त्रिविका परीक्षा नियमित रूपमा चल्ने

 काठमाडौँ,२५ साउन– त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने भएको छ । त्यसपछिको परीक्षाको तयारीबारे भने परिस्थिति हेरेर निर्णय गरिने भएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँगको सहमतिमै विश्वविद्यालयले भदौ ५ गतेसम्मको परीक्षा सुचारु रूपमा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

विश्वविद्यालयमा हाल वार्षिक परीक्षा प्रणालीअन्तर्गत मानविकीतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । साउन २८ गतेसम्म परीक्षा सकिने छ । स्नातक तहमा विद्यार्थीले पठनपाठन सुरु गरेको २० महिनापछि उक्त परीक्षा लिइएको हो । यसका साथै स्नातकोत्तर तहका विभिन्न सङ्कायका सेमेस्टर प्रणालीअन्तर्गतका परीक्षा कार्यक्रम पनि सञ्चालन भइरहेको छ । कतिपय परीक्षा विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा सञ्चालन गरिएको र विद्यार्थी सङ्ख्या न्यून भएकोले परीक्षा सञ्चालनका लागि सीसीएमसीले स्वीकृति दिएको जानकारी नियन्त्रक जोशीले दिनुभयो ।

विज्ञान र शिक्षा शास्त्र सङ्कायको परीक्षा भने पूरा भएको छ । व्यवस्थापन सङ्कायतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा कार्यक्रम साउन २२ गते सकिएको छ । धेरै विद्यार्थी सहभागी हुने स्नातक तह प्रथम वर्षको परीक्षा सकिएको र अब न्यून विद्यार्थी अध्ययन गर्ने सङ्काय र विषयको परीक्षा कार्यक्रम मात्रै बाँकी रहेको जनाइएको छ । यो अवस्थामा परीक्षा केन्द्रमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षासमेतको मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न विश्वविद्यालयलाई अनुमति दिएको जनाइएको छ ।

भदौ ५ गतेपछिको परीक्षाबारे भने कोरोना भाइरस सङ्क्रमणको अवस्थालाई दृष्टिगत गरी निर्णय गरिने भएको छ । विश्वविद्यालयले भदौ ११ गतेबाट स्नातक तहतर्फ एलएलबी प्रथम वर्षको परीक्षा कार्यक्रम राखेको छ । त्यसैगरी भदौ २७ गतेबाट एलएलबी दोस्रो वर्षको परीक्षा गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । भदौ २५ गतेबाट स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा गर्ने तयारी विश्वविद्यालयको भए पनि परीक्षा कार्यतालिका सार्वजनिक गरिएको छैन ।
यसअघि शनिबारको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन ३१ गतेबाट सञ्चालन गर्ने गरी पूर्व घोषित कक्षा १२ को परीक्षा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो ।

ताजा

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal