महिलाले कृषि फार्म सञ्चालन गरेर मनग्य आम्दानी

पर्वत, ४ भदौ– पर्वतका दुई महिलाले गाउँमा नमूना कृषक बनेर उदाहरण प्रस्तुत गर्नुभएको छ । जलजला गाउँपालिका– ९ बनौका यामकुमारी गर्बुजा र मनकुमारी पुर्जाले गाउँमै संयुक्त लगानी गरी एकीकृत फार्म सञ्चालनमा ल्याउनुभएको छ ।

उहाँहरुका श्रीमान् अहिले खाडी मुलुकमा हुनुहुन्छ । उहाँहरुले गत असोज महिनादेखि गाउँमै रहेको खाली जग्गामा ‘बनौँ कृषि तथा पशुपक्षी फार्म’ सञ्चालनमा ल्याउनुभएको थियो । अहिले फर्मबाट प्रशस्त आम्दानी समेत हुन थालेको जनाइएको छ ।

रु २५ लाखका लागतमा सञ्चालनमा ल्याइएको सो फर्ममा कुखुरा , बङ्गुरपालन फार्म र तरकारी खेती हुँदै आएको छ । फार्मको क्षमता बढाएर श्रीमान्लाई स्वदेश फर्काउने उहाँहरुको योजना छ । अहिले फार्ममा एक हजार कुखुरा, झन्डै एक दर्जन बङ्गुर छन् भने तीन टनेलमा मौसमी तथा बेमौसमी तरकारी लगाइएको छ । बनौमा विशेषगरी बेमौसमी तरकारी उत्पादन हुने गर्दछ । टमाटर, काउली, बन्दा, खुर्सानी, काँक्रो, घिरौँला, लौकालगायतका तरकारी उत्पादन गरेर बिक्री गर्दै आएका छन् । मगर समुदायको बाहुल्यता रहेको सो गाउँमा यस्ता खालका अन्य फार्म छैनन् ।

एक मात्र फार्म भएकाले पनि यहाँ उत्पादन भएका अधिकांश उपज गाउँमै खपत हुने गरेको सञ्चालक यामकुमारीले जानकारी दिनुभयो । उहाँका अनुसार गत असोजदेखि शुरुआत गरिएको फार्मबाट अहिले आम्दानी हुन थालिसकेको छ । दैनिक २४ क्यारेट अण्डा उत्पादन हुन्छन् भने तरकारीबाटसमेत मासिकरुपमा सोचेअनुरुप आम्दानी हुने गरेको छ ।

श्रीमान् लामो समयदेखि कतारको चर्को घाममा पसिना बगाए पनि सोचेजस्तो आम्दानी हुन नसकेपछि आफूहरुले गाउँमै ऋणधन गरेर कृषि फार्म सञ्चालन गरेको अर्की सञ्चालिका मनकुमारीले बताउनुभयो ।

उहाँहरु दुवैजना फार्ममै बस्नुहुन्छ । बिहान सबेरै उठ्ने एक जनाले कुखुरालाई दाना दिने, अण्डा संगाल्ने, अर्कीले बङ्गुरलाई दानापानी र तरकारीबारीमा गएर गोडमेल गर्ने, उत्पादित तरकारी टिपेर बिक्री गर्ने दैनिकी बनेको छ । उनीहरुले फार्ममै कुटानीपिसानी मेशिनसमेत राखेका छन् । अन्नबाली कुटानीपिसानी गर्न आउनेले उत्पादित अण्डा र तरकारी किनेर लैजाने गरेको मनकुमारीले जानकारीदिनुभयो ।

“उत्पादन गर्नसक्यो भने बजारको समस्या छैन”, उहाँले भन्नुभयो, “माग पु¥याउन धौधौ भएको छ ।” उहाँले यस वर्ष झण्डै रु पाँच लाख आम्दानी हुने अनुमान गरिएको बताउनुभयो । ठूलो धनराशि लगानी गरेर फार्म शुरुआत गरे पनि अहिलेसम्म कतैबाट सहयोग नपाएको उनीहरुको गुनासो छ । दर्ता गरेर कानूनीरुपमा सञ्चालन गरिएको भए पनि गाउँपालिका, कृषि ज्ञान केन्द्र, प्रदेश कतैबाट पनि सहयोग नपाएको यामकुमारीले बताउनुभयो ।

वडाध्यक्ष गौबहादुर पुर्जाले उनीहरुको कृषि फार्ममा अनुदानका लागि गाउँपालिकामा पहल भइरहेको जानकारीदिनुभयो । खोर निर्माण, प्लाष्टिक टनेल निर्माण र उत्पादनमा अनुदानका लागि पहल भइरहेको उहाँको भनाइ छ ।

सामान्य घरायसी काममा दिन बिताउँदै आएका उहाँहरु फार्मबाट प्रशस्त आम्दानी हुन थालेपछि फुरुङ्ग बनेका छन् । गर्न सके जागिर खानु पर्दोरहेनछ, यसैबाट पनि प्रशस्त आम्दानी गर्न सकिँदो रहेछ भन्ने लागेको छ उनीहरुले भन्छन् । उनीहरुले श्रीमान्लाई गाउँ फर्किन आग्रह गरिसकेको बताएका छन् । श्रीमान् फर्केपछि व्यवसायको आकार बढाएर फ्रेस हाउससमेत सञ्चालन गर्ने योजना रहेको छ ।

उहाँहरुले भन्नुभयो “स्वदेशमा नै केही गर्न सकिन्छ ।” फार्ममा गरेको लगानी उठेपछि भएको फाइदाले छोराछोरीलाई गुणस्तरीय विद्यालयमा पढाउने र रकम बचत गर्ने उनीहरुको योजना छ । फार्म जिल्लाकै नमूना रहेको वडाध्यक्ष पुर्जाले बताउनुभयो ।रासस

ताजा

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal