पुराना सुन्तला बगैँचामा साढे दुई हजार नयाँ बिरुवा थपिए

हरि बाँस्तोल

गण्डकी,४ भदौ – पोखरा महानगरपालिका कृषि महाशाखाद्वारा सञ्चालित मेयर प्रविधिमैत्री सुन्ताला बगैँचा व्यवस्थापन अभियानले यस वर्ष पुराना बगैँचामा दुई हजार ६२१ नयाँ बिरुवा थपेको छ ।

वडा नं २१ र २२ लाई पकेट क्षेत्र घोषण गरी सुरु गरिएको सो कार्यक्रमअन्तर्गत सुन्तलाका बोट सङ्ख्याका आधारमा किसानले पाउने अनुदानबाट कट्टा गरिएको रकमबाट उक्त बिरुवा थपिएका हुन् ।

रु पाँच हजार अनुदान प्राप्त गर्ने कृषकबाट ४०० र त्यो भन्दा माथिको हकमा रु ८०० कट्टा गरी उक्त रकमबाट सुन्तलाका नयाँ बिरुवा रोप्न कृषकलाई प्रेरित गर्दै आएको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो । कृषकले आफ्नै पहलमा रोपिएका बिरुवाको सङ्ख्या पनि ठूलो छ ।

उहाँका अनुसार सिट्रस ग्रिनिङलगायतका भाइरसका कारण लोप हुने अवस्थामा पुगेको सुन्तला खेतीप्रति किसानको उत्साह बढाउँदै उत्पादनमा वृद्धि ल्याउने लक्ष्यका साथ महानगरपालिकाद्वारा सञ्चालित मेयर प्रविधिमैत्री सुन्तला बगैँचा व्यवस्थापन अभियान प्रभावकारी हुने विश्वास लिइएको छ ।

किसानलाई प्रोत्साहन गर्दै सुन्तला क्षेत्रको विस्तार गर्ने लक्ष्यका साथ तीन वर्षयता सञ्चालनमा आएको अभियानअन्तर्गत रु ४५ लाख अनुदान वितरण गरिएको छ भने आव २०७८÷७९ का लागि रु २० लाख बजेट विनियोजन गरिएको उहाँको भनाइ छ ।

कार्यक्रमअन्तर्गत गत आवमा किसानलाई फल दिने बोटका हिसाबमा रु १५ लाख बराबरको अनुदान रकम वितरण गरिएको थियो । त्यसबाट सुन्तला बगैँचाको राम्रो व्यवस्थापन हुनाका साथै उत्पादनमा समेत वृद्धि आएको किसानको सामूहिक धारणा छ ।

घोषित पकेट क्षेत्रअन्तर्गतका २०४ बगैँचाका २० हजार ४९७ बिरुवाले उत्पादन दिइरहेका छन् । विशेषगरी सुन्तला बगैँचाको राम्रो व्यवस्थापन गर्ने हो भने रोगको आक्रमणबाट जोगाउँदै लामो समयसम्म आम्दानी लिन सकिने कृषि अधिकृत दामोदर पोखरेल बताउनुहुन्छ । प्राविधिकसहितको टोलीले प्रत्येक कृषकको सुन्तला बगैँचामा पुगेर गरिएको अनुगमनका आधारमा अनुदान उपलब्ध गराइएको कृषि प्राविधिक सुरोज चितुवालले जानकारी दिनुभयो ।

रोगले बिरुवा मर्न लागेपछि बगैँचा सुधारका लागि महानगरपालिकाले सञ्चालन गरेको कार्यक्रमअन्तर्गत चालु आवका लागि २० हजार सुन्तलालगायत कागती र जुनारका नयाँ बिरुवासमेत रोपिएको उहाँको भनाइ छ ।

महाशाखाले तीन वर्षको अवधिमा सो क्षेत्रमा रु ४५ लाख अनुदान वितरण गरेको थियो । उहाँले भन्नुभयो, “मलखाद प्रयोग गरेका पाँच वर्षमाथिका बिरुवाको प्रतिबिरुवा रु ३०, बोडोपेस्ट लगाएका बिरुवाको रु ३०, बोडो मिक्स्चर स्प्रे गरेका बिरुवालाई रु २० र छाप्रो प्रयोग गरेका बिरुवालाई रु २० का दरले प्रोत्साहनस्वरुप अनुदान रकम उपलब्ध गराइँदै आएको छ ।

सुन्तलाका बिरुवा बाहिर जिल्लाबाट ल्याउँदा रोगको प्रकोप बढ्ने खतरालाई मध्यनजर गर्दै महाशाखाले वडा नं २१ स्थित खाल्से, वडा नं २२ स्थित लीलाधर पौडेलको नर्सरी, घाँटीछिना र लेखनाथमा सुन्तलाको नर्सरी स्थापना गरी उत्पादित सुन्तलाका बिरुवा कृषकलाई उपलब्ध गराइँदै आएको महाशाखाका कृषि अधिकृत दामोदर पोखरेलले बताउनुभयो ।

विभिन्न नर्सरीमा यस आवमा १२ हजारभन्दा बढी सुन्तलाका बिरुवा उत्पादन गरिएको बताउँदै उहाँले यहाँको उत्पादनले अपुग भएपछि यस वर्ष पनि नौ हजार बिरुवा बाहिर जिल्लाबाट आयात गरी कृषकलाई वितरण गरिएको जानकारी दिनुभयो । कार्यक्रमले पकेट क्षेत्रका पुराना सुन्ताला बगैँचाको व्यवस्थापनलाई तीव्रता दिँदै स्थानीय विभिन्न सङ्घसंस्थाको सक्रियतामा सामुदायिक वन, विद्यालयलगायतका खाली रहेका सार्वजनिक जग्गामा समेत नयाँ सुन्तलाका बिरुवा रोप्ने अभियान सञ्चालन गरेको छ ।

महााशाखाले पकेट क्षेत्रभन्दा बाहिर अन्य स्थानमा समेत सुन्तलालगायत कागती, लिची, निबुवा, जुनार, केरा, मेवा, एभोकाडोलगायत विभिन्न जातका करिब ५० हजार बिरुवा वितरण गरेको छ ।रासस

ताजा

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal