पुल्चोकमा राजकीय अतिथि गृह बन्ने

भउचप्रसाद यादव

काठमाडौँ,४ भदौ – नेपाल भ्रमण गर्नुहुने विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायतका विशिष्ट अतिथिलाई बस्नका लागि सुविधासम्पन्न राजकीय अतिथि गृह (स्टेट गेस्ट हाउस) निर्माण प्रक्रिया अगाडि बढेको छ ।

ललितपुरको पुल्चोकस्थित अहिलेको मन्त्री निवास परिसरमा राजकीय अतिथि गृह बनाउने प्रक्रिया अगाडि बढेको हो । करिब डेढ अर्ब रुपियाँको लागतमा यो अतिथि गृह निर्माण गर्न लागिएको हो । सो अतिथि गृह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा विस्तृत ‘डिजाइन’ तथा ‘ड्रोइङ’को कामसमेत सम्पन्न भइसकेको जानकारी सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका निर्देशक दिलीपशेखर श्रेष्ठले दिनुभयो ।

श्रेष्ठले भन्नुभयो, “विभिन्न मुलुकका राष्ट्राध्यक्ष, सरकार प्रमुख र विशिष्ट व्यक्तिहरूद्वारा समयसमयमा हुने नेपाल भ्रमणको क्रममा उहाँहरूलाई कुनै होटलमा नराखी राज्यकै स्वामित्वमा रहेको अतिथि गृहमा बसोबासको व्यवस्था गर्ने गरी राजकीय अतिथि गृह निर्माण प्रक्रिया सुरु गरिएको हो ।”

उहाँले अगाडि भन्नुभयो, “विदेशबाट यहाँ आउने पाहुनालाई राख्ने अहिले राज्यको कुनै उच्च सुविधासम्पन्न अतिथि सदन छैन । मात्र होटलमा राख्नुपर्ने अवस्था छ । त्यसैले सुविधायुक्त अत्याधुनिक राजकीय अतिथि गृह निर्माण गर्न लागिएको हो । यो अतिथि गृह अहिलेसम्मकै सबभन्दा अत्याधुनिक हुने छ ।”

सो अतिथि गृह निर्माणका लागि मन्त्रिपरिषद्बाट समेत स्वीकृति प्राप्त भइसकेको उहाँले जानकारी दिनुभयो । सो अतिथि गृहको ‘डिजाइन’ तथा ‘ड्रोइङ’ को काम ओट्रे प्रालि भन्ने परामर्शदाता कम्पनीले गरेको हो ।पुल्चोकस्थित मन्त्री निवासको कुल क्षेत्रफल ७१.५ रोपनी छ । यसमध्ये करिब १४ रोपनी क्षेत्रफलमा भवनहरू निर्माण गरिने छ भने बाँकी ठाउँ खुला नै रहने निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

हालको मन्त्री निवास रहेको स्थानमा राजकीय अतिथि गृहका छुट्टाछुट्टै दुई तले आठवटा भवन र एउटा सामुदायिक सभाहल निर्माण गरिने छ । ६० देखि ८० जना क्षमताको एउटा सम्मेलन कक्ष र १० देखि १४ जना क्षमताको चारवटा बैठक कक्ष निर्माण गरिने छ ।

एक तले हुने सामुदायिक भवन करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको हुन्छ । विदेशबाट विशिष्ट पाहुनाहरू नेपाल आएको बेला मात्र यो अतिथि सदन खुला गरिने छ ।
निर्देशक श्रेष्ठका अनुसार अतिथि गृहका एउटा भवन नै नौ हजार वर्गफिटको क्षेत्रफलमा निर्माण हुनेछ । परम्परागत र आधुनिकताको मिश्रण यस अतिथि गृहको निर्माण नेपालको परम्परागत शैली र आधुनिकताको मिश्रणका रूपमा गरिने छ । कार्यालयका सिनियर

डिभिजनल इन्जिनियर प्रमोदकृष्ण कर्माचार्यले नेपालमा अहिलेसम्म निर्माण भएका मुख्य होटलहरूको अध्ययन गरी डिजाइन तयार गरिएको जानकारी दिनुभयो ।

ताजा

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal