एक सय घरमा एक घर–एक धारा

तोलाकान्त बगाले

वालिङ,७ भदौ– ब्यवस्थित र शुद्ध खानेपानीको अभावमा लामो समयदेखि समस्यासँग जुध्दै आएका यहाँका नागरिकका घर–घरमा खानेपानीको धारा जडान गरिएको छ ।
स्याङ्जाको वालिङ नगरपालिका २ को राक्से, सिमलचौपारी र फुटेढुंगाका एक सय घरधुरीमा एक घर–एक धारा निर्माण गरिएसँगै खानेपानीको सहजता भएको हो ।

वालिङ नगरपालिकाको रु. ३२ लाख ५० हजार र स्थानीय उपभोक्ताबाट रु. ९ लाख ५० हजार गरी कूल रु. ४० लाखको लागतमा तीन वर्षमा खानेपानी योजना सम्पन्न भएको वडा अध्यक्ष पोतप्रसाद लम्सालले बताउनुभयो । “ठूलो बस्ती रहेको यहाँका नागरिकलाई खानेपानीको निक्कै समस्या थियो” वडा अध्यक्ष लम्सालले भन्नुभयो, “वडामा हामीहरु निर्वाचित भएसँगै खानेपानीलाई प्राथमिकतामा राखेर काम ग¥यौं र अहिले प्रत्येक घर–घरमा धारा जडान गरी २४ सै घण्टा शुद्ध खानेपानी उपलब्ध गराउन सफल भएका छौं ।”
झल्र्याङ्दी मुलबाट करीब डेढ किलोमिटर टाढाबाट पानी ल्याई केराबारी गैह«ामा ७० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरी त्यहीँमार्फत घर–घरमा पानी वितरण गरिएको वडा अध्यक्ष लम्सालले बताउनुभयो ।

स–साना मुलबाट टुक्राटुक्री पाईपहरु जोडेर केही घरले पानी खाने गरेपनि उक्त पानी शुद्ध नभएको र अधिकांशले टाढाबाट बोकेर पानी खानुपर्ने बाध्यता रहेको राक्से, सिमलचौपारी, फुटेढुंगा खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष बोधराज रेग्मीले बताउनुभयो ।
“योजना सम्पन्न हुनुपूर्व यस ठाउँमा खानेपानीको निक्कै समस्या थियो, स्रोतहरु कम थिए” समितिका अध्यक्ष रेग्मीले भन्नुभयो, “ठूलो मुलबाट ठूलो मात्रामा पानी ल्याएपछि अहिले खानेपानीका लागि दैनिक खर्चनुपर्ने समयको वचत हुनुकासाथै पहराभित्रबाट आएको पानी शुद्ध र प्रर्याप्त भएको छ ।”

स्थानीयले प्रतिघर रु. पाँच हजारका दरले रकम संकलन गरी मुल रहेको १२ आना जग्गा खरिद गरेका छन् । खानेपानी वितरण तथा मर्मतका लागि प्रति घरपरिवार मासिकरुपमाप रु. ६० संकलन गरिएको छ । जसले खानीपानी खोल्ने र बन्द गर्ने कर्मचारीलाई पारिश्रमिक र मर्मत सम्भारकालागि खर्च गर्ने गरिएको समितिका अध्यक्ष रेग्मीले बताउनुभयो ।

खानेपानीको जोहोका लागि कुवा, खोल्सा खोल्सीमा गाग्री लिएर हिड्नुपर्ने अवस्थाको अन्त्य भएसँगै यहाँका स्थानीयहरु घर–घरमै धारा जडान भई खानेपानीको सहज पहुँच पुगेपछि हर्षित छन् ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal