एक सय घरमा एक घर–एक धारा

तोलाकान्त बगाले

वालिङ,७ भदौ– ब्यवस्थित र शुद्ध खानेपानीको अभावमा लामो समयदेखि समस्यासँग जुध्दै आएका यहाँका नागरिकका घर–घरमा खानेपानीको धारा जडान गरिएको छ ।
स्याङ्जाको वालिङ नगरपालिका २ को राक्से, सिमलचौपारी र फुटेढुंगाका एक सय घरधुरीमा एक घर–एक धारा निर्माण गरिएसँगै खानेपानीको सहजता भएको हो ।

वालिङ नगरपालिकाको रु. ३२ लाख ५० हजार र स्थानीय उपभोक्ताबाट रु. ९ लाख ५० हजार गरी कूल रु. ४० लाखको लागतमा तीन वर्षमा खानेपानी योजना सम्पन्न भएको वडा अध्यक्ष पोतप्रसाद लम्सालले बताउनुभयो । “ठूलो बस्ती रहेको यहाँका नागरिकलाई खानेपानीको निक्कै समस्या थियो” वडा अध्यक्ष लम्सालले भन्नुभयो, “वडामा हामीहरु निर्वाचित भएसँगै खानेपानीलाई प्राथमिकतामा राखेर काम ग¥यौं र अहिले प्रत्येक घर–घरमा धारा जडान गरी २४ सै घण्टा शुद्ध खानेपानी उपलब्ध गराउन सफल भएका छौं ।”
झल्र्याङ्दी मुलबाट करीब डेढ किलोमिटर टाढाबाट पानी ल्याई केराबारी गैह«ामा ७० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरी त्यहीँमार्फत घर–घरमा पानी वितरण गरिएको वडा अध्यक्ष लम्सालले बताउनुभयो ।

स–साना मुलबाट टुक्राटुक्री पाईपहरु जोडेर केही घरले पानी खाने गरेपनि उक्त पानी शुद्ध नभएको र अधिकांशले टाढाबाट बोकेर पानी खानुपर्ने बाध्यता रहेको राक्से, सिमलचौपारी, फुटेढुंगा खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष बोधराज रेग्मीले बताउनुभयो ।
“योजना सम्पन्न हुनुपूर्व यस ठाउँमा खानेपानीको निक्कै समस्या थियो, स्रोतहरु कम थिए” समितिका अध्यक्ष रेग्मीले भन्नुभयो, “ठूलो मुलबाट ठूलो मात्रामा पानी ल्याएपछि अहिले खानेपानीका लागि दैनिक खर्चनुपर्ने समयको वचत हुनुकासाथै पहराभित्रबाट आएको पानी शुद्ध र प्रर्याप्त भएको छ ।”

स्थानीयले प्रतिघर रु. पाँच हजारका दरले रकम संकलन गरी मुल रहेको १२ आना जग्गा खरिद गरेका छन् । खानेपानी वितरण तथा मर्मतका लागि प्रति घरपरिवार मासिकरुपमाप रु. ६० संकलन गरिएको छ । जसले खानीपानी खोल्ने र बन्द गर्ने कर्मचारीलाई पारिश्रमिक र मर्मत सम्भारकालागि खर्च गर्ने गरिएको समितिका अध्यक्ष रेग्मीले बताउनुभयो ।

खानेपानीको जोहोका लागि कुवा, खोल्सा खोल्सीमा गाग्री लिएर हिड्नुपर्ने अवस्थाको अन्त्य भएसँगै यहाँका स्थानीयहरु घर–घरमै धारा जडान भई खानेपानीको सहज पहुँच पुगेपछि हर्षित छन् ।

ताजा

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal