उत्पादन मूलक कार्यमा लाग्न पूर्व मन्त्री अर्यालको आग्रह



स्याङ्जा,७ भदौ– पूर्व मन्त्री पद्मा कुमारी अर्यालले उत्पादन मूलक कार्यमा लाग्न आग्रह गर्नुभएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको २० लाख सहयोगमा कानुङ आँधीखोला बचत तथा ऋण सहकारी संस्था वालिङले आयोजना गरेको ढाकाको साडी तथा अन्य ढाका कपडा बुनाइ सम्बन्धी तीन महिने तालिमको समापन समारोहमा बोल्दै पूर्व मन्त्री अर्यालले हरेक व्यवसाय उत्पादनमूलक हुनुपर्ने बताउनुभयो ।

उत्पादन मूलक व्यावसायले मात्रै जनताको जीवन स्तरमा परिवर्तन ल्याउने पूर्व मन्त्री अर्यालको भनाइ थियो । न्यून आयस्तर भएका नागरिकहरुलाई सीपमूलक तालिमको माध्यमबाट उत्पादन मूलक व्यावसायमा रुपान्तरण गर्न सकिने उहाँले बताउनुभयो ।
सहकारीले यस अघि पनि ढाकाको खादा तथा पछेउरा बुन्ने र अचार बनाउने तालिम समेत सञ्चालन गरेको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद मोहन रेग्मी, एमालेका नेता हुमबहादुर गुरुङ, एमालेका नगर कमिटि अध्यक्ष राजेन्द्र डुम्रे, जिल्ला समन्वय समिति उपप्रमुख दिलिपकुमार बगाले, खगिसरा थापा, सोमुमाया राना, कृष्ण रानालगायतले बोल्नुभएको थियो संस्थाका अध्यक्ष उमेश दर्लामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत रुपा थापा र सञ्चालन सचिव तेजबहादुर आलेले गर्नुभएको थियो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal