यस्तो बन्यो न्यायिक सङ्ग्रहालय

नारायण काफ्ले

काठमाडौँ,२ भदौ– न्याय प्रणाली र न्यायिक इतिहासबारे जानकारी दिने उद्देश्यले न्यायिक सङ्ग्रहालय स्थापना गरिएको छ । सर्वोच्च अदालत परिसरमा स्थापित सङ्ग्रहालयको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मङ्गलबार उद्घाटन गर्नुभयो । प्रारम्भिक रूपमा स्थापना भएको सङ्ग्रहालयमा न्याय क्षेत्रको चरणबद्ध इतिहास झल्कने दस्तावेज सङ्गृहीत गरिएको छ ।

न्यायाधीश सपना प्रधान मल्लको संयोजकत्वको समूहले उक्त सङ्ग्रहालय स्थापनाको नेतृत्व गरेको थियो । न्यायाधीश मल्लले ऐतिहासिक र पुराताìिवक दस्तावेज समेटेर सङ्ग्रहालय स्थापना गरिएको जनाकारी दिनुभयो । उहाँले भन्नुभयो, “न्यायिक इतिहास, न्याय प्रणालीका विषय र लिखित कानुनअघिका सामग्रीलाई सूचीकृत गरिएको छ । ३५० भन्दा बढी सामग्री छन् । यसलाई विस्तार गर्ने र म्युजियम बनाउने प्रयत्न भएको हो । यो न्यायिक इतिहासको खोजी पनि हो ।”
सङ्ग्रहालयमा शिलालेख, भोजपत्र तथा टाइपराइटर पनि सङ्ग्रहित छन् । नेपालीको कानुन विकास क्रमका सामग्री पनि सङ्ग्रहालयमा छन् । जसमा १९४५ मा जारी भएको पाँच भागको मुलुकी ऐनको पाँच भागसम्मको सङ्कलन, १९९१ सम्मको संशोधन समावेश भएको मुलुकी ऐन, मुलुकी ऐन प्रतिस्थापन गरेका नयाँ संहिताहरू पनि सङ्ग्रहालयमा राखिएका छन् । २०२० को मुलुकी ऐनलाई पनि सङ्ग्रहालयमा राखिएको छ ।

यस्तै, भोजपत्रको नमुना, ताडपत्रको नमुना, मसीमा चोभ्न प्रयोग गरिने बाँसको कलम हुँदै अदालतमा हाल प्रयोग हुने नेपाली कागजको नमुना पनि सङ्ग्रहालयमा समेटिएको छ । मुलुकी सवाल १९७४, कितापी सवाल १९६४ पनि समेटिएका छन् । उक्त समयमा नियम वा आदेशलाई सवाल भन्ने गरिन्थ्यो । सङ्ग्रहालयमा नेपालमा पहिलो पटक प्रकाशित भएको २००८ को नेपाल गजेट पनि राखिएको छ । २००८ साउन २३ मा पहिलो पटक प्रकाशित नेपाल गजेटलाई हाल राजपत्र भन्ने गरिन्छ । यस्तै, २००९ सालयता फुलकार्टले गरेका हस्तलिखित निर्णयहरू पनि सङ्ग्रहालयमा राखिएका छन् । विभिन्न इलाका अदालतबाट १९७० को दशकमा भएका फैसलाका लामा लिखित प्रति पनि सङ्ग्रहालयमा छन् ।
सङ्ग्रहालय उद्घाटन गर्र्दै प्रधानन्यायाधीश जबराले सङ्ग्रहालय न्याय र कानुनी क्षेत्रका भावी पुस्तालाई नेपालको न्याय प्रणालीको विकास, अवस्था र परिवर्तनका विषय अध्ययन गर्न सहयोग मिल्ने बताउनुभयो । जबराले न्यायपालिकाका ऐतिहासिक वस्तु सङ्कलन गरेर सङ्ग्रहालयलाई अझै बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सङ्ग्रहालयमा करिब ३५० सामग्री तयार पारिएको छ । प्रदर्शनी कक्षको अभावमा तत्काल १५ प्रकृतिका फरक सामग्री राखिएको छ । भौतिक संरचना स्थापनापछि सबै सामग्री र थप सामग्री समेत गरी डिजिटल सङ्ग्रहालयको स्थापना गरिने मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले बताउनुभयो ।गोरखापत्र

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal