विश्व हिन्दू युवा संघले बुझायो शिक्षा मन्त्रीलाई ज्ञापन पत्र
स्याङ्जा,२४ साउन– विश्व हिन्दू युवा संघ स्याङ्जाले गण्डकी प्रदेश शिक्षा,संस्कृति ,विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ ।
संघले विद्यालय तहमा नैतिक तथा व्यवहारिक शिक्षा लागू गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो । अहिलेको अवस्थामा नैतिक शिक्षाको महत्व झन बढ्दै गएकोले यो विषयको पठनपाठन विद्यालय तहमा अनिवार्य गर्न माग गर्दै गण्डकी प्रदेशका शिक्षा मन्त्रीलाई ज्ञापन पत्र बुझाएको विश्व हिन्दू युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेलले जानकारी दिनुभयो ।
ज्ञापन पत्र बुझ्दै मन्त्री श्रेष्ठले आहिले नैतिक र व्यवाहारिक शिक्षा अत्यन्तै आबस्यक रहेको र यसलाई शिक्षा नीतिमा समावेस गर्ने बताएको विश्व हिन्दू युवा संघ स्याङ्जाले जनाएको छ ।
संघ यस अघि जिल्लाका स्थानीय तहमा पुगेर ज्ञापन पत्र बुझाएको र स्थानीय तहरु नैतिक शिक्षाको पठनपाठन गर्ने कुरामा सकारात्मक रहेको पनि जनाएको छ ।
ताजा
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















