गल्याङ नगरपालिकाको वार्षिक समिक्षा तथा चालु आर्थिक वर्षको कार्यक्रम सार्वजनिक

गल्याङ,९ भदौ– गल्याङ नगरपालिकाको वार्षिक समिक्षा कार्यक्रम मंगलबार सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा गत आर्थिक वर्षको नीति योजना कार्यान्वयनको समिक्षा एवं चालु आर्थिक वर्षको योजनाको बारेमा छलफल भएको हो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख भुपराज अधिकारीले नगरवासीलाई अधिकतम सेवा दिने काममा दत्तचित्त भएर लाग्न आग्रह गर्नुभएको छ ।
उहाँले नगरवासीका गुनासा नआउने गरी काम गर्न जनप्रतिनिधि एवं कर्मचारीलाई निर्देशन दिनुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो, ‘सकेसम्म छिटो र छरितो ढंगले नगरवासीको काम होस् भन्ने कुरामा सबैले जोड दिनुपर्छ ।’ कोरोना संक्रमणका कारण सोचेजति काम गर्न नसकिए पनि नगरपालिकामा धेरै कामहरु भएको नगरप्रमुख अधिकारीको भनाइ थियो ।

नगरप्रमुख अधिकारीले स्थानीय तहको बेरुजुलाई कम गर्न कर्मचारी नै बढि जिम्मेवार हुनुपर्ने बताउदै आगामी वर्ष बेरुजु कम गर्ने गरी लाग्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘कागजपत्र कहाँ के पुगेको छैन, त्यो हेर्ने र पुरा गर्ने काममा गम्भिर ढंगले लाग्न म आग्रह गर्दछु ।’ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले साधन स्रोतको कमी भए पनि अधिकतम सेवा दिनुपर्नेमा जोड दिनुभयो । शर्माले भन्नुभयो, ‘साधन स्रोतले परिपूर्ण कहीं पनि हुँदैन । भएको स्रोत साधनलाई प्रयोग गरी उच्चतम काम गर्नु नै ठूलो कुरा हो ।’ अन्तिम समयमा काम सम्पन्न गर्ने र भूक्तानी दिने प्रबृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिदै उहाँले आगामी मंसिर सम्ममा सबै योजनाको स्टमेट पुरा गरी सम्झौता सम्पन्न गर्नेगरी लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नगरपालिकाका ११ वटै वडा तथा शाखा प्रमुखहरुको तर्फबाट गत वर्षको प्रतिबेदन प्रस्तुत गरिएको छ । जस अनुसार गत आर्थिक वर्षमा लक्ष्य भन्दा एक सय ९ प्रतिशत बढि राजश्व संकलन भएको छ । राजश्व शाखाको तर्फबाट प्रतिबेदन पेश गर्दै शाखा प्रमुख प्रेम बहादुर आलेले आय प्रक्षेपण भन्दा एक सय ९ प्रतिशत बढि दुई करोड १९ लाख ९६ हजार दुई सय छ रुपैयाँ राजश्व संकलन भएको जानकारी दिनुभयो ।
उहाँले गत आर्थिक वर्षमा वडाहरुबाट ३८ लाख २७ हजार नौ सय ५२, नदिजन्य पदार्थको ठेक्का सम्झौताबाट ४२ लाख १६ हजार पाँच सय ९७ तथा नदिजन्य पदार्थमा कर्मचारी परिचालनबाट ४० लाख १० हजार एक सय ५० रुपैयाँ राजश्व संकलन भएको जानकारी दिनुभयो । यस्तै, पशु सेवा शाखाबाट प्रतिबेदन पेश गर्दै शाखा प्रमुख सुशिल अर्यालले पशुका लागि दिइएको विभिन्न अनुदान मध्ये दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानबाट ७८ लाख ९९ हजार नौ सय २० रुपैयाँ अनुदानबाट एक हजार एक सय ७९ परिवार कृषक प्रत्यक्ष लाभान्दित भएको बताउनुभयो । यस्तै, गाई भैंसीमा लागत साझेदारी कार्यक्रम अन्तर्गत ६२ लाख ६६ हजार अनुदानबाट दुई सय ९४ जना कृषक प्रत्यक्ष लाभान्दित भएको अर्यालले जानकारी दिनुभयो ।

यस्तै पशु सुरक्षण कार्यक्रम अन्तर्गत २० लाख रुपैयाँ अनुदानबाट एक हजार दुई सय पाँच जना कृषक प्रत्यक्ष लाभान्दित भएका छन् । यसैगरी चार प्रतिशत कृषि ऋण अनुदान अन्तर्गत १५ लाख अनुदान वितरण गर्दा दुई सय ८१ जना प्रत्यक्ष लाभान्दित भएका छन् । यस्तै, बंगुरपालन कार्यक्रम अन्तर्गत १५ लाख अनुदान वितरण गर्दा ६४ परिवार प्रत्यक्ष लाभान्दित भएका छन् भने ११ वटै वडामा गरिएको कुखुरापालन कार्यक्रमका लागि ५० प्रतिशतमा पाँच लाख अनुदान वितरण गर्दा एक हजार एक सय ९४ कृषक प्रत्यक्ष लाभान्दित भएका छन् । प्रतिबेदन प्रस्तुत गर्दै वडा सचिवहरुले कर्मचारीको अभाव, कर्मचारीलाई तालिमको व्यवस्थापन, कम्प्युटर प्रिन्टर सहितका उपकरणको आवश्यकता, इन्टरनेट लगायतका समस्या समाधानमा जोड दिन आग्रह गरेका छन् ।

यसैवीच, कार्यक्रममा चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम पनि सार्बजनिक गरिएको छ । कार्यक्रममा सबै वडागत योजनाका लागि बजेट विनियोजन गरिएको छ ।

ताजा

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal