नैनीतालमा भारी बोकेर पुस्ताैं बित्याे नेपालीकाे जीवन

 शेरबहादुर सिंह

भारत (नैनीताल),२४ साउन– कालीकोटका ६० वर्षीया पर बुढा शनिबार भारतको पर्यटकीय शहर नैतीतालमा भारी बोक्दै गर्दा भेटिनुभयो । शिरमा ढाका टोपी, नाम्लो र पिठियुँमा भारी बोकेर नैतीताल तल्ली ताल भन्ने स्थानतर्फ जाँदै गरेका उहाँले भारी बोकेरै दैनिक रु ५०० भारुसम्म कमाउने गरेको बताउनुभयो । “हामी कालीकोटका मात्रै भारी बोक्ने यहाँ ५०÷६० जना नेपाली छौँ”, उहाँले भन्नुभयो, “शुरुआतमा भारी बोक्न गाह्रो हुन्थ्यो, अहिले त बानी परिसक्यो ।”

उहाँ अन्य नेपालीसँगै तल्लीतालमा डेरा गरी बस्नुहुन्छ । आफू १३ वर्षको उमेर हुँदा मजदूरका लागि आएको सुनाउँदै उहाँले यहाँको कडा परिश्रमले नै परिवारको खर्च चलिरहेको बताउनुभयो । “कुनै दिन त सामान बोक्न नपाए त्यसै पनि बस्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “एक क्विन्टलसम्मको भारी बोकेर डाँडाकाडासम्म पुगेको छु ।” नैनीताल शहर उत्तराखण्डको नैनीताल जिल्लाको सदरमुकाम पनि हो । भारत तथा नेपालीको पर्यटकीय रोजाइमा पर्ने सो क्षेत्र गर्मीका मौसममा पर्यटकले भरिभराउ हुन्छ ।

पर्यटकीय सवारीसाधन आवागमनमा सहजता भए पनि त्यहाँ ठूला मालवाहक सवारी चल्न रोक लगाइएको छ । चारैतिर पहाड र बीचमा आकृर्षक ताल रहेको यहाँ नेपाली प्रायः भरिया काम गर्दै आएका छन् । “कोरोनाको दोस्रो लहरका बेला पनि घर नगई यति बिताए”, उहाँले भन्नुभयो, “ अरु बेला घर आउने जाने भइरहन्छ ।” साठी वर्षीय वुद्ध बुढा त समाचारका प्रतिनिधि पात्र मात्रै हुन । उहाँ जस्तै वृद्ध तथा नेपाली युवा पनि नैनीताल र आसपासका क्षेत्रमा वर्षौंदेखि भरियाका रुपमा  काम गरेर जीविका चलाइरहेका छन् ।

त्यसैगरी कैलालीको लम्कीका ४५ वर्षीय लक्ष्मण जोशीले पनि भरिया काम गर्न थालेको १८ वर्ष भयो । “कोरोना कहरमा घर गएको थिए”, तलाउ छेउमा सामान ढुवानीमा भेटिएका उहाँले भन्नुभयो, “महिनाभरमा रु २० देखि २५ हजार भारुसम्म कमाइ हुन्छ ।”

उहाँले कोरोनाले सुनसान बनेको नैनीताल क्षेत्र केही दिनयता सामान्य बन्दै जाँदा पर्यटकको आवागमन बढेको जानकारी दिनुभयो । नैनीताल, खुर्पा ताल, भीम ताललगायत यहाँका क्षेत्रमाम करिब चार÷पाँच सय नेपाली कार्यरत छन् । “महामारीका बेला धेरै नेपाली बेरोजगार बसे”, उहाँले भन्नुभयो, “कोरोनाको डरले घर गएका धेरै त फर्किएका छैनन् ।” उहाँले दुई छोराको पढाई खर्च र परिवारको अन्य खर्च भारी बोकेको कमाइले चलिरहेको बताउनुभयो ।

“नेपालमा रोजगारी भए त यहाँ भारी बोक्नु किन आउनु”, उहाँले भन्नुभयो, “यहाँ चिसो मौसम भएकाले मजदूरी गर्न ठिकै हुन्छ ।” त्यसैगरी कालीकोटका कालीकोटका धनबहादुर रावत पनि अढाइ दशकदेखि नैनीताल क्षेत्रमा मजदूरी गरेर परिवारको पालनपोषण गरिरहेका छन् । “नेपालमा रोजगार भए कहाँ किनु आउथ्यौँ र हजुर”, उहाँले भन्नुभयो, “यहाँ भारी बोक्ने अधिकांश नेपाली नै हुन् ।”

नैनीताल क्षेत्रमा सिमेन्ट, छठलगायत विकास निर्माण सामग्री, ग्यास, अन्य घरायसी सामान ढुवानी गरेरबापत दूरीका हिसाब र तौलका हिसाबले रकम मिल्ने गरेको छ । “ताल छेउ वरपरमाथि करिब एक किलोमिटरसम्म पनि घर छन्”, रावतले भन्नुभयो, “नेपालीले भारी बोकेरै यहाँका मालिकका ठूलाठूला घर बनेका हुन् ।” कोरोनाको पहिलो र दोस्रो चरणमा पाँच महिना नेपाली मजदूर कामविहीन बनेका थिए ।

त्यसैगरी कालीकोटका प्रेम सार्कीले आर्थिक अवस्था कमजोर हुँदा आफू यहाँ आएर भारी बोक्न बाध्य रहेको पीडा पोख्नुभयो । “यहाँ आएर भारी बोक्न थालेको पनि १६ वर्ष भयो”, उहाँले भन्नुभयो, “परिवार छाडेर यहाँ भारी बोक्नु बाध्यता हो ।”

नैनीतालमा भरियाका साथै सडक निर्माण, होटलमा कामदारका रुपमा पनि नेपाली कार्यरत छन् । उहाँले मुलुकमा जस्तोसुकै व्यवस्था आए पनि आफूहरु घर छाडेर मजदूरीका लागि पलायन हुनु नियति नै बनेको दुखेसो पोख्नुभयो । “जोसुकै सरकारमा आउन, जस्तो व्यवस्था आए पनि यहाँ भारी नबोकी हाम्रो त गुजारा नै हुँदैन”, उहाँले भन्नुभयो, “स्वदेशमा रोजगारी भए युवा पिँढी बाहिरिनु पर्दैन ।”

प्रशान्त होटलमा विगत २३ वर्षदेखि काम गर्दै आएका बझाङ तल्कोटका प्रेम विष्ट नेपाली नैनीताल क्षेत्रमा लामो समयदेखि मजदूरी काम गर्दै आएको बताउनुभयो । “घर नगएको आठ वर्ष भयो”, उहाँले भन्नुभयो, “परिवार र छोराछोरी पनि यतै साहुजीले राम्रो व्यवस्था गरेर राखिदिनुभएको छ ।” उहाँले आफू १४ वर्षका उमेरमा यहाँ आएको सुनाउनुभयो ।

“घरको अवस्था त्यस्तै थियो, मजदूरी खोज्दै यही होटलमा पुगे”, उहाँले भन्नुभयो,“ शुरुदेखि यो होटलभन्दा अन्त काम गर्न गएको छैन ।” उहाँले नैनीताल पर्यटकीयसँगै शैक्षिक हिसाबले पनि हब नै भएको बताउनुभयो ।

“हुनेखाने सम्पन्न नेपालीका छोराछोरी यहाँ अध्ययनका लागि आउछन्”, उहाँले भन्नुभयो, “गरिबीको रेखामुनि रहेका भारी बोक्न ।” उहाँले शैक्षिक दृष्टिकोणले नेपालीको रोजाइमा पनि नैनीताल पर्दै आएको बताउनुभयो ।

सुदूरपश्चिम र कर्णालीका क्षेत्रमा अधिकांश नागरिकको रोजगारीको प्रमुख गन्तव्य सदियौँदेखि भारतका विभिन्न क्षेत्र रहँदै आएको छ ।रासस

ताजा

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal