मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचन


काठमाडौं,७ भदौ– साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को आइतबार राजधानीमा सार्वजनिकीकरण भएको छ ।
उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार मालिका केशरीले संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।

कार्यक्रममा मानवअधिकारवादी पाठकले उपन्यासले शरणार्थीको मानवअधिकार, न्याय र आत्मसम्मानका कुरा उठाएकोे बताउनुभयो । उहाँले भन्नुभयो, ‘उपन्यास पढ्दा पाठकलाई हरेक घटनामा आफू पनि सँगै रहेको भान हुन्छ । आप्रवासन या शरणार्थी हुनु रहर नभएर बाध्यता भएको कुरा उपन्यासले राम्ररी स्थापित गरेको छ । मानवअधिकारका दृष्टिले ‘दुङाल’ पाठकलाई रोचक र घोचक कोसेली हो ।’ यसले तिब्बती समुदायको समस्यामात्र नउठाएर उनीहरुको न्याय र आत्मसम्मानको वातावरण बनाउनका लागि कर्तव्यबोध गराएको उहाँले औंल्याउनुभयो ।

पूर्व स्वास्थ्य सचिव डा. शर्माले पुरुष लेखक भएर पनि महिलाका भावनाको गहिराइ छोएर शरणार्थीको कथा भन्न सक्नु उपन्यासको सफलता भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘शरणार्थी केटी कार्चुङको कथा उनकै आँखाबाट भनिएको छ । लेखक संवेदनशील हुने हो भने महिला पात्रले न्याय पाउने रहेछन् । अरु लेखक पनि मालिका केशरीजस्तो हुने हो भने मानवअधिकारमा पनि सुधार हुने रहेछ । यो उपन्यास समाजका यथार्थलाई चित्रण गर्न सफल छ । यो मननीय, संग्रहणीय र पठनीय छ ।’ तिब्बती शरणार्थीको परिवेशको उपन्यास भए पनि यसले विश्वभरि नै विस्थापन र शरणार्थीको पीडा भोगेका मानिसको पक्षमा बोलेको उहाँको भनाइ थियो ।

यस्तै इतिहासकार डा. ढुंगेलले ‘दुङाल’ले लगभग हराउन थालेको र बिर्सन लागेको शरणार्थी समस्यालाई साहित्यमार्फत उजागर गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘साँच्चै भन्ने हो भने पछिल्लो समय शरणार्थी समस्या बिर्सन लागिसकेका थियौं । उनीहरुका दुःख, पीर, वेदना र उकुसमुकुसलाई दुङालले अभिव्यक्त गरेको छ । आँखैले देखेजस्तो छ हरेक घटना । एक बसाइमा पढिसकिन्छ । अन्तिम अध्यायमा नपुगेसम्म पाठकलाई तानिरहन्छ ।’ उपन्यासले दुई भिन्न संस्कृतिबीचको अन्तरद्वन्द्व देखाउँदै आधुनिकता र परम्पराको समन्वयको खाँचो औंल्याएको बताउनुभयो ।

कार्यक्रममा आख्यानकार मालिका केशरीले आफ्नो बाल्यकालदेखिको शरणार्थी शिविरसँगको सामीप्यताका कारण ‘दुङाल’ जन्मेको बताउनुभयो । ‘देशमा बस्न नसकेपछि जीवन खोज्दै यहाँ आइपुगेका शरणार्थीप्रति हामीले गरेको व्यवहार सही छन् त भन्ने प्रश्नले घचघचाएपछि उपन्यास नलेखी बस्न सकिनँ’– उहाँले भन्नुभयो ।

मालिका केशरीका यसअघि बौद्ध दर्शनमा आधारित उपन्यास ‘पुनरुत्थान’ र ‘सुवर्णलता’ प्रकाशित छन् । सांग्रिला बुक्सले प्रकाशन गरेको ‘दुङाल’ उहाँको तेस्रो उपन्यास हो । उहाँ बौद्ध दर्शनका अध्येता हुनुहुन्छ ।

ताजा

वालिङमा ओमकार इभेन्ट हब एक्स्पाे हुने

२०८२ फाल्गुन २७ गते, बुधबार

वालिङमा ओमकार इभेन्ट हब एक्स्पाे हुने

२०८२ फाल्गुन २७ गते, बुधबार

स्याङ्जा २  बाट रास्वपाका झविलाल डुम्रे विजयी

२०८२ फाल्गुन २४ गते, आईतवार

स्याङ्जा १ मा रास्वपाका डा.धनञ्जय रेग्मी विजयी

२०८२ फाल्गुन २३ गते, शनिबार

स्याङ्जा १ मा रास्वपाका रेग्मीअगाडी

२०८२ फाल्गुन २२ गते, शुक्रबार

स्याङ्जा २ को मतगणना कालीगण्डकीबाट सुरु

२०८२ फाल्गुन २२ गते, शुक्रबार

आज फागुन २१ मतदान गर्ने दिन, सात बजे देख मतदान सुरु

२०८२ फाल्गुन २१ गते, बिहीबार

राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध

२०८२ फाल्गुन १८ गते, सोमबार

कैदीबन्दीलाई कारागारमै मतदान गर्ने ब्यवस्था, स्याङ्जामा १७ कैदीबन्दीले मतदान गर्ने

२०८२ फाल्गुन १८ गते, सोमबार

कोरला नाका तीन दिन बन्द हुने

२०८२ फाल्गुन १८ गते, सोमबार

अन्तर्राष्ट्रिय उडान अनिश्चित

२०८२ फाल्गुन १८ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal