तास खेल्दैगरेको अवस्थामा ११ जना पक्राउ
वालि,२५ साउन– प्रहरीले तास खेल्दै गरेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ । वालिङ नगरपालिका ९ क्याम्पस रोडको एक घरमा तास खेल्दैगरेको अवस्थामा आइतबार साँझ ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
रघुनाथ अर्यालको घरमा कोठा भाडामा लिएर बस्ने ख्यामबहादुर थापाको कोठामा तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा ३५ हजार ९ सय ५० रुपैयाँ सहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिनुभयो ।