कृषिको आधुनिकिकरण विना विकास असम्भव पूर्व मन्त्री
वालिङ,४ भदौ– पूर्व कृषि मन्त्री पद्माकुमारी अर्यालले कृषिको आधुनिकिकरण विना विकास सम्भव नरहेको बताउनुभएको छ ।
पूर्व मन्त्री अर्यालले वालिङ ९ मा रहेको साना किसान कृषि सहकारी द्वारा आयोजित कृषि सामग्री वितरण कार्यक्रमको बोल्दै सो कुरा बताउनुभएको हो । उहाँ कृृषि प्रणालीमा आधुनिकिकरण र यान्त्रीकीकरणको उपयोगले मात्रै समृद्धि सम्भव रहेको बताउनुभयो ।
कृषिका माध्यामबाट लाखौ जनतालाई रोजगारी दिन सकिने बताउदै अर्यालले भन्नुभयो, “अब हामीले परमपरागत कृषि प्रणालीमा सुधार गरेर एकीकृत रुपमा काम गर्नुपर्छ । यसो गर्दा आफुले गरेको श्रमको उचित प्रतिफल पाउनुका साथै अरुलाई समेत रोगजागरी दिन सकिन्छ अव हामी सबैको ध्यान यतातिर केन्द्रित हुनुपर्छ ।”
पुर्व मन्त्री अर्यालले ओली सरकारले गरिव तथा विपन्न वर्ग लक्षित कार्यक्रमहरु ल्याएपनि अहिलेको सरकारले ती कार्यक्रम लाग् नगर्न परिपत्र गरेकोमा आपत्ति जनाउनुभएको छ । उहाँले भन्नुभयो, “ओली सरकारले गरिव विपन्न वर्गका लागि बजेट विनियोजन गरेर काम समेत थालनी गरिसेकेको थियो तर अहिलेको वर्तमान सरकारले ती कार्यक्रम लागु नगर्न परिपत्र गरेको छ । त्यसमा हाम्रो आपत्ति छ ।”
सामाजिक सुरक्षा, अपाङ्गमैत्री कार्यक्रम, गरिव तथा विपन्न परिवार उत्थान कार्यक्रम देउवा सरकारले लागु हुन नदिएको उल्लेख गर्दै ती कार्यक्रमहरु लागु गर्न प्रतिपक्षको तर्फबाट कडा खबरदारी गर्ने पूर्व मन्त्री अर्यालले बताउनुभयो । उहाँले आफू कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा रहँदा किसानमुखी कार्यक्रमहरु ल्याएको बताउँदै साना किसानले वितरण गरेको कृषि सामाग्रीहरुको सहि सदुपयोग गर्दै उत्पादनमुखी कार्यक्रममा लाग्न किसानहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद मोहन रेग्मीले सहकारीले उत्पादनका क्षेत्रमा लगानी गर्नु सकरात्मक पक्ष रहेको भन्दै कृषि उपकरणको उपयोगबाट व्यवसायलाई थप विस्तार गर्न किसानहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख दिलिपकुमार बगाले, जिल्ला सहकारी संघका पूर्व अध्यक्ष पुण्यप्रसाद अर्याल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभकान्त पौडेल, एमाले गण्डकी प्रदेश सदस्य हुमबहादुर गुरुङ, वडा नं. १० का अध्यक्ष अनन्तराज गैह्रे, १३ का अध्यक्ष आनन्द पाठक, कृषक नुमकान्त गैह्रेलगायतले बोल्नुभएको थियो ।
सहकारीले ६ वटा हाते ट्याक्टर, ६ वटा सानो मिल, १२५ वटा प्लाष्टिकका टनेल, विषादी स्प्रेयर, भैँसी, बाख्रा, कुखुरा, मासु पसलहरुका लागि गरी २५ जनालाई ३ लाख ३५ हजार प्रोत्साहन रकम, लोकल कुखुराका चल्ला, विभिन्न प्रजातिका फलफुलका विरुवा वितरण गरिएको सहकारीकी अध्यक्ष सीता पाण्डेले जानकारी दिनुभयो । संस्थाकी अध्यक्ष पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सुष्मा गैह्रे, सञ्चालन सचिव राधा कुमारी बस्याल सापकोटा र धन्यवाद तथा कार्यक्रमका बारेमा संस्थाका सल्लाहकार संयोजक राजेन्द्र डुम्रेले प्रकाश पार्नुभएको थियो ।
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार






























