एमाले फुटाउन अध्यादेश ल्याइयोः ओली

काठमाडौं,९ भदौ– नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले फुटाउने गरी गलत नियतसाथ सरकारले अध्यादेश ल्याएको बताउनुभएको छ । यसले मुलुकको राजनीतिमा दूरगामी असर पार्ने समेत अध्यक्ष ओलीले बताउनुभयो ।

स्थायी कमिटीको मङ्गलबार बसेको बैठकको निर्णयबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभयो । एमाले राष्ट्रिय राजनीतिको मूल प्रवाह भएकाले देशको समुन्नति र प्रगति गर्ने पनि एमालेकै काँधमा रहेको बताउनुभयो ।

अध्यादेश ल्याउनु संवैधानिक व्यवस्था भए पनि त्यो देश र जनताका लागि हुनुपर्ने अध्यक्ष ओलीले बताउनुभयो । अहिले अध्यादेश जारी गर्नुपर्ने कुनै आवश्यकता नभएका बेला एमाले फुटाउनकै लागि मात्र अध्यादेश ल्याइएको उहाँले टिप्पणी गर्नुभयो । आफू प्रधानमन्त्री भएका बेला पनि अध्यादेश आए पनि त्यसबेला र अहिलेको  स्थिति फरक रहेकाे बताउनुभयाे ।

एमाले सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले हानिकारक बाटो छाडी पार्टीको मूल प्रवाहमा आउन नेता माधवकुमार नेपाल पक्षलाई आग्रह गर्नुभयो । प्रमुख प्रतिपक्षी दललाई जसरी पनि विभाजन गर्नेगरी सरकारले अध्यादेश ल्याएकोप्रति टिप्पणी गर्नुहुँदै उहाँले भन्नुभयो, “यो अध्यादेशको दूरगामी असर नेपाली राजनीतिमा पर्नेछ । लोकतान्त्रिक व्यवस्थाको बर्खिलापमा छ ।” पार्टी परित्याग गरेका सांसदहरुको नाम अहिलेसम्म  टाँस नगर्नुभएको गलत भएको उहाँले बताउनुभयो । सरकारको गलत कामकाजको रचनात्मक विरोध गर्नु प्रमुख प्रतिपक्षी दलको कर्तव्य भएकाले त्यसको खवरदारी जारी रहने बताउनुभयो ।

एमालेका सचिव योगेश भट्टराईले नेपाली दल विभाजनले प्रतिक्रान्ति शक्तिहरु सल्बलाउन थालेको बताउनुभयो । पार्टी विभाजनले कसैलाई फाइदा नपुग्ने भन्दै एकताबद्ध हुन पार्टी पङ्क्तिलाई आग्रह गर्नुभयो ।

ताजा

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट

२०८२ जेष्ठ ३१ गते, शनिबार

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट

२०८२ जेष्ठ ३१ गते, शनिबार

वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम

२०८२ जेष्ठ ३० गते, शुक्रबार

वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला

२०८२ जेष्ठ २९ गते, बिहीबार

नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन

२०८२ जेष्ठ २९ गते, बिहीबार

‘एयर इन्डिया’को विमान दुर्घटना

२०८२ जेष्ठ २९ गते, बिहीबार

आजको मौसमः केही स्थानमा भारी वर्षा हुने

२०८२ जेष्ठ २९ गते, बिहीबार

विद्यार्थीलाई कपाल काट्ने तालिम

२०८२ जेष्ठ २९ गते, बिहीबार

चिसापानी–देउराली-बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै

२०८२ जेष्ठ २९ गते, बिहीबार

मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित

२०८२ जेष्ठ २८ गते, बुधबार

मुलुक पुरानो व्यवस्थामा नफर्कने

२०८२ जेष्ठ २८ गते, बुधबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal