कोरोनाभाइरस उदगम सम्बन्धी अनुसन्धानको राजनीतीकरण

होउ यान्छी

कोभिड-१९ को महामारी चल्न थालेको एक वर्ष नाघिसक्यो, महामारी समय-समयमा बढ्ने र भाइरसको नयाँ भेरियन्ट देखा पर्ने गरेकाले अवस्था जटिल हुँदै गइरहेको छ । यथाशीघ्र महामारी नियन्त्रण गरी आर्थिक वृद्धि पुनर्बहाली गर्नु अन्तर्राष्ट्रिय समुदायको पहिलो कर्तवय र विश्वका विभिन्न देशहरूको साझा आकांक्षा हो ।

महामारीको राजनीतिक सीमा हुँदैन, भाइरसले सम्पूर्ण मानव जातिलाई आक्रमण गरिरहेको छ । राष्ट्रपति सी जिनपिङले भन्नुभएको छ, ‘एकताबद्ध भई सहकार्य गर्नु नै महामारी माथि विजय प्राप्त गर्ने सबैभन्दा शक्तिशाली हतियार हो, सहकार्यको प्रकाशद्वारा महामारीको अन्धकारलाई हटाऔं ।’

मानव जातिको इतिहासमा अभूतपूर्व यस महामारी विरुद्धको संघर्षमा चीनले महान बलिदान र साहसका साथ अग्रपंक्तिमा उभिई आफ्नो देशभित्रको महामारीलाई प्रभावकारी ढंगले नियन्त्रण गरेको मात्र होइन, अति शीघ्र कोभिड खोपको अनुसन्धान तथा उत्पादन गरी विश्वव्यापी महामारी विरुद्ध संघर्षका लागि चिनियाँ ज्ञान र शक्ति प्रदान गरी ‘मानव जातिको साझा स्वास्थ्यको समष्टिगत’ अवधारणालाई व्यवहारमा उतारेको छ ।

चीनले सदैव महामारी विरुद्ध अन्तर्राष्ट्रिय सहकार्यमा गरेका वाचाहरू पूरा गर्दै आएको छ । राष्ट्रपति सी जिनपिङले महामारी नियन्त्रणबारे बोल्नुहुँदा सबैभन्दा बढी पटक प्रयोग गर्नुभएको शब्दावली ‘एकताबद्ध सहकार्य’ हो ।

महामारी फैलिन थालेपछि चीनले विश्वका विकासशील देशहरूका लागि दुई अर्ब अमेरिकी डलर अनुदान र सम्पूर्ण विश्वका लागि दुई खर्ब ८० अर्ब वटा मास्क, तीन अर्ब ४० करोड पीपीई, चार अर्ब वटा न्युक्लिक एसिड टेस्टकिट प्रदान गरिसकेको छ ।

यसबाहेक आगामी तीन वर्षमा चीनले विकासशील देशहरूमा कोभिड नियन्त्रण र आर्थिक सामाजिक विकासको पुनर्बहालीका लागि अरू तीन अर्ब अमेरिकी डलरको अनुदान सहयोग गर्नेछ ।

कोभिड खोप समान रूपमा सर्वसुलभ बनाउन पनि चीनले सबैभन्दा धेरै योगदान पुर्‍याएको छ । सबैभन्दा ठूलो विकासशील देश र अन्तर्राष्ट्रिय समुदायको एक जिम्मेदार सदस्यको रूपमा चीनले आफैंलाई धेरै आवश्यक परिरहेको अवस्थामा पनि १०० भन्दा बढी देशहरूलाई ७० करोड भन्दा बढी कोभिड खोप प्रदान गरी विकासशील देशहरूलाई सबैभन्दा बढी परिमाणमा प्रदान गर्ने देश बनेको छ ।

केही दिनअघि, राष्ट्रपति सी जिनपिङले कोभिड खोप सहकार्य फोरमको पहिलो बैठकलाई लिखित सन्देश पठाई यस वर्ष चीनले विश्वलाई दुई अर्ब कोभिड खोप प्रदान गर्ने र विकासशील मुलुकलाई खोप उपलब्ध गराउन कोभ्याक्सलाई १० करोड डलर अनुदान दिने घोषणा गर्नुभयो ।

अहिलेसम्ममा चीनले नेपाललाई १८ लाख डोज खोप अनुदान दिएको छ भने ४० लाख डोज खोप बिक्री गरेको छ । हालै चीन सरकारले नेपाललाई अरू १६ लाख डोज खोप अनुदान दिने निर्णय पनि गरेको छ । साथै चीनले आफ्नो देशबाट खोप खरीद प्रक्रियालाई सहज पनि बनाउने छ ।

चीन नवीन कोरोनाभाइरसको उद्गम सम्बन्धी वैज्ञानिक अनुसन्धानको दृढ सहकर्मी हो । भाइरसको उद्गम सम्बन्धी अनुसन्धान महामारी नियन्त्रणका लागि अत्यन्त महत्वपूर्ण छ, यो सम्पूर्ण मानवजातिको स्वास्थ्य, सुख, समृद्धिसँग सम्बन्धित विषय हो, त्यसकारण यस कार्यलाई अनिवार्य रूपमा अन्तर्राष्ट्रिय सहकार्यद्वारा वैज्ञानिक ढंगले अगाडि बढाइनुपर्दछ ।

चीनले सधैं पक्षपातरहित र पारदर्शी भई जिम्मेवारी वहन गर्दै विश्व स्वास्थ्य संगठनसँग मिलेर भाइरस उद्गम सम्बन्धी अनुसन्धान प्रारम्भ गरेको थियो । यसै क्रममा चीनले विश्व स्वास्थ्य संगठनका विशेषज्ञ वैज्ञानिकहरूलाई दुईपटक चीनमा निम्त्याएको थियो । यही वर्षको मार्च महीनामा चीन र विश्व स्वास्थ्य संगठनको संयुक्त प्रतिवेदन प्रकाशित गरी भाइरस उद्गम सम्बन्धी अनुसन्धानको सहकार्यमा महत्वपूर्ण योगदान पुर्याएको थियो ।

यहाँ विशेष उल्लेखनीय कुरा के छ भने, भाइरसको उद्गम एक जटिल वैज्ञानिक प्रश्न हो । यस विषयको अध्ययन सम्बन्धित विषयका वैज्ञानिकहरूद्वारा गम्भीरतापूर्वक वैज्ञानिक मान्यता अनुरूप गरिनुपर्दछ । विश्वका विभिन्न देशले पनि खुला मानसिकताका साथ यस विश्वव्यापी सहकार्यमा सहभागिता जनाउनुपर्दछ । संयुक्त रूपमा नवीन कोरोनाभाइरसको प्रारम्भिक स्रोत पत्ता लगाई विश्वव्यापी महामारी नियन्त्रणमा सहयोग पुर्‍याउनुपर्दछ ।

माथि उल्लिखित चीन र

। स्रोतःगोरखापत्र विश्व स्वास्थ्य संगठनको संयुक्त अनुसन्धान प्रतिवेदनमा भाइरसको प्रारम्भिक स्रोत, सर्ने माध्यम आदिबारे वैज्ञानिक निष्कर्ष प्रस्तुत गरिएको छ र चीनले भाइरसको प्रसार रोक्नका लागि अपनाएका कदमहरूको सकारात्मक मूल्यांकन गरिएको छ । यस प्रतिवेदनले भाइरस उद्गम सम्बन्धी अनुसन्धान कार्यका लागि महत्वपूर्ण भूमिका खेल्न सक्दछ ।

तर खेदको कुरा के छ भने, केही देश र अल्पसंख्यक व्यक्तिहरूले महामारी नियन्त्रणमा भएका आफ्ना कमी-कमजोरीहरूको जिम्मेवारीबाट आफू पन्छिन सबै दोष चीनमाथि थोपर्नका लागि मानसिक सन्तुलन गुमाए । उनीहरू चीनलाई बद्नाम गरी दमन गर्ने राजनीतिक उद्देश्य प्राप्त गर्न चाहन्छन् ।

भाइरसको उद्गम सम्बन्धी अनुसन्धानबाट राजनीतिलाई टाढा राखौं, विज्ञानलाई विशुद्ध विज्ञान बन्न दिऔं । भाइरसको उद्गम सम्बन्धी अनुसन्धानको राजनीतीकरण गरी वैज्ञानिक स्पिरिटबाट पर पुर्‍याउने गैरजिम्मेवारीपूर्ण कार्य आफैंमा सबैभन्दा खतरनाक राजनीतिक भाइरस हो

तर उनीहरू फेरि कुनै विश्वास गर्न लायक आधार पनि प्रस्तुत गर्न सक्दैनन् । उनीहरूका ती क्रियाकलापलाई धेरै देशका सत्यवादी विवेकशील व्यक्तिहरूले विरोध गरिसकेका छन् । झन्डै ७० वटा मुलुकले विश्व स्वास्थ्य संगठनका प्रमुखलाई पत्र र नोट पठाएर विज्ञप्ति सार्वजनिक गरी कोभिड-१९ को उद्गम सम्बन्धी वैज्ञानिक अनुसन्धानमा भएको राजनीतीकरणलाई विरोध गर्दै चीन र विश्व स्वास्थ्य संगठनले गरेको अनुसन्धान रिपोर्टलाई समर्थन गरेका छन् ।

संसारका १०० भन्दा बढी मुलुक र क्षेत्र तथा ३०० भन्दा बढी राजनीतिक पार्टी, सामाजिक संघसंस्था र विज्ञ समूहले विश्व स्वास्थ्य संगठनको सचिवालयलाई एउटा संयुक्त विज्ञप्ति बुझाएका छन् । त्यसमा विश्व स्वास्थ्य संगठनलाई वस्तुगत र निष्पक्ष रूपमा विश्वभरि कोभिड- १९ को उद्गम सम्बन्धी वैज्ञानिक अनुसन्धान गर्न र अनुसन्धानमा हुने राजनीतीकरणलाई दृढ रूपमा विरोध गर्न आहृवान गरेका छन् ।

अमेरिका, इङ्गल्यान्ड र अस्ट्रेलियाका वैज्ञानिकले युरोपीय वैज्ञानिक सूचना तथ्यांक आदानप्रदानको साझा फोरम जेनोडोमा मुद्रण पूर्व लेख प्रकाशित गरी ‘वुहानको प्रयोगशालाबाट नवीन कोरोनाभाइरस बाहिर निस्केको हो भन्ने कुनै प्रमाण छैन’ र प्रारम्भिककालका रोगीहरूको वुहानको भाइरस अनुसन्धान कार्यालयसँग सम्बन्ध भएको कुनै प्रमाण छैन भनी जोड दिएका छन् ।

इटालीको मिलानका सरुवा रोगका आधिकारिक विशेषज्ञले इटालीको प्रतिनिधिसभा सामाजिक मामिला समितिमा नवीन कोरोनाभाइरस ‘एक प्रकारको अज्ञात भाइरस हो, त्यसको भित्र जीन इन्जिनियरिङको कुनै छाप रहेको छैन’ भनी बताएका छन् ।

युरोपियन प्रेसिजन मेडिसिन फोरमका प्रमुख वैज्ञानिक पास्चर अनुसन्धान कार्यालयका इम्युनोलोजिस्ट डा. लियाच्य्वीले पनि भनेका छन्, ‘भाइरसको उद्गम सम्बन्धी अनुसन्धान कार्य वस्तुगत तथा वैज्ञानिक तथ्य तथ्याङ्कको आधारमा हुनुपर्दछ, त्यसबाट राजनीतिक पूर्वाग्रहहरू हटाइनुपर्दछ, त्यो राजनीतिक पूर्वाग्रहको आधारमा कसैलाई दोषी ठहर्‍याउने कार्य होइन ।’

भाइरसको उद्गम सम्बन्धी अनुसन्धानबाट राजनीतिलाई टाढा राखौं, विज्ञानलाई विशुद्ध विज्ञान बन्न दिऔं । भाइरसको उद्गम सम्बन्धी अनुसन्धानको राजनीतीकरण गरी वैज्ञानिक स्पिरिटबाट पर पुर्‍याउने गैरजिम्मेवारीपूर्ण कार्य आफैंमा सबैभन्दा खतरनाक राजनीतिक भाइरस हो ।

यसले विश्वव्यापी भाइरस उद्गम सम्बन्धी अनुसन्धानको सहकार्यमा गम्भीर बाधा पुर्‍याउँदछ र महामारी नियन्त्रणका लागि गरिएका मिहिनेतलाई विनाश गर्दछ, जसबाट अझ बढी धनजनको क्षति हुनेछ ।

हामीलाई विश्वास छ, अन्तर्राष्ट्रिय समुदायका प्रत्येक सदस्यले वैज्ञानिक स्पिरिट अनुरूप एकताबद्ध भई सहकार्य गरी मानव जातिको स्वास्थ्यमा क्षति पुर्‍याइरहेको भाइरसको सही उद्गम स्रोत खोज्न सकेमा मात्र अझ प्रभावकारी रूपमा यस माथि विजय प्राप्त गर्न सकिन्छ । अनि मात्र मानव जातिको साझा स्वास्थ्य सुरक्षा अर्थ-व्यवस्थाको पुनर्जीवनका लागि उपयुक्त अवस्थाको सिर्जना गर्न सकिन्छ ।

(होउ नेपालका लागि चिनियाँ राजदूत अनलाइनखबर हुनुहन्छ ।)

ताजा

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal