पार्टीको नाम नेकपा ‘एकीकृत समाजवादी’ राख्न माधव नेपाल पक्षको निवेदन
काठमाडौं,४ भदौ– नेकपा एमालेबाट छुट्टिएर नयाँ पार्टी गठन गरेको माधव नेपाल पक्षले पार्टीको नाम नेकपा ‘एकीकृत समाजवादी’ राख्न निर्वाचन आयोगमा निवेदन दिएको छ ।
यस अघि नेपाल पक्षले नयाँ पार्टीको नाम नेकपा एपाले(समाजवादी) राखेर आयोगमा निवेदन दिएको थियो । आयोगले एमाले पहिलेनै निर्वाचन आयोगमा दर्ता भइसकेकोले नाम फेरेर ल्याउन भनेपछि वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ नाम राखेर आयोगमा निवेदन दिएको हो ।
निर्वाचन आयोगमा आज निवेदन दर्ता भएको आयोगका प्रवक्ता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी राखेर निवेदन दर्ता भएको हो ।
गत फागुन २३ गतेको सर्वोच्चको फैसलाले तत्कालीन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० व्यूँताएपछि सोही नाममा अर्को दल दर्ता हुन नसक्ने निर्वाचन आयोगले जनाएको छ ।
एमालेबाट अलग हुनुभएका नेता माधवकुमार नेपाल पक्षले भदौ २ गते बुधबार अलग दल दर्ताको आवेदन आयोगमा दिएको थियो । आयोगले विहीबार मात्र दल दर्तासम्बन्धी नियमावली संशाधन गरेको थियो । नियमावली र ऐन अनुसार नाम, झण्डा र चुनाव चिन्ह दोहोरिएर राख्न नमिल्ने व्यवस्था भएकाले एउटै नाममा दल दर्ता गर्न नमिल्नेगरी आयोगले निर्णय लिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार





















