पत्रकार महासंघ पाल्पाले पत्रकारको दुर्घटना बिमा गर्ने
पाल्पा,२५ साउन– नेपाल पत्रकार महासंघ पाल्पाको पत्रकारहरुको बिमा गर्ने भएको छ । आइतबार बसेको बैठकले शाखा आवद्ध पत्रकारहरुको दुर्घटना बिमा गर्ने निर्णय गरेको हो ।
शाखाको बैठकले महासंघमा आवद्ध कार्य समिति, साधारण सदस्य र कार्यालय कर्मचारीको दुर्घटना बिमा गर्ने निर्णय गरिएको शाखा अध्यक्ष रेखीराम रानाले बताउनुभयो ।
बैठकले महासंघका गतिबिधि, लेख रचना समेटिएको प्रवाह बुलेटिन प्रकाशनलाई रिन्तरता दिने निर्णय गरेको छ । नव निर्वाचित वर्तमान कार्यसमितिको आगामी तीन वर्षको कार्ययोजना निर्माणका लागि सचिव यज्ञमूर्ति तिमिल्सिनाको संयोजकत्वमा सदस्यद्धय भुवन रायमाझी र अनिल लिगल सदस्य रहने गरी कार्ययोजना निर्माण उपसमितिको गठन गर्ने निर्णय गरेको अध्यक्ष रानाले बताउनुभयो ।
बैठकले महासंघको संस्थागत विकास, सुचनाको हक लगायतका विषयमा जिल्ला स्थित स्थानीय तहसित अन्र्तक्रिया गर्ने समेत निर्णय गरेको छ ।
बैठकल महासंघको आफ्नो परिचय झल्किने वेभसाइट निर्माण गर्ने निर्णय गरेको सचिव यज्ञमूर्ति तिमिल्सिनाले जानकारी दिनुभयो । बैठकले महासंघ मार्फत अतिरिक्त क्रियाकलाप संचालनका लागि सहसचिव कृष्ण दर्नालको संयोजकत्वमा सदस्यहरु कृष्ण पोखरेल, दुर्गेस मल्ल, सुनिल कार्की र विजय पौडेल सदस्य रहने गरी अतिरिक्त क्रियाकलाप संचालन उपसमितिको गठन गर्ने निर्णय गरेको छ ।
ताजा
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार





















