निर्माणाधीन अवस्थामा रहेको मन्त्री निवास
भउचप्रसाद यादव
भैँसेपाटी (ललितपुर), साउन २१ गते । आगामी प्रतिनिधि सभाको निर्वाचन अगावै ललितपुरको पुल्चोकस्थित मन्त्री निवासलाई स्थानान्तरण गरी भैँसेपाटीस्थित नवनिर्मित आधुनिक मन्त्री निवासमा सारिने भएको छ । हाल निर्माणाधीन अवस्थामा रहेको सङ्घीय मन्त्री निवास पूर्णरूपमा तयार हुन भने अझै केही महिना लाग्ने छ ।
निर्माणाधीन निवासमा राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख, सङ्घीय मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय रहने छ । कोरोना महामारीका कारण अहिलेसम्मको निर्माण लक्ष्य पूरा नभए पनि ढिलो हुन गएको समयलाई समेत व्यवस्थापन गर्दै निर्धारित समयमा नै काम सम्पन्न हुने र आगामी निर्वाचन अगावै मन्त्री निवास पुल्चोकबाट भैँसेपाटी स्थानान्तरण गर्ने गरी काम भइरहेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
विभाग मातहतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका निर्देशक दिलीपशेखर श्रेष्ठले निर्माण कामलाई तीव्रता दिन निर्माण कम्पनीहरूलाई ताकेता गरिएको जानकारी दिनुभयो । मुख्य संरचनागत निर्माण कार्य अन्तिम चरणमा रहेको जानकारी दिँदै उहाँले चालू आर्थिक वर्षभित्र दुईवटै आयोजनाको काम सम्पन्न हुने लक्ष्यसहित काम भइरहेको बताउनुभयो । मुख्य संरचनाको काम सम्पन्न भइसकेपछि ‘फिनिसिङ’ को काम सुरु गरिने उहाँले स्पष्ट गर्नुभयो ।
उहाँका अनुसार राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख, सङ्घीय मन्त्री निवासको अहिलेसम्मको भौतिक प्रगति ६२ प्रतिशत तथा प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय निर्माणको भौतिक प्रगति ५८ प्रतिशत रहेको छ । अहिले प्राविधिक र श्रमिक गरी दैनिक दुई/दुई सय जनशक्ति कार्यरत छन् । उहाँले भन्नुभयो, “दुईवटै आयोजनाको निर्माण अवधि यही असोजमा समाप्त हुँदैछ । कोरोनाका कारण आयोजना समयमा सम्पन्न हुन नसकेकाले छ महिना थप्ने तयारी भइरहेको छ ।”
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सङ्घीय मन्त्री निवास निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभाग र निर्माण कम्पनीबीच २०७६ कात्तिक २७ गते सम्झौता भएको थियो । करिब एक अर्ब ३४ करोड रुपियाँको कुल लागतमा यो आवास क्षेत्रको निर्माण भइरहेको छ । त्यसैगरी प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७६ असोज २७ गते निर्माण सम्झौता भएको थियो । यस आवास क्षेत्र निर्माणको कुल लागत ७३ करोड ४७ लाख रुपियाँ छ ।
सङ्घीय मन्त्री निवास निर्माण आयोजनाका साइट इञ्जिनियर प्रशन्न पौडेलका अनुसार मन्त्री निवासअन्तर्गत कुल २७ वटा भवन निर्माण भइरहेका छन् जसमध्ये २४ वटा सङ्घीय मन्त्रीका लागि, दुईवटा राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्षका लागि र एउटा सङ्घीय प्रतिनिधि सभाका उपसभामुखको निवासका लागि निर्माण भइरहेका छन् । यो निवास ९६ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको छ ।
२०७५ मङ्सिर १७ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री, राष्ट्रिय सभाका अध्यक्षसहित मन्त्रीहरूका लागि आवास निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार हेलिप्याड, हेल्थ क्लब, ग्रोसरी, कम्युनिटी हल, व्यवस्थापन कार्यालय, स्विमिङपुल र पार्किङसहितको सो आवास क्षेत्रको निर्माण भइरहेको छ ।गोरखापत्र
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार























