बाख्रा फार्म सञ्चालनपछि गाउँमा नै रोजगारी

बनेपा,२ भदौ – बेथानचोक गाउँपालिका–४ पाटीखर्कस्थित हात्तीडोलका सरला कोइराला आफ्नो घरको बिहान–बेलुकाको घरधन्दा सकेर नजिकै रहेको बाख्रा फार्ममा काम गर्नुहुन्छ । बिहान–बेलुका घरको काम पनि गर्न पाउने र दिनभरि बाख्रा फार्ममा काम गरेर आम्दानी गर्न पाइने भएपछि कोइरालाको परिवार निकै खुसी छन् ।

उहाँले फार्ममा दिनको आठ घण्टा काम गर्नुपर्छ । त्यसरी काम गरेबापत आफूलाई चित्तबुझ्दो पारिश्रमिक पाएको उहाँले बताउनुभयो । “घर नजिकै बाख्रा फार्म सञ्चालन भएर म दैनिक रुपमा काम गर्न थालेको ६ महिना भयो,” उहाँले भन्नुभयो, “काम गरेअनुसार पारिश्रमिक पनि राम्रो नै पाइरहेको छु, काम पनि ठिकै छ ।”

उहाँको काम भनेको दैनिक रुपमा घाँस काट्ने, खुवाउने र चराउन लैजाने हो । गाउँमा आएर फार्म खोलेर राम्रो गरेको उहाँको भनाइ छ । “फार्म सञ्चालन गरेर हामीलाई त गाउँमा नै काम गर्न पाएका छौ,” उहाँले थप्नुभयो, “गाउँमा बसिरहेकाहरुलाई रोजगारी मिलेको छ, यस्तै फार्महरु सञ्चालन भएपछि अरू थप विकासका कामहरु पनि सँगसँगै हुने भएकाले गाउँको विकासका लागि पनि धेरै राम्रो भएको छ ।”

उहाँसँगै सो फार्ममा उहाँका श्रीमान् सरोज पनि काम गर्नुहुन्छ । उहाँको काम फार्ममा भएका सबैखाले काममा ध्यान दिनु हो । काम गर्ने समय आठ घण्टा भएपनि स्थानीय बासिन्दा नै भएकाले बेलाखबत अन्य काम पनि गरिरहनुपर्ने र भैपरि आउने काममा रेखदेख र सहयोग गर्नु परेको कोइरालाको भनाइ छ ।

सोही फार्ममा सात महिनादेखि काम गर्ने बनेपा नगरपालिका–१२ भैँसेपाटीका उमेश विष्टले सोही फार्ममा काम गर्दै आउनुभएको छ । फार्म सुरु गरेदेखि नै काम गर्दै आउनुभएका उहाँले भन्नुभयो, “सुरु भर्खरै भएकाले उत्पादनभन्दा लगानी बढी देखिएको छ, यसलाई निरन्तर अगाडि बढाउने योजना छ, अरू संरचना बन्दैछन । ”

नजिकैको साथी भएकाले उहाँकै आग्रहमा त्यहाँ पुगेर काम गर्न थालेको विष्टको भनाइ छ । “त्यसअघि भैँसेपाटीमा नै पसल चलाइरहेकामा त्यसबाट राम्रो आम्दानी नभएर बसिरहेको अवस्थामा यता आएर काम गर्न थालेको हँु,” विष्टले भन्नुभयो, “पसल चलाउनुभन्दा फार्ममा काम गर्नु धेरै फाइदा भइरहेको छ ।”

रातिको समयमा सबै रेखदेख गर्ने काम उहाँले गर्नुहुन्छ । सो फार्ममा अहिले एक सयवटा बाख्रा पालिएको छ । अहिलेका लागि करिब २० वटा स्थानीय जातको बाख्रा, ३० वटा खसी र बाँकी बोयर जातको बाख्रा मात्रै रहेको फार्म रेखदेख गर्ने प्रमुख लक्ष्मण सापकोटाले बताउनुभयो । विशेषगरी बोयर जातको बाख्रा उत्पादन गरी पालनका लागि बिक्री गर्ने उद्देश्यले सञ्चालन गरेको सो फार्ममा चार सय वटा बाख्रा पु¥याएपछि मात्रै बिक्री सुरु गर्ने योजनामा रहेको उहाँले सुनाउनुभयो ।

काठमाडौँका सुवास अमात्यले त्यहाँ पुगेर जग्गा खरिद गरी करिब ६ करोड लगानीमा इलाम एग्रो फार्म प्रालि सञ्चालन गर्न थालेपछि स्थानीय बासिन्दासँगै बनेपा र रयाले विहाबरका युवाहरुले पनि त्यसैमा रोजगारी पाएका छन् ।

त्यसरी काम गर्ने मात्रै सो फार्ममा १० जना छन् जसमध्ये दुई गोरखाको, विहाबर र बनेपाको गरी तीन तथा बाँकी त्यहीँका स्थानीय बासिन्दा रहेकोमा विहाबरका लक्ष्मणले फार्मको सबै रेखदेख गर्ने जिम्मा पाउनुभएको छ । अहिले सो फार्ममा बाख्रासँगै गाई र भैँसी दुईदुईवटा पाल्न सुरु गरिएको फार्मका लेखापाल नवराज सापकोटाले बताउनुभयो ।

कृषि र पशुपालनको कामलाई व्यवस्थित ढङ्गले व्यावसायिकता प्रदान गर्ने उद्देश्यले सुरु गरेको फार्ममा बर्खाका कारण सामान ढुवानी गर्न र आवश्यक दाना लानसमेत समस्या भएको सापकोटाले बताउनुभयो । ठाउँ उपयुक्त भएकाले सुरु गरेको फार्मलाई थप व्यवस्थित गर्न त्यहाँ पुगेको विद्युत् प्रसारण लाइनको क्षमता कम भएकाले दाना बनाउने मेशिन नचलेर थन्क्याउनु परेको बताउँदै त्यसका लागि वडा कार्यालय र विद्युत् प्राधिकरणसँग कुरा भइरहेको उहाँले बताउनुभयो ।रासस

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal