प्रमुख जिल्ला अधिकारी नेपालद्वारा स्याङ्जामा निशुल्क माक्स वितरण

वालिङ,२४ साउन– जिल्ला सदरमुकाम स्थीात पुतलीबजार नगरपालिका शहिदचोकमा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले निशुल्क माक्स वितरण अभियानको माक्स वितरण गरेर उद्घाटन गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी नेपालले एक बृद्धा आमालाई माक्स हस्तान्तरण गरेर अभियानको सुरुवात गर्नुभएको हो ।

प्रमुख जिल्ला अधिकारी नेपालले राष्ट्रिय कार्यक्रम अनुरुप निशुल्क मास्क वितरण कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । माक्स वितरण अभियान कार्यक्रममा बोल्दै प्रजिअ नेपालले स्याङ्जामा १० हजार माक्स वितरण गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

उहाँले जिल्ला प्रशासन कार्यालय स्याङजाबाट ५ हजार, जिल्ला प्रहरी कार्यालयबाट २ हजार र नेपाल रेडक्रश सोसाईटि स्याङजा शाखाबाट २ हजार लगायत अन्य निकायहरुबाट गरी १० हजार माक्स वितरण गरिने जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयको गेट अगाडी जिल्ला प्रहरी कार्यालयको आन्तरिक व्यवस्थापन र जिल्ला प्रशासन कार्यालय, जनस्वास्थ्य कार्यालय, रेडक्रसको सहकार्यमा निशुल्क दश हजार माक्स वितरणको लागि डेक्स समेत स्थापना गरिएको छ ।

जिल्ला सदरमुकामबाट माक्स वितरण शुरु भएपनि जिल्ला भर नै माक्स वितरण कार्यक्रम संचालन हुने जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताउनुभयो । उहाँले प्रहरी परिचालन गरी माक्स नलगाईएको ठाउमा माक्सको प्रयोग गरिने जानकारी दिनुभयो ।

ताजा

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal