पुतलीबजारमा कर्मचारीलाई तालिम
स्याङ्जा,४ भदौ– पुतलीबजार नगरपालिकाले कर्मचारीहरुलाई क्षमता तालिम सञ्चालन गरेको छ । तालिममा नगर भित्र रहेका १४ वटै वडाका सचिवहरु, सहायक सचिवहरु र पालिकामा रहेका सहायक स्तरका कर्मचारीहरुको सहभागिता रहेको छ । कर्मचारीको क्षमता विकास गर्ने उद्देश्यले नगरपालिकाले ७ दिने सञ्चालन गरेको हो ।
तालिमको उद्घाटन गर्दै पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीले कर्मचारी सक्षम भए मात्रै नगरपालिकाको काम राम्रो संग सञ्चालन हुने र काम राम्रो भएपछि नगरपालिका र कर्मचारी प्रति सबैको सम्मान बढ्ने भएकोले कर्मचारीहरु आआफ्नो क्षेत्रमा सक्षम हुनुपर्ने बताउनुभयो ।
नगरपालिकाका काम लाई थप प्रभावकारी बनाउन तालिमको आयोजना गरिएको बताउदै नगरप्रमुख क्षेत्रीले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न समेत आग्रह गर्नुभयो । अहिलेको समय भनेको प्रविधीको भएकोले प्रविधीका बारेमा सबै कर्मचारीहरु जानकार रहनुपर्ने नगरप्रमुख क्षेत्रीको भनाइ थियो ।
तालिमको उद्घान समारोहमा नगर उपप्रमुख महेश पुरी, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, शिक्षा शाखा प्रमुख बाबुराम बराल लगायतले आआफ्नो भनाइ राख्नुभएको थियो । ७ दिन सम्म सञ्चालन हुने तालिममा कम्प्युटर, सूचना प्रविधी, व्यक्तीगत घटनाको अनलाइन दर्ता, सामाजिक सुरक्षा भत्ताको अनलाइन दर्ता तथा नविकरण, विभिन्न कार्यालयहरुमा गरिने सिफारीस र सम्बन्धीत ऐन नियमका बारेमा कक्षा सञ्चालन हुने योजना प्रशासन अनुगमन अधिकृत ताराचन्द्र ढकालले जानकारी दिनुभयो ।
ताजा
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार






















