श्रेष्ठको सम्पत्तिः १ किलो सुनदेखि बैंकमा ७ करोड वचत
पोखरा,९ भदौ– गण्डकी प्रदेशका शिक्षा तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरणमा स्याङ्जाबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य एवं शिक्षा तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले करोडौ रकमसहितको सम्पत्ति विवरण सार्वजनिक भएपछि नीकै चर्चा भएको छ । मन्त्री श्रेष्ठले १ किलो १९ तोला सुनका साथै ७ किलो २ तोला चाँदी, हिराको औँठी १ थान र १५ लाख रुपैयाँ नगद रहेको उल्लेख गनुभएको छ ।
त्यसैगरी श्रेष्ठ र परिवारका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा ७ करोड रुपैयाँ बचत भएको सम्पत्ति विवरणमा उल्लेख छ । उहाँका नाममा स्याङजा भीरकोटमा १ रोपनीमा बनेको घर र काठमाडौंको नागार्जुनमा ५ आनामा बनेको साढे २ तले पक्की छ भने कास्कीको छिनडाँडामा पनि जग्गा रहेको छ । श्रेष्ठ नेपाली कांग्रेसको तर्फबाट मन्त्री बन्नुभएको हो ।
यसै गरी एकीकृत माओवादीको तर्फबाट स्याङ्जाबाट मन्त्री बन्नुभएका अर्का बन वातावरण तथा भूसंरक्षण मन्त्री दिपक थापा (चर्ति मगर) ले विरुवा गाउँपालिका २ मा दुई वटा घर पैतृक तथा खरिद गरेको उल्लेख गर्नुभएको छ भने ३० तोला सुन, २० तोला चाँदी र बैंकमा १५ हजार नगद रहेको सम्पत्ति विवरणमा देखाउनुभएको छ । छोराछोरीको रेमिट्यान्बाट पोखरा महानगरपालिका १४ मा ४० लाख रुपैयाँमा जग्गा किनेको र जग्गा खरिदको लागि ६१ लाख ५० हजार ऋण लिएको बताउनुभएको छ । उहाँले २५ वटा बाख्रा, ७ सय ५० बोट सुन्तला र ६ रोपनी जग्गामा नर्सरी रहेको सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















