टोकियो ओलम्पिक सम्पन्न, अमेरिका शीर्ष स्थानमा

 काठमाडौँ,२५ साउन – निर्धारित समयभन्दा करिब एकवर्ष पछि सुरु भएको टोकियो ओलपिम्पक सफलतापूर्बक सम्पन्न भएको छ। आयोजक शहर टोकियोमा दैनिक कोरोनाभाइरसका संक्रमितको संख्या बढ्दै गरे पनि जापानले आइतबार सम्पन्न ओलम्पिकलाई सफलतापूर्बक सम्पन्न गर्नु चुनौतीपूर्ण बनेको थियो । टोकियो ओलम्पिकमा संयुक्त राज्य अमेरिका प्रथम भएको छ । पदक तालिका र सबैभन्दा बढी स्वर्ण जित्ने गरी दुबै तालिकामा अमेरिका शीर्ष स्थानमा रहन सफल भयो । ओलम्पिक अबधिभरि अधिकांश समय शीर्ष स्थानमा रहेको चीन अन्तिम दिन धकेलिन पुग्यो । आइतबार संयुक्त राज्य अमेरिकाले अग्रता कायम गरेको छ । पछिल्लो पदक तालिका अनुसार अमेरिकाले ३९ स्वर्ण, ४० रजत, ३३ कास्यसहित ११२ पदक जितेर पहिलो स्थान हासिल गरेको छ । चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित ८८ पदक जितेको छ । आयोजक जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्य पदकसहित ५८ पदक जितेर तेस्रो स्थानमा रहेको छ भने चौँथोमा बेलायत रहयो । बेलायतले २२ स्वर्ण, २१ रजत र २२ कास्य पदक हात पारेको छ ।
पदक तालिकाको यसपछिका स्थानमा रहेको रूसी ओलम्पिक कमिटी, अस्ट्रेलिया, नेदरल्याण्ड र जर्मनीले क्रमशः १७ स्वर्ण, १० स्वर्ण र १० स्वर्णसहित पाँचौँ छैटौँ र सातौँ स्थानमा आउन सफल भएका छन् । अस्ट्रेलियाले ७ रजत र २२ कास्यसहित कूल ४६ र पदक नेदरल्याण्डले १२ रजत र १४ कास्यसहित कूल ३६ पदक जितेका छन् । जर्मनीले ११ रजत र १६ कास्यसहित कूल ३७ पदक जितेको छ । दशौँस्थानमा रहेको फ्रान्सले ९ स्वर्ण, १२ रजत र ११ कास्यसहित कूल ३२ पदक जितेको छ ।
एशियाली मुलुकहरूमा चीन र जापानबाहेकका राष्ट्र पदक तालिकामा निकै पछाडि देखिए । भारतले एक स्वर्ण, दुई रजत र चार कास्य पदकसहित कूल ७ पदक जितेको छ । गत जुलाई २३ बाट सुरु भएको ओलम्पिक १७ दिनसम्म चलेको थियो । ओलिम्पिक खेल अन्तर्गत जापानका ४२ खेल स्थलमा भएका ३३ खेलका लागि ३३९ प्रतिस्पर्धा तय भएका थिए । स्रोतःगोरखापत्र

ताजा

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट

२०८२ जेष्ठ ३१ गते, शनिबार

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट

२०८२ जेष्ठ ३१ गते, शनिबार

वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम

२०८२ जेष्ठ ३० गते, शुक्रबार

वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला

२०८२ जेष्ठ २९ गते, बिहीबार

नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन

२०८२ जेष्ठ २९ गते, बिहीबार

‘एयर इन्डिया’को विमान दुर्घटना

२०८२ जेष्ठ २९ गते, बिहीबार

आजको मौसमः केही स्थानमा भारी वर्षा हुने

२०८२ जेष्ठ २९ गते, बिहीबार

विद्यार्थीलाई कपाल काट्ने तालिम

२०८२ जेष्ठ २९ गते, बिहीबार

चिसापानी–देउराली-बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै

२०८२ जेष्ठ २९ गते, बिहीबार

मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित

२०८२ जेष्ठ २८ गते, बुधबार

मुलुक पुरानो व्यवस्थामा नफर्कने

२०८२ जेष्ठ २८ गते, बुधबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal