पहिरो प्रभावित परिवारलाई जग्गाधनी पूर्जा हस्तान्तरण

वालिङ,२४ साउन– वालिङ नगरपालिकाले पहिरो प्रभावित छ घर परिवारलाई जग्गाधनी प्रमाण पूर्जा हस्तान्तरण गरेएको छ । गत वर्ष वर्षासँगै बस्तीमा धाँजा फाटेकाले सुरक्षित ठाउँमा बस्ती स्थानान्तरणका लागि वालिङ नगरपालिका ८ दमैडाँडाका छ घर परिवारलाई घर निर्माणका लागि जग्गा हस्तान्तरण गरेएको हो ।

पहिलेदेखि बस्दै आएको घर बस्तीमा गतवर्षको वर्षायाममा जमिन भास्सिने, चिरिएकाले प्राविधिकको राय सुझाव अनुसार उहाँहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने भएकाले जग्गाको खोजी गरेसँगै जग्गा प्राप्ति भएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । “उहाँहरु बस्दै आउनुभएको बस्ती नजिकै स्थानीय दलबहादुर बस्नेतको नाममा रहेको जग्गा एकमुष्ट खरीद गरी जग्गाधनी प्रमाण पूर्जा हस्तान्तरण गरेका छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “जग्गा प्राप्तिसँगै अब केही दिनमै आवास निर्माणको प्रक्रिया थाल्छौं र सुरक्षित ठाउँमा बस्ती स्थानान्तरण गर्छौं ।”

जग्गा प्राप्तिदेखि आवास निर्माणका लागि केन्द्र, प्रदेश र वालिङ नगरपालिकाको संयुक्त लागत साझेदारी रहने नगर प्रमुख खाँणले बताउनुभयो । मनसुनजन्य विपदका कारण वालिङ नगरपालिकाका विभिन्न वडाका बस्तीहरु विस्थापित भएकाले यहाँका नागरिकहरुको सुरक्षित बस्ती स्थानान्तरणका लागि जग्गाको खोजी कार्य जारी रहेको नगर प्रमुख खाँणले बताउनुभयो ।

वडा नं. ८ मा रहेको दमैडाँडाको बस्ती स्थानान्तरणका लागि जग्गा प्राप्त भएको र अब त्यस ठाउँमा आवश्यक प्रक्रिया पूरा गरी एउटै प्रकृतिको आवास निर्माण कर्या थाल्ने नगरप्रमु खाँणले बताउनुभयो । यसै वर्ष सुरक्षित ठाउँमा बस्ती स्थानान्तरण गरेर सक्ने योजना नगरपालिकाको रहेको छ ।

गत वर्षसम्मको मनसुनजन्य विपदका कारणकारण ४० भन्दा बढी घरपरिवार प्रभावित भएको नगरपालिकाले जनाएको छ । प्रति घरपरिवारलाई ५ आनाका दरले जग्गाधनी प्रमाण पूर्जा हस्तान्तरण गरिएको वडा नं. ८ का वडा अध्यक्ष कमलप्रसाद सुबेदीले बताउनुभयो । वडा अध्यक्ष सुबेदीका अनुसार उक्त जग्गा खरीद तथा पास गर्दा रु. १४ लाख ४० हजार लागेको छ । वालिङ ८ दमैडाँडाका टीकामाया दर्जी, डोलमाया दर्जी, कृष्णबहादुर दर्जी, सूर्यबहादुर दर्जी, प्रदीप दर्जी र हरिबहादुर नेपालीलाई जग्गा हस्तान्तरण गरिएको हो ।

पानी पर्नासाथै त्रासमा रहेको यो बस्ती सुरक्षित स्थानमा स्थानान्तरण हुने पाउने भएपछि खुशी लागेको स्थानीय बृद्धा टीकामाया दर्जीले बताउनुभयो । “पानी पर्दा घरमा सुत्नै डर लाउँछ, कतिबेला के हुने हो भन्ने चिन्ताले सताउने गर्छ” दर्जीले भन्नुभयो, “वडा र नगरपालिकाका जनप्रतिनिधिहरुको निरन्तरको खटाई र चासोले गर्दा अब हामी सुरक्षित ठाउँमा बस्न पाउने भएपछि खुशी लागेको छ ।” ज्याला मजदूरीमा आश्रित उक्त बस्तीका नागरिकहरुले घर निर्माण कार्य छिट्टै थाल्न अनुरोध गर्दै आँफूहरुले नै घर निर्माणमा काम गर्ने जनाएका छन् ।

ताजा

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal