काँग्रेस सदस्यता विवाद टुङ्गियो

नारद गौतम/शेषकान्त पण्डित

काठमाडौं,८ भदौ–  नेपाली काँगेसले लामो समयदेखि थाती रहेको क्रियाशील सदस्यताको विवादको अन्तिम टुङ्गो लगाएको छ ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा सोमबार बसेको शीर्ष नेताहरू सम्मिलित बैठकले सहमतिमै क्रियाशील सदस्यताको विवाद किनारा लगाएको हो ।

विवाद समाधान भएसँगै क्रियाशील छानबिनको अन्तिम किनारा लगाउन पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठित समितिले सोमबार राति १० बजेतिर सहमतिको प्रतिवेदन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुझाएको छ । समितिका तर्फबाट नेता सिटौलाले शीर्ष नेताद्वयलाई प्रतिवेदन बुझाउनुभएको हो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले क्रियाशील सदस्यता विवाद समाधान भएपछि पार्टी अब पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै महाधिवेशनमा जुट्ने जानकारी दिनुभयो । उहाँले क्रियाशील सदस्यताको सबै प्रिन्ट भइसकेकाले समस्या नहुने र थप भएको केही विवरण सचिवालयले मिलाउने बताउनुभयो ।

उहाँले मतदाता सामग्री हिमाली र दुर्गम पहाडी जिल्लामा हेलिकप्टरबाट ढुवानी गरिने तयारी रहेको बताउनुभयो । अब महाधिवेशन हुँदैन कि भन्ने अन्योल पनि समाप्त भएको छ ।
सिटौला संयोजक तथा केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको कार्यदल एक साताको अवधिमा धनुषा, सर्लाही, बारा, सप्तरी, रसुवा र सिन्धुपाल्चोक जिल्लाको थाती रहेको विवादमा सहमति जुटाउन सफल भएपछि क्रियाशील सदस्यताको विवादले निकास पाएको हो ।

गत फागुनदेखि सुरु भएको क्रियाशील सदस्यताको छानबिन कार्यले सोमबारबाट अन्तिम रूप लिएको छ । यसअघि केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित कार्यदलले साउन १२ गते क्रियाशील सदस्यताको प्रतिवेदन सभापति देउवालाई हस्तान्तरण गरेको थियो तर सो प्रतिवेदनले केही जिल्लाको विवाद समाधान गर्न बाँकी थियो ।
सभापति देउवालाई प्रतिवेदन बुझाउनुअघि कार्यदलका सदस्य र पार्टीका शीर्ष नेताहरूबीच बूढानीलकण्ठमा लामो छलफल भएको थियो । सभापति देउवा, वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिटौला, डा. रिजाल, लेखकलगायतका नेताहरूको बैठकले अन्तिम समयमा सहमति जुटाएको हो ।

वडा अधिवेशन निर्धारित समयमै
अन्य राजनीतिक दलबाट काँग्रेसमा प्रवेश गरेका व्यक्तिका लागि न्यूनतम मापदण्डका आधारमा क्रियाशील सदस्यता दिइने सहमति नेताहरूले गरेका छन् । क्रियाशील सदस्यताको विवाद मिलेसँगै अब पार्टीले यसअघि तय गरेको गाउँपालिका तथा नगरपालिकाको वडा अधिवेशन निर्धारित समयमै हुने भएको छ ।

महाधिवेशनको कार्यतालिका प्रभावित नहुने र नेताहरूबीच यसमा सहमति भएको जानकारी मुख्य सचिव पौडेलले दिनुभयो । अब सभापति शेरबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यताको अन्तिम सूची पार्टीको निर्वाचन समितिलाई बुझाएपछि समितिले महाधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढाउनेछ ।

एक दुई दिनमै अब यी काम पूरा हुने जानकारी नेताहरूले दिएका छन् । वडा अधिवेशन भदौ १८ गते गर्ने निधो काँग्रेसले गरेको छ । यसका साथै आगामी मङ्सिर ९ देखि १३ सम्म पार्टीको १४ औँ महाधिवेशन काठमाडौँमा गर्ने निर्णय काँग्रेसले यसअघि गरिसकेको छ।स्रोतः गोरखापत्र

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal