प्रमुख जिल्ला अधिकारी नेपालद्वारा स्याङ्जामा निशुल्क माक्स वितरण

वालिङ,२४ साउन– जिल्ला सदरमुकाम स्थीात पुतलीबजार नगरपालिका शहिदचोकमा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले निशुल्क माक्स वितरण अभियानको माक्स वितरण गरेर उद्घाटन गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी नेपालले एक बृद्धा आमालाई माक्स हस्तान्तरण गरेर अभियानको सुरुवात गर्नुभएको हो ।

प्रमुख जिल्ला अधिकारी नेपालले राष्ट्रिय कार्यक्रम अनुरुप निशुल्क मास्क वितरण कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । माक्स वितरण अभियान कार्यक्रममा बोल्दै प्रजिअ नेपालले स्याङ्जामा १० हजार माक्स वितरण गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

उहाँले जिल्ला प्रशासन कार्यालय स्याङजाबाट ५ हजार, जिल्ला प्रहरी कार्यालयबाट २ हजार र नेपाल रेडक्रश सोसाईटि स्याङजा शाखाबाट २ हजार लगायत अन्य निकायहरुबाट गरी १० हजार माक्स वितरण गरिने जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयको गेट अगाडी जिल्ला प्रहरी कार्यालयको आन्तरिक व्यवस्थापन र जिल्ला प्रशासन कार्यालय, जनस्वास्थ्य कार्यालय, रेडक्रसको सहकार्यमा निशुल्क दश हजार माक्स वितरणको लागि डेक्स समेत स्थापना गरिएको छ ।

जिल्ला सदरमुकामबाट माक्स वितरण शुरु भएपनि जिल्ला भर नै माक्स वितरण कार्यक्रम संचालन हुने जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताउनुभयो । उहाँले प्रहरी परिचालन गरी माक्स नलगाईएको ठाउमा माक्सको प्रयोग गरिने जानकारी दिनुभयो ।

ताजा

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने

२०८१ चैत्र १ गते, शुक्रबार

वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली

२०८१ चैत्र १ गते, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान

२०८१ फाल्गुन २९ गते, बिहीबार

प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित

२०८१ फाल्गुन २८ गते, बुधबार

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

२०८१ फाल्गुन २७ गते, मंगलवार

विद्यालय पुग्न ट्युबको सहारा

२०८१ फाल्गुन २७ गते, मंगलवार

सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा: न्याैपाने

२०८१ फाल्गुन २२ गते, बिहीबार

संस्थागत विद्यलयका सवारी चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्र सम्पन्न

२०८१ फाल्गुन २२ गते, बिहीबार

राजनीतिक स्थायीत्वको लागि दुई ठुला दल एक ठाउँमा आएको पूर्व मन्त्री अर्यालको भनाई

२०८१ फाल्गुन २१ गते, बुधबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal