स्याङजा प्रहरी तपाईको मास्क खोइ ?

तस्वीरः सौजन्य जिल्ला प्रहरी कार्यालय
वालिङ,२० साउन– जिल्लामा कोरोना भाइरसको संक्रमण बढे संगै प्रहरीले जनचेतना मुलक कार्यक्रम तपाईको मास्क खोइ ? अभियानको सुरुवात गरेको छ । प्रहरीले मास्क नलाएका ब्यक्तिहरुलाई सोधपुछ गर्नुका साथै मास्क उपलब्ध गराउने गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले सदरमुकाम, वडा कार्यालय वालिङले वालिङमा र इलाका प्रहरी कार्यालय चापाकोट लगायतका प्रहरी चौकीहरुले आआफ्नो क्षेत्रमा मास्क खोइ अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिनुभयो ।
जिल्लाको बजार क्षेत्रमा कोभिडको तेस्रो लहरका बारेमा जनचेतना सम्बन्धी माइकिङ गरेको जिल्ला प्रहरी कार्यालले जनाएको छ । कोभिड संक्रमणबाट सुरक्षित रहनको लागि अपनाउनुपर्ने सावधानी मुलक माईकिङ, पर्चा पम्पलेट वितरण गर्नुका साथै मास्क नलगाइ हिँड्ने यात्री, सवारी चालक, सहचालकलाई मास्क उपलब्ध गराएको छ । मास्क अभियान सहित जनचेतनामूलक कार्यक्रम सञ्चालनको लागि कार्यालयले प्रहरी निरीक्षक अर्जुन बि.क को कमाण्डमा १६ जना प्रहरीको टोली खटाएको छ ।

केही दिनयता स्याङजामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । जिल्लामा बुधबार यो समाचार तयार पार्दा सम्म ५ हजार ३ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ७ सय ३४ जना निको भएका छन् । जस मध्ये ५ सय १४ जना सक्रिय संक्रमित छ भने १ सय ३१ जनाको मृत्यु भएको छ । जिल्लामा ३ जनामा नयाँ डेल्टा भाइरस समेत देखिएको छ ।

ताजा

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal